आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

स्टार हस्पिटल‌ भन्छ : पिसिआर रिपोर्टमा‌ कुनै त्रुटि छैन #COVID19

HNN Staff by HNN Staff
November 24, 2020
in News
A A
0
Star hospital press release RT PCR

Star hospital press release RT PCR

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर , ९ मंसिर २०७७

ललितपुर सानेपास्थित स्टार अस्पतालले आफूले गरेको कोरोना परीक्षण र त्यसबाट आएको रिपोर्टमा कुनै त्रुटि नभएको बताएको छ । आरटी पीसीआरका लागि संकलन गर्ने नमूना र परीक्षण विधि अन्तराष्ट्रिय मापदण्डको भएको भन्दै त्यसमा कुनै शंका नगर्न समेत स्पष्ट पारेको छ ।

केही साता यता सञ्चारमाध्यममा स्टार अस्पतालको प्रयोगशालाले परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ उपलव्ध गराएको, त्यहाँको प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट पाएका हवाई यात्रुहरु हङकङ तथा युएई लगायतमा मुलुकका एयरपोर्टमा जाँच गर्दा पोजेटिभ आएको जस्ता विषयहरु उठेका थिए ।

स्टार अस्पतालले मंगलबार पत्रकार सम्मेलन मार्फत सोही विषयलाई स्पष्ट पारेको हो ।

Star hospital PR

Star hospital PR‘हाम्रो प्रयोगशालामा पीसीआर जाँच गराएका केही हवाई यात्रुको रिपोर्टको विषयमा प्रश्न उठेछन्, स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले त्यस विषयमा सत्य तथ्य बुझ्नका लागि उच्चस्तरीय कमिटी नै खडा गर्‍यो । र अहिले सो कमिटिले प्रतिवेदन बुझाई सकेको छ । अनुसन्धान पछि सो कमिटिले दिएको प्रतिवेदनमा हाम्रो प्रयोगशालाबाट परीक्षण गरिएका कुनै पनि नमूनामा गलत नभएको ठहर गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले बताए।

पर्यटन मन्त्रालयले हामीकहाँबाट जाँच गराई हङकङ तथा युएई पुगेका १० जना यात्रुको रिपोर्ट त्यहाँका विमानस्थलमा जाँच गर्दा पोजेटिभ आएको भनेर चासो व्यक्त गरेको रहेछ । हामीले जाँच गरेका मध्ये ३ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पुगेको थियो । प्रश्न उठेपछि हामीले यहाँ पनि पुन दोहार्‍याएर जाँच गर्‍यौँ र त्यहाँ पनि जाँच भयो । कोभिड–१९ रिपोर्ट नेगेटिभ नै आयो । त्यसैले हाम्रो रिपोर्ट विश्वसनीय छन् । तर फल्स पोजेटिभ र नेगेटिभ हुनसक्ने तथा विन्डो पिरियडमा पनि त्यस्तो समस्या देखिन सकिने डा.रुपाखेतीले बताए। ‘आरटी पीसीआरले ६७ देखि ७० प्रतिशत नतिजा सहि दिनसक्छ भनिएको छ ।

त्यसमा परेको पनि हुनसक्छ वा भर्खरै भाइरस परेको र दुई दिन पछि एक्टिभ भएको पनि हुनसक्छ । त्यसतर्फ पनि विज्ञहरुको ध्यान जानुपर्छ । पर्यटन मन्त्रालयले विदेश गएका १० जनाको रिपोर्टको बारेमा जो प्रश्न उठायो, त्यसमा यी कारण पनि हुनसक्छ ।’

डा. रुपाखेतीले मन्त्रालयले नेगेटिभको एक महिना र पोजेटिभ हुनेको ३ महिनासम्म नमूनाहरु भण्डारण गर्ने निर्देशन बारे आफूलाई जानकारी नआएको र कुनै निर्देशन नै नभएकोमा जोड दिनुभयो ।

‘पुरानो मापदण्डमा अहिले भनिएको व्यवस्था थिएन । हामीले सोही मापदण्ड अवलव्बन गर्‍यौँ । अर्को कुरा करोडौ लगानी थपेर हामीले महामारीविरुद्ध गुणस्तरीय सेवा उपलव्ध गराउने योजना गर्‍यौँ र गरिरहेका छौँ ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन आफ्नो भनाई राख्दै
स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन आफ्नो भनाई राख्दै

अस्पतालका अध्यक्ष किशोर महर्जनले कोरोना परीक्षण र उपचारमा ब्राण्ड बनिसकेको अस्पतालले नक्कली र गलत काम गर्छ भनेर सोच्न पनि नमिल्न बताए । ‘अहिलेसम्म ७८ हजार ३० जनाको आरटीपीसीआर गर्‍यौं, १४ हजार ३३८ जनाको रिपोर्ट पोजेटिभ आयो । पुन परीक्षण गराएका १ हजार ५६२ जनाको रिपोर्ट पनि पोजेटिभ आयो । हामीले कुनै पनि दिन रिपोर्ट पेन्डिङ राखेका छैनौँ । आएका सबै विरामीको उपचार गरेका छौँ । पहिले पुल्चोकका जनताले नचिन्ने स्टार अस्पतालमा अहिले भक्तपुर, चितवन, धादिङ रसुवा सम्मका मान्छेहरु आउने गरेका छन् । त्यो ख्यातिका लागि हामीले ठूलो लगानी गरेका छौँ ।‌

स्टार अस्पतालका कोभिड युनिट इन्चार्ज डा. अनिल पोखरेलले लक्षण भएका संक्रमितको उपचार गर्न र निको पार्नका लागि आफूहरुले कुनै पनि कुरामा बाँकी नराखेको बताए । ‘हामीले अन्यत्रको पनि उपचार पद्धती सुनेका छौँ देखेका छौँ । तर हामीकहाँ त्यो भन्दा धेरै नै राम्रो हुन्छ । हामीले आवश्यक सुरक्षात्मक उपाय अबलम्बन गरेरैँ सेवा दिईरहेका छौँ,’। कोरोना संक्रमितको उपचार गर्न त्यति सहज छैन तर हामी सहज नहुँदामा पनि पछाडि हटेका छैन। सुरक्षित भएर कोभिड बिरामीको सेवा गरिरहेका डा.पोखरेलले बताए।

 

स्टार हस्पिटलको पिसिआर प्रयोगशाला निजिमा अब्बल

Tags: Corona Virus #Covid19Star Hospital
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्दै, ९१ प्रतिशत निको

Next Post

सक्रिय खोज पडतालको माध्यमबाट क्षयरोग पत्ता लगाउने काम प्रभावकारी

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

1 hour ago
921
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

8 hours ago
790
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

9 hours ago
789
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
842
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
784
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
797
Next Post
सक्रिय खोज पडतालको माध्यमबाट क्षयरोग पत्ता लगाउने काम प्रभावकारी

सक्रिय खोज पडतालको माध्यमबाट क्षयरोग पत्ता लगाउने काम प्रभावकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...