आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

नेत्रज्योति संघले गरेको ८ लाख बालबालिकाको आँखा परीक्षणमा ४ प्रतिशतलाई दृष्टिदोषको समस्या

Nam Raj Bhatta by Nam Raj Bhatta
June 22, 2023
in News
A A
0
नेत्रज्योति संघले गरेको ८ लाख बालबालिकाको आँखा परीक्षणमा ४ प्रतिशतलाई दृष्टिदोषको समस्या
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ असार २०८०

नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएकामध्ये ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परिक्षण गरिएको थिययो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो । नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यवस्थापक रन्जन शाह आँखा परीक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निःशुल्क चश्मा तथा शल्यक्रियासमेत गरिएको बताउँछन् ।

उक्त परियोजना मार्फत ४ वर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको शाहले जानकारी दिए । School screening

उनका अनुसार आँखा जाँच गरी वितरण गरिएको चश्मामध्ये ६३ प्रतिशत बालबालिकाहरुले मात्र नियमित रुपमा चश्मा प्रयोग गरिरहेका छन् । ‘चश्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विवाह गर्न कठिनाइ हुने भन्दै चश्मा लगाउन नदिने, चश्मा लगाउँदा सहजता नहुने र लजाउनेजस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चश्मा नलगाएको देखिन्छ’ शाहले भने ।

नेपाल नेत्रज्योति संघ आर.एम. केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोही पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट वन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको संघका कार्यकारी निर्देशक डा. शैलेसकुमार मिश्रले बताए । परियोजनाले कार्यक्रम संचालित जिल्लाका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरेको थियो।

Tags: #government of NepalChild HealthCorona Virus #Covid19Free eye health careNepal Netra joyti sang
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कैदीबन्दी लक्षित विशेषज्ञ स्वास्थ्य शिविर तथा स्क्रिनिङ हेल्थ क्याम्पको आयोजना

Next Post

डा. बोहरा अन्तर्राष्ट्रिय एभरेस्ट क्लाईमेट एक्सन अवार्डबाट सम्मानित

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

2 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

5 hours ago
804
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

9 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
डा. बोहरा अन्तर्राष्ट्रिय एभरेस्ट क्लाईमेट एक्सन अवार्डबाट सम्मानित

डा. बोहरा अन्तर्राष्ट्रिय एभरेस्ट क्लाईमेट एक्सन अवार्डबाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...