आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
April 20, 2021
in News
A A
0
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ वैशाख २०७८

कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा. रमेशकुमार आचार्यले नेपालमा यूके भेरियन्ट र ब्राजिलियन एपी वान इन्फेक्सन भाइरस भित्रिसकेकाले स्थिति अझै भयावह भएर जान सक्ने भन्दै सचेत र सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

‘नेपालमा ब्राजिल, यूके र इन्डियाको नयाँ भेरियन्ट भित्रिसकेको छ र समुदायमा फैलिसकेको छ त्यसैले आगामी दिन झनै झटिल र भयावह बन्न सक्ने देखिन्छ ।’ विज्ञ डा. आचार्यले भने ।

अहिले नेपालमा फैलिएको कोरोना संक्रमण र यसको असरबाट पीडित बनेकामा जटिल खालका लक्षण देखापर्न थालेका छन् । डा. आचार्यका अनुसार यूके भेरियन्ट र एपी वान इन्फेक्सनका समान लक्षण रहेका छन् । जसअनुसार अहिले कोरोना संक्रमण भएकामा अत्याधिक पेट दुख्ने, लगातार पखाला लाग्ने र जति औषधि खाए पनि पखाला नियन्त्रणमा नआउने, उच्च किसिमको सुुख्खा खोकीले सताउने, तीन दिनभित्रै फोक्सोमा निमोनिया देखिने, आँखा रातो हुने र मुख सुख्खा हुने, शरीर पुरै पोल्ने अत्यधिक, दुखाइ हुने, टाउको अत्यधिक दुख्ने, ब्लड प्रेसर र सुगरको मात्रा एक्कासि बढ्नेलगायतका लक्षण देखिने गरेका छन् । यसैगरी यूके भेरियन्टका कारण भएको संक्रमणमा नाकबाट तीव्र गतिमा पानी बग्ने, र एक्कासि तौल अत्यधिक घट्ने समस्या पनि देखिन थालेको डा. आचार्यले जानकारी दिए ।

Hand washing Covid safety
Hand washing Covid safety

विज्ञ डा. आचार्यले नेपालमा तत्काल सेमी लकडाउन गर्नुपर्ने आवश्यकता रहेको बताए। अहिले सेमी लकडाउन नगर्ने हो भने अबको १५ दिनमा स्थिति भयावह हुन्छ र पुरै देश लकडाउनमा नगई सुखै छैन,’ डा. आचार्यले भने, ‘त्यसैले सरकारले पनि नियन्त्रणका लागि प्रशस्त उपाय अपनाउनुपर्छ भने नागरिकले पनि सुरक्ष सर्तकता अपनाउन छोड्नुहँुदैन् ।’ डा. आचार्यका अनुसार हवार्ड अक्सफोर्डको नयाँ अध्ययनले अमेरिका र बेलायतमा १५ घण्टासम्म हावामा नै भाइरस रहेको पाइएको र वायुमण्डलमार्फत नै कोरोना संक्रमण फैलने गरेको पाइएको छ । नेपालमा पनि हावामार्फत भाइरस फैलन सक्ने सम्भावना बढेर गएकाले त्यस्तो स्थिति आउन नदिन विशेष सर्तकता अपनाउनुपर्ने डा. आचार्यको सुझाव छ ।

डा. आचार्यका अनुसार नेपालमा कोरोना संक्रमण अत्यधिक बढ्नुमा भारत र नेपालको खुला सीमामा कडाइ गर्न नसक्नु, विदेशबाट नागरिक नेपाल आएपछि बिनाक्वारेन्टिन घरमा जानु र आइसोलेसनमा नबस्नु, यसमा सरकारले लापार्बाही गर्नु, सार्वजनिक स्थानमा भिडभाड कायमै हुनु, अस्पतालमा सामान्य बिरामी पनि जानु तथा सरकारले आरटी पीसीआर परीक्षणको मात्रा बढाउन नसक्नुलगायत रहेका छन् ।

अहिले सेमी लकडाउन नगर्ने हो भने अबको १५ दिनमा स्थिति भयावह हुन्छ र पुरै देश लकडाउनमा नगई सुखै छैन ।

Corona virus contact tracing
Corona virus contact tracing

डा. आचार्यका अनुसार नेपालमा हाल शून्यदेखि नौ वर्षसम्मका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा तथा २५ देखि ४० वर्षसम्मका युवायुवतीमा बढी संक्रमण देखिएको छ । ‘सरकारको प्रसस्त गृहकार्यका अभाव र नागरिकस्तरमा यस्तै प्रकारको लापार्बाही देखिँदै गए आगामी १५ दिनमा स्थिति भयावह भएर जान्छ र हावामार्फत पनि भाइरस फैलन सक्ने अवस्था आउन सक्छ अनि देशव्यापी लकडाउन नगरी हुँदैन,’ डा. आचार्यले भने । डा. आचार्यले सरकारले प्रमुख सहरमा तत्काल ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइड डिस्इन्फेक्टेड गर्नुपर्ने बताए ।

उनले सबै महानगरपालिका, नगरपालिका र गाउँपालिकाले आआफ्नो क्षेत्रमा डिस्इन्फेक्टेड गरेमा कोरोना संक्रमण बढ्न नपाउने स्पष्ट पारे ।

Tags: Corona Virus #Covid19Dr.ramesh acharyaLockdown
Nisarga hospital Dhangadhi
Previous Post

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

Next Post

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

14 hours ago
788
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

16 hours ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

1 day ago
2k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
797
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

3 days ago
850
Next Post
Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...