कसरी आउँछ र्‍यापिड टेस्टमा ‘नेगेटिभ’ र पीसीआर परीक्षणमा ‘पोजेटिभ’ रिपोर्ट?

काठमाडौं : बैशाख १,२०७७

कैलालीकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भईसकेको छ। उहाँको सेती प्रादेशिक अस्पतालले संक्रमणको पुष्टि गरेको हो। सोमवार कोरोना संक्रमणको पुष्टि भएकी महिलामा यसअघि र्‍यापिड टेस्ट पनि गरिएको थियो। यस अघि संघीय सरकारले र्‍यापिड टेस्टमा विश्वसनियता मापनका लागि कैलाली र कञ्चनपुरमा एक सय ९५ जनाको रगतको नमूना र थ्रोट स्वाव संकलन गरेको थियो।

उक्त क्रममा र्‍यापिड टेस्ट गर्दा ति महिलाको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएसंगै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईमा राखिएकी ति महिलालाई घर पठाइएको थियो। तर आज पीसिआर प्रविधिबाट परीक्षण हुँदा अहिले उनलाई कोरोना संक्रमण देखाएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ।

र्‍यापिड डाइग्नोस्टिक टेस्टमा ‘नेगेटिभ’ र पीसीआर परीक्षणमा ‘पोजेटिभ’ कसरी आयो भन्ने जिज्ञासा अहिले धेरैमा उब्जिएको छ। कोरोना परीक्षण दुई किसिमले हुन्छ। पहिलो पीसीआर (पोलिमरेज चेन रियाक्सन) र दोस्रो र्‍यापिड एन्टीबडी टेस्ट।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता एवं आकस्मिक विभाग प्रमुख डा.जगदीश जोशीले भने, ‘पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुन्छ। र्‍यापिड टेष्टमा कतिपय चिकित्सकको बिश्वसनिय मानेका छैनन् ।र्‍यापीड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने भएकाले यो परीक्षण प्रविधि पीसीआरभन्दा अलि कम विश्वसनीय हुन्छ। र्‍यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्नेहुन्छ।’

माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ। र्‍यापीड टेस्टले शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने उनले बताए।

Next Post

Discussion about this post