काठमाडौं, ११ भाद्र २०७९
नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ।
होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटमा
सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन्। आधारभूत तिज प्याकेज रु ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ।
यस अन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ। यस्तैगरी नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ। यो प्याकेज ९९९९ रुपैयाँमै खरीद गर्न सकिनेछ।
आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन्। नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७७७७ रुपैयाँमै खरीद गर्न सकिनेछ।