10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रामेछाप अस्पताल न्यूनतम सेवा मापदण्डमा बागमती प्रदेशमै दोस्रो

Nam Raj Bhatta by Nam Raj Bhatta
February 26, 2025
in News
Reading Time: 1 min read
A A
0
रामेछाप अस्पताल न्यूनतम सेवा मापदण्डमा बागमती प्रदेशमै दोस्रो
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

रामेछाप, १४ फागुन २०८१

रामेछाप अस्पताल न्यूनतम सेवा मापदण्ड मापनमा बागमती प्रदेशमा दोस्रो भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा संचालनमा रहेका ५० शैयाका प्रादेशिक अस्पताल मध्ये रामेछाप अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरिमा दोस्रो भएको हो ।

१५ शैयाबाट ५० शैयामा स्तरोन्नतिपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड अनुसार मापन भएको हो । मूल्यांकन टोलीका डा. नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवाको विभिन्न सूचकहरूलाई आधार मानेर मूल्यांकन गरेको हो ।

न्यूनतम सेवा मापदण्डको मापन एवं मूल्यांकन गर्दा अस्पतालको सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवाको अधिकाशं सूचकहरू पुरा भएकाले ८९ प्रतिशत अंक प्राप्त गर्न सफल भएको बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका टोलीका संयोजक डा. नवीन दर्नालले बताए । डा. दर्नालका अनुसार १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएर पहिलो पटक न्यूनतम सेवा मापदण्डको मूल्यांकन गर्दा धेरै राम्रो उपलब्धि भएको बताउनु भयो । सुधार गर्नुपर्ने कुराहरू सुधारको लागि सरोकारवालाहरू सबै लाग्ने हो भने रामेछाप अस्पतालबाट प्रवाह सेवा थप प्रभावकारी हुँदै जाने र न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा थप उत्कृष्ट हुने डा.  दर्नालको भनाई छ ।

रामेछाप अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष यम कुमार पाख्रिनले न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा कतिपय अंक प्राप्त हुन नसकेका क्षेत्रहरूमा अस्पताल संचालन समिति र अस्पताल प्रशासनको एक्लो प्रयासले मात्रै नहुने काम रहेका र त्यस्ता कामहरू माथिल्लो निकायले चाँडो नगरिदिँदा अवस्था कमजोर भएको बताए। दरबन्दी अनुसार कर्मचारीको कमी, ५० शैयाको अस्पताललाई चाहिने बेड संख्याको कमी लगायतका समस्याहरू समाधान गर्न निर्देशनालय र मन्त्रालयले ध्यान दिनुपर्ने अध्यक्ष पाख्रिनको भनाइ  छ ।

नतिजा सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले ५० शैया भएपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड मापनमा नै ८९ प्रतिशत अंक प्राप्त गर्नु ठुलो उपलब्धि भएको र प्राप्त अंकलाई हेर्दा रामेछाप अस्पतालबाट प्रवाह हुने सेवाहरू प्रभावकारी रहेको पुष्टि गरेको भनाइ राखे । नगर प्रमुख न्यौपानेले रामेछाप नगर भित्रै रहेको रामेछाप प्रादेशिक अस्पताललाई नगरपालिकाको तर्फबाट गुणस्तरीय सेवा प्रवाह गर्ने विभिन्न कार्यक्रममाहरुमा सहयोग हुने पनि प्रतिबद्धता जनाए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले अस्पतालले प्रवाह गरेका धेरै जसो सेवाको मापनमा उत्कृष्ट सेवा प्रवाह भइरहेको मूल्यांकन टोलीको प्रतिवेदनले बताएको र मूल्यांकन टोलीले थप सुधार गर्न दिएका सुझावहरूलाई अस्पताल संचालन समिति र अस्पताल प्रशासनले ध्यान दिएर सुधार गर्ने हो भने आगामी दिनमा अस्पतालको सेवा थप प्रभावकारी हुँदै जानुका साथै आगामी हुने न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा थप प्रगति हुने भनाइ राखे ।

त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले रामेछाप जस्तो जिल्लामा रहेको ५० शैयाको अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्नु धेरै राम्रो भएको बताउँदै आगामी दिनमा उक्त अंकलाई थप सुधार गरेर सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले अस्पतालले दिने सेवा गुणस्तरीय भएको दाबी गर्दै अस्पतालमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि गर्न सबै सरोकारवालाहरू लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रमको सुरुवातमा रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले अस्पतालबाट प्रवाह भइरहेका सेवाको बारेमा जानकारी गराउँदै अस्पतालका चुनौती, समस्या र अवसरको बारेमा जानकारी गराउनु भयो।

दुई दिन सम्म लगाएर मापन तथा मूल्यांकन गरिएको प्रतिवेदन नतिजा न्यूनतम सेवा मापदण्ड मूल्यांकन समितिका सदस्य डा. मदन ज्ञावलीले प्रस्तुत गरेका थिए ।

यस अघि १५ शैयाको जिल्ला अस्पताल हुँदा पनि रामेछाप अस्पताल देशभरिका १५ शैयाका अस्पताल मध्ये तेस्रो भएको थियो।

Tags: #government of Nepal#Health and population ministryDr. Keshav ShresthaRamechhap district hospital
SummarizeShare234ScanTweet147

Related articles

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो

by Nam Raj Bhatta
March 10, 2026
0

काठमाडौं, २६ फागुन २०८२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरणको गर्ने भएको छ । शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले...

१९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी

१९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी

by Nam Raj Bhatta
March 7, 2026
0

काठमाडौं, २३ फागुन २०८२ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् । साहले १९ पटक मन्त्री बनेका जनता...

जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी

जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी

by Nam Raj Bhatta
March 7, 2026
0

कैलाली, २३ फागुन २०८२ कैलाली निर्वाचन क्षेत्र नं.५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.आनन्द बहादुर चन्द विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार ३१...

नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

by Nam Raj Bhatta
March 7, 2026
0

काठमाडौं, २३ फागुन २०८२ काठमाडौंको त्रिपुरेश्वरस्थित रहेको नेपाल आँखा अस्पताल,  'बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार' बाट सम्मानित भएको छ। शनिबार केन्द्रीय मानन्धर संघ नेपालको ७३ औँ स्थापना दिवसको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    604 shares
    Share 242 Tweet 151
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    603 shares
    Share 241 Tweet 151
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

    602 shares
    Share 241 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो
  • १९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी
  • जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी
  • नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.