काठमाडौं , २९ श्राबण २०७७
नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वृद्धि भइरहेको र धेरैजसो जिल्लाहरुमा निषेधाज्ञा घोषित जारी भएको बेला नेपाल फार्मेसी परिषदले भाद्र महिना हुने भनिएको फार्मेसी सहायक र फर्मासिस्टको परीक्षा स्थगित भएको छ।
नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले यही श्रावण २६ गते देखि लामो दूरीका यात्रुबाहक सवारी साधनहरु भाद्र महिनाको १६ गते सम्मका लागि बन्द गरिएको हुनाले यस परिषदबाट सञ्चालन हुने अवस्थामा भाद्र १२ र १३ गतेको परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको काउन्सिलका रजिस्ट्रार सन्जिब पाण्डेले जानकारी दिनुभयो।
परिस्थिति अनुकूल हुनासाथ तत्काल परीक्षाको सूचना गरी नाम दर्ता परीक्षा लिनेछौं र नाम दर्ता परीक्षा दिने आवेदकहरुमा यस्तो पर्न गएको असुविधाप्रति हामी दुखित रहेको पाण्डेले बताए।