काठमाडौं, ०७ पौष २०७७
राजधानीको त्रिपुरेश्वर स्थित बोगन भिल्लामा पुनर्स्थापना सेवा सम्बन्धि स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको अभिलेख र स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली (DHIS-2) मार्फत प्रतिवेदन बारेमा अभिमुखीकरण कार्यक्रम सबै प्रदेशमा सुरु गर्ने योजनाका साथ कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाले उद्घाटन कार्यक्रम आजबाट सुरु गरेको छ।
पुनर्स्थापना सेवा- स्वास्थ्य सेवाको मेरुदण्ड “गुणस्तरीय अपाङ्गता व्यवस्थापन तथा पुनर्स्थापना सेवाको सुनिश्चितता- सम्बन्धित निकायबाट समयमै पूर्ण सत्य तथ्यांक आजको आवश्यकता” भन्ने नारालाई मुलमन्त्र मानी शुरुभएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह रहनुभएको थियो। व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरी, विश्व स्वास्थ्य संगठन नेपालका कन्ट्रिरिप्रिजेन्टेटिभ डा. राजेश पान्डब , हान्डिक्याप इन्टरनेसनलका गेटन मार्सलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. माधवप्रसाद लम्सालले कार्यक्रमको बारे प्रकाश पार्नुको साथै अध्यक्षता समेत गर्नुभएको थियो। उक्त कार्यक्रम डा. उत्तम घिमिरेले सञ्चालन गर्नुभएको थियो।
सबैले पुनर्स्थापना सेवा- स्वास्थ्य सेवाको एउटा मेरुदण्ड हो भन्ने कुरालाई जोड दिनु भएको थियो।
महानिर्देशक डा.सिहंले इतिहासलाई बिर्सियो भने अर्को गल्ती पनि हुन सक्छ भन्दै पुनर्स्थापना सेवा सम्बन्धी स्वास्थ्य ब्यबस्थापनलाई जोगाउन हाम्रो मुल कर्तव्य हो भनि बताए।
पुनर्स्थापना जो जुनसुकै ब्यक्ति लाई पनि चाहिन सक्छ र सामुदायिक एकाइ सँस्था , हेल्थ पोष्टमा जनताका लागि समय दिनु जरुरी रहेको डा.सिंहले बताउनु भएको छ।
Comments 2