Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview

डा. गुण राज अवस्थीले सुदूरपश्चिम प्रदेशमा किटजन्य रोगको भार धेरै भएको हुनाले किटहरुको अध्ययन गर्न प्रदेश सरकारको पहलमा कंचनपुरमा इन्टोमोलोजी ल्याब स्थापना गरेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 25, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
1
सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, १० पौष २०७७

सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा धनगढी कैलालीमा उपेक्षित तथा किटजन्य.  रोगको वार्षिक समिक्षा शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तरगतका नौ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख , कार्यक्रम हेर्ने फोकल व्यक्ति र तथ्यांक हेर्ने कर्मचारीहरुको सहभागिता रहेको दुई दिने समिक्षा कार्यक्रममा प्रदेश भित्र बिगत तिन आ. ब. मा देखा परेको औँलो , कालाजार , हात्तीपाईले , डेंगु , चिकनगुनिया , जापानिज इन्सेफलाईटिस, स्क्रब टाईफस , लगायतका रोगहरुको अवस्था सम्बन्धि समिक्षा गरिने , कार्यक्रम संचालन गर्दा देखिएका समस्या पहिचान गरिने , समस्या समाधानका उपाय बारे छलफल गर्ने तथा आगामी वर्षको लागि योजना तर्जुमा गरिने गरि कार्यक्रम तर्जुमा गरिएको छ ।

जनस्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशी ज्यूको सम्बोधन
जनस्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशी ज्यूको सम्बोधन

कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी , सामाजिक बिकास मन्त्रालयका नीति ,कानून, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की , सामाजिक बिकास मन्त्रालयका चिकित्सा महाशाखाका डा. चेत राज जोशी , सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत श्री रमेश कुँवर लगायत नौ वटा स्वास्थ्य कार्यालय प्रमुख सहितको सहभागिता रहेको छ ।

दुई दिने समिक्षा कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर् डोटीका जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले कार्यक्रम सहभागी सबैलाई स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको छ । उँहाले कार्यक्रम संचालन अवधि भर सुदूरपश्चिम प्रदेशमा बिगत तिन आ. ब. मा देखा परेका किटजन्य रोगको तथ्यांक प्रमाणीकरण सम्बन्धि छलफल हुने , कार्यक्रम संचालन गर्दा देखा परेका समस्याबारे छलफल हुने र समाधानका उपायहरु समेत पहिल्याउने कुरा बताउनु भएको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की सम्बोधन गर्नु हुँदै
जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की सम्बोधन गर्नु हुँदै

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका नीति, कानून ,मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्कीले सुदूरपश्चिम प्रदेश किटजन्य रोगको प्रभाव अन्य प्रदेशको तुलनामा धेरै नै रहेको हुनाले आर्थिक बर्ष २०७७/०७८ का निर्धारित क्रियाकलाप समयमै सम्पदान गरि रोगको भार घटाउन मद्दत पुग्ने र कार्यक्रम लक्षित क्रियाकलाप गर्नुपर्ने र हाल प्राप्त कार्यक्रमले नपुग भएमा र नगरी नहुने कार्यक्रम भएमा थप नयाँ कार्यक्रम तय गरि सामाजिक बिकास मन्त्रालयमा माग गर्न समेत स्वास्थ्य कार्यालयलाई‌ भन्नु भएको छ ।

काय्रक्रम उद्घाटन सत्रको अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थी ज्युले समिक्षा कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य निर्देशनालयको तर्फ बाट धन्यबाद दिदै पन्ध्रौ पन्च बर्षीय योजना , सहश्राब्दी बिकास लक्ष्य , नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना लगायत अन्यले बिभिन्न योजनाले बिभिन्न लक्ष्य प्राप्ति गर्नका स्वास्थ्यका सूचकांक निर्धारण नेपाल सरकारले गरेको छ ।नेपाल सरकार , प्रदेश सरकार , स्थानीय तहले निर्धारण गरेको लक्ष्य , उद्देश्य , प्राप्तिका लागि सबैले समयमै काम सम्पन्न गरि सक्नु पर्ने बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन

डा. अवस्थीले सुदूरपश्चिम प्रदेशमा किटजन्य रोगको भार धेरै भएको हुनाले किट हरुको अध्ययन गर्न प्रदेश सरकारको पहलमा कंचनपुरमा इन्टोमोलोजी.  ल्याब स्थापना गरेको , किटनाशक झुलको प्रभावकारी प्रयोग र वितरणको लागि स्वास्थ्य कार्यालयको तर्फ बाट बहस , पैरवी गर्नुपर्ने , ज्वरो आएका बिरामीहरुको औँलोको जाँच गर्न छुटाउन नहुने , डी एच आइ एस २ मा समयमै प्रतिबेदन इन्ट्री गर्नु पर्ने ,eLMIS, EWARS, Covid 19 को IMU Application आदि प्रतिबेदन गर्ने रिपोर्टिंग प्रणाली बिकास भएको हुनाले यी रिपोर्टिंग प्रणालीमा समयमै प्रतिबेदन प्रबिष्टि गर्नको लागि सम्पूर्ण स्वास्थ्य प्रणालीले जोड दिनु पर्ने बताए । सुदूरपश्चिम प्रदेशको मेगा प्रोजेक्टको रुपमा शुरुवात भएको ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमले हाल सम्म १५ हजार गर्भवती महिला हरुको स्वास्थ्य जांच भएको र त्यसमध्ये ५ सय जति गर्भवती महिलाहरुको जोखिममा रहेको गर्भ पहिचान भएको र ती महिला बाट जन्मिने बच्चाको ज्यान जोगाउन सकिएको समेत कार्यक्रममा स्वास्थ्य निर्देशक डा. अवस्थीले बताउनु भएको छ ।

वार्षिक समिक्षा कार्यक्रम मा ASCEND कार्यक्रम को आर्थिक तथा प्राबिधिक सहयोग समेत रहेको छ ।

Tags: #government of Nepal#Health and population ministryAnnual reviewCorona Virus #Covid19DhangadhiDr.Chet Raj JoshiDr.gun Raj awsthiNarendra Singh karkiOm Prakash joshiRajput Doti
SummarizeShare238ScanTweet147

Related articles

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी  विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

by Nam Raj Bhatta
July 21, 2026
0

शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य...

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.