Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
April 20, 2021
in News
Reading Time: 1 min read
A A
0
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।
594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ वैशाख २०७८

कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा. रमेशकुमार आचार्यले नेपालमा यूके भेरियन्ट र ब्राजिलियन एपी वान इन्फेक्सन भाइरस भित्रिसकेकाले स्थिति अझै भयावह भएर जान सक्ने भन्दै सचेत र सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

‘नेपालमा ब्राजिल, यूके र इन्डियाको नयाँ भेरियन्ट भित्रिसकेको छ र समुदायमा फैलिसकेको छ त्यसैले आगामी दिन झनै झटिल र भयावह बन्न सक्ने देखिन्छ ।’ विज्ञ डा. आचार्यले भने ।

अहिले नेपालमा फैलिएको कोरोना संक्रमण र यसको असरबाट पीडित बनेकामा जटिल खालका लक्षण देखापर्न थालेका छन् । डा. आचार्यका अनुसार यूके भेरियन्ट र एपी वान इन्फेक्सनका समान लक्षण रहेका छन् । जसअनुसार अहिले कोरोना संक्रमण भएकामा अत्याधिक पेट दुख्ने, लगातार पखाला लाग्ने र जति औषधि खाए पनि पखाला नियन्त्रणमा नआउने, उच्च किसिमको सुुख्खा खोकीले सताउने, तीन दिनभित्रै फोक्सोमा निमोनिया देखिने, आँखा रातो हुने र मुख सुख्खा हुने, शरीर पुरै पोल्ने अत्यधिक, दुखाइ हुने, टाउको अत्यधिक दुख्ने, ब्लड प्रेसर र सुगरको मात्रा एक्कासि बढ्नेलगायतका लक्षण देखिने गरेका छन् । यसैगरी यूके भेरियन्टका कारण भएको संक्रमणमा नाकबाट तीव्र गतिमा पानी बग्ने, र एक्कासि तौल अत्यधिक घट्ने समस्या पनि देखिन थालेको डा. आचार्यले जानकारी दिए ।

Hand washing Covid safety
Hand washing Covid safety

विज्ञ डा. आचार्यले नेपालमा तत्काल सेमी लकडाउन गर्नुपर्ने आवश्यकता रहेको बताए। अहिले सेमी लकडाउन नगर्ने हो भने अबको १५ दिनमा स्थिति भयावह हुन्छ र पुरै देश लकडाउनमा नगई सुखै छैन,’ डा. आचार्यले भने, ‘त्यसैले सरकारले पनि नियन्त्रणका लागि प्रशस्त उपाय अपनाउनुपर्छ भने नागरिकले पनि सुरक्ष सर्तकता अपनाउन छोड्नुहँुदैन् ।’ डा. आचार्यका अनुसार हवार्ड अक्सफोर्डको नयाँ अध्ययनले अमेरिका र बेलायतमा १५ घण्टासम्म हावामा नै भाइरस रहेको पाइएको र वायुमण्डलमार्फत नै कोरोना संक्रमण फैलने गरेको पाइएको छ । नेपालमा पनि हावामार्फत भाइरस फैलन सक्ने सम्भावना बढेर गएकाले त्यस्तो स्थिति आउन नदिन विशेष सर्तकता अपनाउनुपर्ने डा. आचार्यको सुझाव छ ।

डा. आचार्यका अनुसार नेपालमा कोरोना संक्रमण अत्यधिक बढ्नुमा भारत र नेपालको खुला सीमामा कडाइ गर्न नसक्नु, विदेशबाट नागरिक नेपाल आएपछि बिनाक्वारेन्टिन घरमा जानु र आइसोलेसनमा नबस्नु, यसमा सरकारले लापार्बाही गर्नु, सार्वजनिक स्थानमा भिडभाड कायमै हुनु, अस्पतालमा सामान्य बिरामी पनि जानु तथा सरकारले आरटी पीसीआर परीक्षणको मात्रा बढाउन नसक्नुलगायत रहेका छन् ।

अहिले सेमी लकडाउन नगर्ने हो भने अबको १५ दिनमा स्थिति भयावह हुन्छ र पुरै देश लकडाउनमा नगई सुखै छैन ।

Corona virus contact tracing
Corona virus contact tracing

डा. आचार्यका अनुसार नेपालमा हाल शून्यदेखि नौ वर्षसम्मका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा तथा २५ देखि ४० वर्षसम्मका युवायुवतीमा बढी संक्रमण देखिएको छ । ‘सरकारको प्रसस्त गृहकार्यका अभाव र नागरिकस्तरमा यस्तै प्रकारको लापार्बाही देखिँदै गए आगामी १५ दिनमा स्थिति भयावह भएर जान्छ र हावामार्फत पनि भाइरस फैलन सक्ने अवस्था आउन सक्छ अनि देशव्यापी लकडाउन नगरी हुँदैन,’ डा. आचार्यले भने । डा. आचार्यले सरकारले प्रमुख सहरमा तत्काल ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइड डिस्इन्फेक्टेड गर्नुपर्ने बताए ।

उनले सबै महानगरपालिका, नगरपालिका र गाउँपालिकाले आआफ्नो क्षेत्रमा डिस्इन्फेक्टेड गरेमा कोरोना संक्रमण बढ्न नपाउने स्पष्ट पारे ।

Tags: Corona Virus #Covid19Dr.ramesh acharyaLockdown
SummarizeShare242ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.