Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न #Rehabilitation

यस मोडलको खाका तयार गर्न World Health Organization, Handicap International, USAID र GIZ लगायत विभिन्न निकायहरु समेत संग सहकार्य , सहयोग र समन्वय रहेको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 23, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
6
603
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ पौष २०७७

राजधानीको त्रिपुरेश्वर स्थित पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम‌को उद्घाटन सत्र देखि समापन सम्म  प्रमुखको अभिभावकत्वमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले गर्नु भएको थियो।

डा. सिंहले भन्नुहुन्छ जस्तोसुकै विकट स्थानमा रहेका नेपालीहरुले स्वास्थ्य सेवा सुनिश्चितता भएको अनुभव गरेर मात्र हामीले गर्व गर्न सक्छौं स्व: तर्फ यस पुनर्स्थापना Rehabilitationसिस्टमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरीले पुनर्स्थापना सेवा आधारभूत देखि विशिष्टकृत स्वास्थ्य सेवाहरु अन्तर्गत प्रभाह गरिनुपर्छ। शारीरिक मात्र नभई सबै किसिमका अपांगतालाई जोड दिन र तथ्याङ्कमा आधारित योजना बनाउन यो पुनर्स्थापना सम्बधि सूचना प्रणाली निकै उपयोगी हुनाले हामीले एकिकृत सूचना प्रणालीमा यसलाई समाबेश गरेको जानकारी गराउनु भयो। विश्व स्वास्थ्य संगठन नेपालका कन्ट्रिरिप्रिजेन्टेटिभ डा. राजेश पान्डबले स्वास्थ्य सेवा अस्पतालको ढोकामा सकिदैन, मानिसहरु आफ्नो घर र समुदायमा फर्केपछि महिनौं वा वर्ष सम्म जारी रहन सक्छ । त्यसकारण स्वास्थ्य प्रणालीले यो सुनिश्चित गर्नु आवश्यक छ, कि मानिसहरू समुदायहरूमा फर्किए पछि पनि सेवाहरू जारी रहनेछन् । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य पुनर्स्थापना सम्बन्धि प्रयासहरुमा सहयोग गर्न पाउदा हामी गौरब गर्दछौ भन्ने धारणा राख्नुभयो ।

त्यसैगरी हान्डिक्याप इन्टरनेसनलका गेटन मार्सलले स्वास्थ्य प्रणाली सुधारमा DHIS 2 को Rehabilitation module ले महत्वपूर्ण भूमिका निभाएको जानकारी सहित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा नेतृत्व सरकारले र अन्य निकायको सहयोग र समन्वयमा नियमित रुपले रेकडिङ र रिपोर्ट हुने विश्वास व्यक्त गर्नुभयो। बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले प्राविधिक सत्रमा सहभागी सबैलाई यो कार्यक्रम अपाङ्गता व्यवस्थापन सम्बन्धी नीति रणनीति १० वर्षे कार्ययोजना लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार भएको जानकारी गराउनुभयो। अपाङ्ग तथा पुनर्स्थापनाको सवालमा हामीले प्रणाली भित्रबाट सोच्नुपर्ने थालनी यस कार्यक्रमबाट भएको बताए ।

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा .वासुदेव पाण्डेले virtual बिधि मार्फत सबै सहभागीहरूलाई शुभकामना सहित पुनर्स्थापना सेवालाई स्वास्थ्य सुचना प्रणालीबाट तथ्यमा आधारित कार्यक्रम बनाउन सहयोग हुने जानकारी गराउनु भयो।

पुनर्स्थापना सेवा विभिन्न स्वास्थ्य अवस्था भएका ब्यक्तिको कार्यगत क्षमतामा सुधार र अपाङ्गता न्यूनीकरणमा मद्दत गर्ने स्वास्थ्य सेवा हो। पुनर्स्थापना सेवाले व्यक्तिको कार्यगत सिमितता र सहभागिताका अवरोधहरु हटाई कार्यगत क्षमताको अभिवृद्धि गर्दछ ।

