काठमाडौं, ०५ बैशाख २०८१
औषधि बजारमा लामो अनुभव भएका सुशान्त मुरारका डिभाइन हेल्थ केयरका प्रबन्ध निर्देशक भएका छन्।
नेपाली औषधि उद्योग डिभाइन हेल्थ केयरमा मुरारकाले अन्य सेयरदाताहरुको भन्दा बढी सेयर हाल्दै प्रबन्धक निर्देशकको जिम्मेवारीको सम्हालेका हुन्।
मुरारकाले नयाँ जिम्मेवारीसँगै उद्योगको विकास र विस्तारमा लाग्ने बताउनु भयो। नेपाली बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्दै अगाडि बढ्ने मुरारकाले जानकारी दिनुभयो।
चितवनको बिजयनगरमा डिभाइन हेल्थ केयरको फ्याक्ट्री रहेको छ। यो उद्योग सन् २०१७ मा स्थापना भएको हो।
डिभाइन हेल्थ केयरको पूँजी करिब ५५ करोड रहेको छ। हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हम औषधि उत्पादन गरिरहेको छ।
मुरारकाले विगत १४ वर्षदेखि शारदा मेडिकेयर प्रा.लि, ट्रु डर्मा एस.ए. प्रा.लि, ट्रु क्योर प्रा.लि, ट्रु फार्मेसिया प्रा.लि, आन्या रत्न प्रा.लि.गरी पाँच वटा संस्थामार्फत स्वास्थ्यसम्बन्धि विभिन्न उत्पादनहरुको बजारीकरण गर्दै आउनुभएको छ ।
यस अवधिमा मुरारकाले फूड सप्लिमेन्टस्, छाला र सौन्दर्य एवं इन्जेक्टेबल औषधिको बजारीकरण गरेर राम्रो नाफा आर्जन गरेका छन् । उहाँले भारतको मद्रास फर्माको फूड सप्लिमेन्ट्सको साझा कम्पनि सफ्ट जेल हेल्थ केयरसँग रिसर्च एण्ड डेभलप्मेन्ट गरेर सिधै नेपालमा बजारीकरण गर्दै आउनुभएको छ ।