आज मिति : २०८२ जेष्ठ १०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुर्तीजन्य पदार्थ सेवन नगर्न जिप्रका काठमाडौंको पाँच बुँदे निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
May 25, 2023
in News
A A
0
सुर्तीजन्य पदार्थ सेवन नगर्न जिप्रका काठमाडौंको पाँच बुँदे निर्देशन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ जेठ २०८०

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने नगराउने बारेमा पाँच बुँदे निर्देशन जारी गरेको छ ।

जिप्रका काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले बुधबार जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) ऐन २०६८ को दफा ४ लाई उल्लेख गरिएको छ ।

त्यसमा भएका व्यवस्था विरुद्धका गतिविधि गरिए ऐनको दफा १७ मा भएको व्यवस्था अनुसार कारवाही हुने स्पष्ट पारिएको छ ।

त्यसैले काठमाडौँका सहायक प्रजिअले यो सूचना जारी गरेका हुन् । उनले जारी गरेको सूचनामा ऐनको दफा ४ लाई उदृत गरिएको छ । सूचनाको पहिलो बुँदामा भनिएको छ, पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रंगशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने नगराउने ।

यस्तै दोस्रो बुँदामा स्वास्थ्य संस्था, बाल कल्याणगृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको पसलबाट सूतीजन्य पदार्थको विक्री वितरण नगर्ने, नगराउने भन्ने छ ।

तेस्रो बुँदामा १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ वितरण नगर्ने, नगराउने भनिएको छ । जिप्रकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरी गराई यस सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारवाही गरिने उल्लेख छ । जिप्रकाले आफ्नो यो अभियानमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आम नागरिकबाट सहयोगको अपेक्षा गरेको समेत जनाएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक ३७ हजार बढीको ज्यान जाने गरेको तथ्यांक छ । यसको उपचारका लागि राज्य तथा व्यक्तिको अर्वौ रुपैयाँ खर्च हुने गरेको छ । सरकारले यसलाई नियन्त्रण गर्न यो ऐन ल्याएको हो । तर यसको कार्यान्वयन भने निकै फितलो रहँदै आएको छ ।Not smoking

Tags: Corona Virus #Covid19District administration office Kathmandu
Nisarga hospital Dhangadhi
Previous Post

पर्वतमा ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

Next Post

बझाङ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा देशभरमै दोस्रो हुन सफल

Related articles

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

20 hours ago
783
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

1 day ago
823
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

3 days ago
853
मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त
News

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

4 days ago
794
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

4 days ago
855
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

5 days ago
807
Next Post
बझाङ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा देशभरमै दोस्रो हुन सफल

बझाङ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा देशभरमै दोस्रो हुन सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,034)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...