नसर्ने रोगको बढ्दो क्रम , औसत आयुको बृद्धि , चोटपटक दुर्घटना समेतले पुनर्स्थापना सेवाको अपरिहार्यतालाई अझै बढाएको छ। स्वास्थ्यमा‌ पुनर्स्थापना(Rehabilitation) सेवा तथा अपांगता.  व्यवस्थापन कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा अन्तर्गत पर्दछ। यस शाखाले पुनर्स्थापना सेवा विस्तार तथा यसको गुणस्तरता सुनिश्चितताको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। यसै सन्दर्भमा अपाङ्गता व्यवस्थापन( रोकथाम उपचार तथा पुनःस्थापना )नीति, रणनिती तथा १० वर्षे कार्ययोजना (२०७३- २०८३) तयार गरी कार्यान्वयनमा आइसकेको अवस्था छ र वार्षिक बजेट कार्यक्रमहरुमा पुनर्स्थापना सेवा तथा अपाङ्गता समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने किसिमका क्रियाकलापहरू समावेश पनि गरिएका छन्। स्वास्थ्य नीति २०७६ र जन -स्वास्थ्य सेवा ऐन २०७५ ले पुनर्स्थापना सेवालाई स्वास्थ्य सेवा अन्तर्गत स्थापित गरिसकेको छ।

received 212600553667672

हाल संघीय र प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा फिजियोथेरापी पुनर्स्थापना सेवा उपलब्ध छन्। त्यस्तैगरी गैर सरकारी संघ संस्थाहरु मार्फत पनि पुनर्स्थापना सेवा सञ्चालनमा आइरहेको छन्। पुनर्स्थापना सेवा नभई नहुने रोगहरुको बढ्दो क्रमले पनि यो सेवाको बिस्तार अझ बढी र विशिष्टिकृत बनाउदै लैजानु पर्ने अवस्था छ । यसै बिषयलाई मध्यनजर राख्दै संचालनमा आईरहेको पुनर्स्थापना सेवालाई सुधार गर्ने तथा स्थानीय, प्रदेश र संघीय स्तरमा व्यापक विस्तारगर्न तथ्यमा आधारित कार्ययोजनाको खाँचो रहन्छ। हाल संचालनमा आएको पुनर्स्थापना सेवाको स्वास्थ्य अन्तर्गत कुनैपनि रेकर्डिङ र रिपोर्टिङ गर्ने प्रावधान छैन जसले गर्दा कतिपय व्यक्तिले कस्तो किसिमको पुनर्स्थापना सेवा कहाँबाट प्राप्त गरिरहेका छन् भन्ने एकीन छैन।

यी सबै कुराहरुलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र व्यवस्थापन महाशाखाको समन्वयमा rehabilitation अर्थात् पुनःस्थापना सम्बन्धी DHIS2 recording and reporting system मा समाहित गरिएको छ। यसबाट पुनर्स्थापना सेवा प्रवाह सम्बन्धीको सूचनाहरु स्वास्थ्य संघसंस्थाहरुबाट समयमै , सही र पुरा तबरले प्राप्त गर्न सकिनेछ। यस्ता सूचनाहरुको आधारमा पुनर्स्थापना सम्बन्धी नीति नियम तथा कार्ययोजना तर्जुमा गर्न तीन तहकै सरकारहरुलाई मद्दत हुनेछ ।

DHIS2 मा rehabilitation module नेपालमा मात्र नभई नेपाल जस्तै अरु देशहरूको लागि उदाहरणयीय र अनुकरणीय अभ्यास हो। यस मोडलको खाका तयार गर्न World Health Organization, Handicap International, USAID र GIZ लगायत विभिन्न निकायहरु समेत संग सहकार्य , सहयोग र समन्वय रहेको छ । कोभिड १९ को महामारी व्यवस्थापनमा ब्यस्त भइ खटिएका सम्पूर्ण टीमहरुले यस कार्यमा निरन्तरता दिँदै करिब एक वर्षको मेहनतबाट यो खाकालाई तथ्य परस्थ बनाउन विभिन्न छलफल तथा field-test गरी अन्तिम रुप दिइएको हो।
अब यो खाकालाई विभिन्न पुनर्स्थापना कर्मी र मेडिकल रेकर्डर लगायत सम्बन्धित सेवा प्रदायकहरु सबै प्रदेशमा कार्यक्रम गरी कसरी भर्ने र कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिनेछ। सञ्चालनमा आएपछि पनि आउने सल्लाह सुझावलाई मध्यनजर राखी सोहीअनुसार यसलाई परिमार्जन गर्ने कुष्ठरोग तथा अपाङ्ग ब्ययबस्थाप शाखाको योजना रहेको शाखा प्रमुख डा. माधव प्रसाद लम्सालले जानकारी दिनुभयो।

 

 

Tags: #government of Nepal#Health and population ministry#World health organizationChudamani bhandariCorona Virus #Covid19Dr.dipendra Raman singhDr.vhim Singh tinkariGizHandicap internationalRehabilitationrehabilitation module
SummarizeShare251ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

by Nam Raj Bhatta
October 7, 2026
0

मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.