ललितपुर, ९ असार २०८०
विश्व स्तरीय ल्याब सेवा एसआरएल डाइग्नोष्टिक प्रालिले आफ्नो सेवा विस्तारको क्रममा अब ललितपुरको पुल्चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।
सेवाग्राहीहरुको निरन्तर आग्रह पश्चात सेवा संचालन लिइएको कम्पनीका अध्यक्ष श्री किशोर भक्त श्रेष्ठले बताउनुभयो। बिहिबार एक औपचारिक कार्यक्रमका बिच ल्याबको उद्घाटन गरिएको हो।
सो कार्यक्रममा ल्याब प्रमुख डा. प्रकाश पौडेल, वरिष्ठ Microbiologist उदय कान्त साह तथा Sales Manager- Nepal दिपक राज जोशी र साथै ल्याबका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
साथै यस क्षेत्रका सेवाग्राहीहरुले समयमै रिपोर्ट प्राप्त गर्न पाउने र ३ हजार भन्दा बढि परिक्षणको सुबिधा पनि पाउनेछन् ।