काठमाडौं, ०६ चैत २०७८
चन्द्रागिरी नगरपालिकाको वडा नं १४ नयाँ नैकाप स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको निशुल्क दन्त सेवा उद्घाटन भएको छ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको प्रमुख अतिथिमा, वडानं १४ का वडा अध्यक्ष रामहरी बस्नेत ज्युले ऊँ समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा इन्द्र अन्नपूर्ण फाउन्डेशन द्वारा संचालित विशेषज्ञ सहितको दन्त सेवा उद्घाटन गरेको छ।
आइतबार भएको उद्घाटन समारोहमा नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका वडा नं १४ नयाँ नैकाप स्वास्थ्य चौकीमा ऊँ समाज डेण्टल हस्पिटलले गरेको विशेषज्ञ सहितको दन्त स्वास्थ्य सेवा दिएकोमा उत्कृष्ट काम गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।
नगरप्रमुख गिरीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र अझ विशिष्टिकरण तरिकाले अगाडि बढाउन पर्नेमा जोड दिनुपर्ने बताए। उनले भने; मेरो ५ वर्षको कार्यकाल पूरा हुन अब एक महिना बाँकी छ, यस अवधिमा स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरूलाई केही अगाडि बढाउन प्रयास गरेको छु। त्यसमध्ये केही काम भएका छन्। जुन प्रत्येक वडा वडामा एक एक स्वास्थ्य केन्द्र बनेका छन।
यस्तैगरी प्रत्येक वडामा ल्याबको पनि व्यवस्था भएको छ जसमध्ये आज विशेषज्ञ सहितको दन्त सेवा उद्घाटन भएको छ यो नेपालकै पहिलो उत्कृष्ट काम बनेको छ। प्रत्येक वडा वडामा रहेका स्वास्थ्य केन्द्र लाई अझ गुणस्तर बनाउन प्रयत्न गरिरहेका छौँ।
ऊँ समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुभास घिमिरेले एउटा मान्छेले स्वास्थ्य भयो भने जीवन नै स्वस्थ हुन्छ र
प्रत्येक व्यक्तिको आफ्नो मुख स्वस्थ राख्न सक्ने हो भने ९० प्रतिशत रोग लाग्न बच्न सकिने बताउनुभयो।
डा. घिमिरेका अनुसार कुनै पनि मानिसले विरामी भएर उपचार गर्न नपरोस्, मुख स्वस्थ राख्न नै विभिन्न रोगको नियन्त्रण गर्न सक्नु हो। मुख स्वास्थ्यलाई नियन्त्रण गर्न सक्यो भने शरीरका फाइदा पुग्दछ। हरेक मान्छेले मुख स्वास्थ्य केयर गर्न विभिन्न शारीरिक व्यायाम, खानपानमा सुधार गर्नु अति आवश्यक हुन्छ।
मुखलाई स्वास्थ्य राख्न खाना कति बेला खाने, कसरी खाने, खाना खाएपछि कति बेला ब्रस गर्ने यी कुराहरुमा सबैले ध्यान पुर्याउनु नितान्त आवश्यक भएको डा. घिमिरेले बताए। पहिला मुख स्वास्थ्य अनि शरीर स्वस्थ हुन्छ, जसले गर्दा रोग लाग्दैन। खाना खाएपछि दिनको २ पटक ब्रस गर्न अनिवार्य हुन्छ। मुख स्वास्थ्य राखेन भने मान्छे डिप्रेसन हुने गरेको पाइन्छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले आज नयाँ नैकाप स्वास्थ्य चौकीमा अत्यन्तै सान्दर्भिक कार्य भएको महसुस व्यक्त गर्नुभयो। यस नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य केन्द्र सहितको ल्याबबाट जनताहरूलाई सहयोग र सेवा पाइरहेकोमा गर्भ लागेको पौडेलले बताए। विशेषज्ञ सहितको दन्त सेवा उद्घाटन भएकोमा ऊँ समाज डेण्टल हस्पिटललाई धन्यवाद दिनुका साथै यस समाजका जनताले गुणस्तरीय दन्त सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताए।
मुख स्वास्थ्यको प्रमुख अंग हो, मुखलाई सधैं स्वास्थ्य राख्नुपर्ने हामी सबैको कर्तव्य हो । त्यसैले मुखलाई स्वास्थ्य राख्न सकिएन भने क्यान्सर लगायतका विभिन्न रोगहरू लाग्न सक्छन्। कार्यक्रम माधव पन्थीले सञ्चालन गर्नुभएको थियो।