Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्टार हस्पिटल‌ भन्छ : पिसिआर रिपोर्टमा‌ कुनै त्रुटि छैन #COVID19

HNN Staff by HNN Staff
November 24, 2020
in News
Reading Time: 1 min read
A A
0
Star hospital press release RT PCR

Star hospital press release RT PCR

597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर , ९ मंसिर २०७७

ललितपुर सानेपास्थित स्टार अस्पतालले आफूले गरेको कोरोना परीक्षण र त्यसबाट आएको रिपोर्टमा कुनै त्रुटि नभएको बताएको छ । आरटी पीसीआरका लागि संकलन गर्ने नमूना र परीक्षण विधि अन्तराष्ट्रिय मापदण्डको भएको भन्दै त्यसमा कुनै शंका नगर्न समेत स्पष्ट पारेको छ ।

केही साता यता सञ्चारमाध्यममा स्टार अस्पतालको प्रयोगशालाले परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ उपलव्ध गराएको, त्यहाँको प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट पाएका हवाई यात्रुहरु हङकङ तथा युएई लगायतमा मुलुकका एयरपोर्टमा जाँच गर्दा पोजेटिभ आएको जस्ता विषयहरु उठेका थिए ।

स्टार अस्पतालले मंगलबार पत्रकार सम्मेलन मार्फत सोही विषयलाई स्पष्ट पारेको हो ।

Star hospital PR

Star hospital PR‘हाम्रो प्रयोगशालामा पीसीआर जाँच गराएका केही हवाई यात्रुको रिपोर्टको विषयमा प्रश्न उठेछन्, स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले त्यस विषयमा सत्य तथ्य बुझ्नका लागि उच्चस्तरीय कमिटी नै खडा गर्‍यो । र अहिले सो कमिटिले प्रतिवेदन बुझाई सकेको छ । अनुसन्धान पछि सो कमिटिले दिएको प्रतिवेदनमा हाम्रो प्रयोगशालाबाट परीक्षण गरिएका कुनै पनि नमूनामा गलत नभएको ठहर गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले बताए।

पर्यटन मन्त्रालयले हामीकहाँबाट जाँच गराई हङकङ तथा युएई पुगेका १० जना यात्रुको रिपोर्ट त्यहाँका विमानस्थलमा जाँच गर्दा पोजेटिभ आएको भनेर चासो व्यक्त गरेको रहेछ । हामीले जाँच गरेका मध्ये ३ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पुगेको थियो । प्रश्न उठेपछि हामीले यहाँ पनि पुन दोहार्‍याएर जाँच गर्‍यौँ र त्यहाँ पनि जाँच भयो । कोभिड–१९ रिपोर्ट नेगेटिभ नै आयो । त्यसैले हाम्रो रिपोर्ट विश्वसनीय छन् । तर फल्स पोजेटिभ र नेगेटिभ हुनसक्ने तथा विन्डो पिरियडमा पनि त्यस्तो समस्या देखिन सकिने डा.रुपाखेतीले बताए। ‘आरटी पीसीआरले ६७ देखि ७० प्रतिशत नतिजा सहि दिनसक्छ भनिएको छ ।

त्यसमा परेको पनि हुनसक्छ वा भर्खरै भाइरस परेको र दुई दिन पछि एक्टिभ भएको पनि हुनसक्छ । त्यसतर्फ पनि विज्ञहरुको ध्यान जानुपर्छ । पर्यटन मन्त्रालयले विदेश गएका १० जनाको रिपोर्टको बारेमा जो प्रश्न उठायो, त्यसमा यी कारण पनि हुनसक्छ ।’

डा. रुपाखेतीले मन्त्रालयले नेगेटिभको एक महिना र पोजेटिभ हुनेको ३ महिनासम्म नमूनाहरु भण्डारण गर्ने निर्देशन बारे आफूलाई जानकारी नआएको र कुनै निर्देशन नै नभएकोमा जोड दिनुभयो ।

‘पुरानो मापदण्डमा अहिले भनिएको व्यवस्था थिएन । हामीले सोही मापदण्ड अवलव्बन गर्‍यौँ । अर्को कुरा करोडौ लगानी थपेर हामीले महामारीविरुद्ध गुणस्तरीय सेवा उपलव्ध गराउने योजना गर्‍यौँ र गरिरहेका छौँ ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन आफ्नो भनाई राख्दै
स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन आफ्नो भनाई राख्दै

अस्पतालका अध्यक्ष किशोर महर्जनले कोरोना परीक्षण र उपचारमा ब्राण्ड बनिसकेको अस्पतालले नक्कली र गलत काम गर्छ भनेर सोच्न पनि नमिल्न बताए । ‘अहिलेसम्म ७८ हजार ३० जनाको आरटीपीसीआर गर्‍यौं, १४ हजार ३३८ जनाको रिपोर्ट पोजेटिभ आयो । पुन परीक्षण गराएका १ हजार ५६२ जनाको रिपोर्ट पनि पोजेटिभ आयो । हामीले कुनै पनि दिन रिपोर्ट पेन्डिङ राखेका छैनौँ । आएका सबै विरामीको उपचार गरेका छौँ । पहिले पुल्चोकका जनताले नचिन्ने स्टार अस्पतालमा अहिले भक्तपुर, चितवन, धादिङ रसुवा सम्मका मान्छेहरु आउने गरेका छन् । त्यो ख्यातिका लागि हामीले ठूलो लगानी गरेका छौँ ।‌

स्टार अस्पतालका कोभिड युनिट इन्चार्ज डा. अनिल पोखरेलले लक्षण भएका संक्रमितको उपचार गर्न र निको पार्नका लागि आफूहरुले कुनै पनि कुरामा बाँकी नराखेको बताए । ‘हामीले अन्यत्रको पनि उपचार पद्धती सुनेका छौँ देखेका छौँ । तर हामीकहाँ त्यो भन्दा धेरै नै राम्रो हुन्छ । हामीले आवश्यक सुरक्षात्मक उपाय अबलम्बन गरेरैँ सेवा दिईरहेका छौँ,’। कोरोना संक्रमितको उपचार गर्न त्यति सहज छैन तर हामी सहज नहुँदामा पनि पछाडि हटेका छैन। सुरक्षित भएर कोभिड बिरामीको सेवा गरिरहेका डा.पोखरेलले बताए।

 

http://4.188.83.218/static/3592.jpgnews/star-hospital/

Tags: Corona Virus #Covid19Star Hospital
SummarizeShare245ScanTweet147

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.