काठमाडौं, ०१ माघ २०८२
बानेश्वर स्थित रहेको सुस्वास्थ्य अस्पतालले एक दशक पार गरेको छ। यस अस्पतालले प्राकृतिक चिकित्सामा छुट्टै नाम बनाउन सफल हुँदै आफनो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको छ ।
एक दशक पार गर्दैगर्दा यस अस्पतालले यो १८ हजार भन्दा बढी बिरामीलाई सेवा दिइसकेको अस्पतालले झण्डै ८ हजार बिरामीलाई भने निशुल्क सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष एवम वरिष्ठ अकुपंचरिष्ट सुदर्शन बस्नेतले बताउनु भयो ।
सुस्वास्थ अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म ८ हजार बढी बिरामीलाई विभिन्न शिविरहरुमार्फत निशुल्क सेवा दिइसकेको बस्नेतले बताए।
वि.स. २०७२ अस्पताल स्थापनाको सुरुवातकै समयमा महाभूकम्प त्यसपछि नाकाबन्दी र केही समय पछि कोभिड–१९ महामारीजस्ता चुनौतीपूर्ण समयलाई पार गरेको यस अस्पतालले प्राकृतिक चिकित्सा, अकुपञ्चर र फिजियोथेरापी सेवामा आफूलाई स्थापित गर्न सफल भएको अध्यक्ष बस्नेतले बताउनु भयो।
सुस्वास्थ्य अस्पतालमा हाल हाडजोर्नीं, नशा च्यापिएका, प्यारालाइसिस भएका, माइग्रेन लगायतका बिरामीको प्रमख रोजाइको अस्पताल बन्न सफल भएको छ। हाल यस अस्पतालमा ३४ जना दक्ष जनशक्ति रहेका छन्।











