Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन

Nam Raj Bhatta by Nam Raj Bhatta
October 15, 2025
in News
Reading Time: 1 min read
A A
0
निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २९ असोज २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह तोक्न जारी गरेको निर्देशनपछि निजी मेडिकल तथा डेन्टल कलेजहरूले चुनौती दिएका छन्। निजि मेडिकलहरुले सरकारी सरह पारिश्रमिक दिन नसक्ने बताएका छना।

नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।

निजि मेडिकल एशोसिएसनका अनुसार निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रूपमा फरक भएकाले समान पारिश्रमिक लागू गर्न कठिन छ।

पत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरू यस्ता छ्न:

१. निजी मेडिकल तथा डेन्टल कलेजहरूले प्रचलित श्रम ऐन तथा नियमावली अनुसार नै पारिश्रमिक निर्धारण गर्दै आएका छन्। स्वास्थ्यकर्मीहरूको अनुभव, दक्षता, जिम्मेवारी र सेवाकालका आधारमा पारिश्रमिक क्रमशः वृद्धि हुँदै जाने व्यवस्था समेत गरिएको छ। कतिपय अवस्थामा अनुभवी नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको भन्दा उच्च पारिश्रमिक प्रदान गरिएको तथ्य पनि विद्यमान छ ।

२. सरकारी संस्थानहरूका पूर्वाधार, उपकरण, जनशक्तिमा सरकारको प्रत्यक्ष लगानी तथा अनुदान उपलब्ध हुने गर्छ, भत्ता र सुविधा राज्यको बजेटबाट व्यहोरीन्छ भने निजी मेडिकल तथा डेन्टल कलेजहरूले आफ्नै आम्दानी र स्रोतहरूबाट ती खर्चहरू व्यवस्थापन गर्नुपर्छ अधिकांश निजी कलेज र अस्पतालहरू बैंक ऋणमार्फत सञ्चालनमा रहेका छन् ।

३. निजी मेडिकल तथा डेन्टल कलेजहरूले स्वास्थ्य बीमा बोर्ड लगायत सरकारका विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरू अन्तर्गत प्रदान गरिने सेवाहरूमा नेपाल सरकारले तोकेको दरमै सेवा शुल्क लिने गरेका छन् । सेवा शुल्क सरकारी दरमा लिने र पारिश्रमिक पनि सरकारी सरह गर्नाले आर्थिक सन्तुलन कायम गर्न व्यावहारिक देखिदैन ।

४. निजी क्षेत्रले स्वास्थ्य शिक्षा र उपचार सेवामा गुणस्तर सुधारका लागि निरन्तर लगानी गर्दै आएको छ । यस्ता अवस्थामा सरकारी सरह पारिश्रमिक लागू गर्दा आर्थिक दिगोपनामा नकारात्मक असर पर्न सक्ने, शिक्षण गुणस्तर, सेवा निरन्तरता र रोजगार सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ ।

५. यस एशोसिएसनले चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, उचित पारिश्रमिक, सुरक्षात्मक कार्य वातावरण र सामाजिक सुरक्षा सुनिश्चित गर्न सधैं प्रतिबद्ध रहेको स्पष्ट गर्दछ। यस सन्दर्भमा, मन्त्रालय, सम्बन्धित निकाय र निजी क्षेत्रबीच सहकार्य र संवादद्वारा व्यावहारिक, दिगो र सबै पक्षको हित हुने समाधान खोज्न प्रस्ताव गर्दछौं।

एशोसिएसनले सरकारी सरह पारिश्रमिक लागू गर्न खोजिए निजी स्वास्थ्य शिक्षाको दिगोपनामा नकारात्मक असर, सेवा निरन्तरता र रोजगार सुरक्षामा जोखिम आउन सक्ने चेतावनी दिएका छन। विज्ञप्तिमा यस्तो भनिएको छ, ‘हामी स्वास्थ्यकर्मीहरूको हकहित, उचित पारिश्रमिक र सुरक्षित कार्य वातावरणप्रति प्रतिबद्ध छौं। तर समाधान संवाद र सहकार्यबाटै खोजिनुपर्छ।’

नेपाल सरकारले निजी मेडिकल कलेज तथा अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब दिन निर्देशन दिएको छ। सरकारको निर्देशन लागु हुनुपर्ने भन्दै पोखरास्थित मणिपाल मेडिकल कलेजलगायतमा आन्दोलन जारी रहेको छ।

Tags: #government of Nepal#Health and population ministryPrivate hospitalStaff nurse
SummarizeShare234ScanTweet147

Related articles

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित

by Nam Raj Bhatta
May 2, 2026
0

नेपालका प्रख्यात एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ बाट सम्मानित भएका छन् । बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ ले डा....

नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै

नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै

by Nam Raj Bhatta
May 2, 2026
0

सुजाता कुमारी द्वारा स्थापित नयाँ चस्मा कम्पनी छिट्टै नेपालको अप्टिकल रिटेल बजारमा प्रवेश गर्न लागिएको छ। जसको उद्देश्य उपभोक्ताहरूले आँखासम्बन्धी हेरचाह र चस्मा उत्पादनहरूमा पहुँच सहज र आधुनिक...

नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने

नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने

by Nam Raj Bhatta
May 1, 2026
0

काठमाडौंमा नवौं संस्करणको नेपाल मेडिकल सो २०२६ सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको एक्स्पोको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका छन् । नेपाल...

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

by Nam Raj Bhatta
April 30, 2026
0

अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेष सत्र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.