काठमाडौं, २० जेठ २०८०
नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता परीक्षा (लाइसेन्स) मा बिडीएफ तर्फ २९ दशमलव ६१ प्रतिशत र एमबीबीएस तर्फ ४० दशमलव ४९
उत्तीर्ण भएका छन्।
एमबीबीएफ तर्फ १ हजार ३९२ र बिडीएस तर्फ ३३४ जनाले परीक्षाका लागि फारम भरेका थिए। जसमध्ये १ हजार ३७८ (एमबीबीएफ) र ३३१ (बिडीएफ) का विद्यार्थी उपस्थित भएको काउन्सिलले जानकारी दिनुभयो।
जम्मा सहभागीमध्ये एमबीबीएस तर्फ ५५८ उत्तीर्ण, ८१६ अनुत्तीर्ण भएका छन। १४ जना अनुपस्थित र ४ जनाको परीक्षा रोकिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए।
बिडीएस तर्फ कुल सहभागीमध्ये ९८ जना उत्तीर्ण र २२५ जना अनुत्तीर्ण भएका छन्। ३ जना अनुपस्थित र ८ जनाको परीक्षा रोकिएको काउन्सिलले जनाएको छ।
एमबीबीएस र बिडीएस गरी लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या ३८ दशमलव ३९ प्रतिशत छ। काउन्सिलले बुधबारदेखि लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो।