Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
May 27, 2023
in News
A A
0
डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बिराटनगर, १३ जेठ २०८०

नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीमा सहभागिहरुले डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्याशाला गोष्ठीमा सहभागिहरुले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधी जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ । पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने बिज्ञहरु बताउछन् ।

Truederma 1

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

विश्वमा अहिले मायोपिया सचेतना सप्ताह मे २२ देखि २६ मे सम्म चलिरहेको छ । यसको अवसरमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालले एक दिने मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीको आयोजना गरेको थियो । जसमा कोशी प्रदेश तथा मधेश प्रदेशका नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरु गरि करीब २ सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।Biratnagar

सूचना प्रविधिको विकास संगै आम मानिसले आफनो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौं सम्म मोबाईल, ल्यापटप, टि.भि जस्ता डिजिटल माध्यामहरुमा समय व्यतित गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुदै गईरहेको छ ।

यसरी लामो अवधिसम्म घर वाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रुपमा मायोपिया देखा परेको छ । मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भईरहेको हुन्छ ।

मायोपियाबाट वच्न वच्चाहरुलाई मोबाईलको प्रयोग वाट जोगाउने, दैनिक कम्तिमा २ घण्टा वाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमितरुपमा आँखा जाँच गराउनुपर्ने विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारीले जानकारी दिनुभयो।

कार्यशाला गोष्ठीमा एल.भी. प्रसाद आई ईन्सिटच्युट, हैदराबाद भारतका डा. पवन भेर्किचर्ला र स्वपनिल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा. पवन श्रेष्ठ तथा पंकज राय अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags: Corona Virus #Covid19Myopia symposiumNepal Netra joyti sang
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

वीर अस्पतालमा एक हप्ताभित्र सेवामा सुधार गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

Next Post

नेपाल क्यान्सर हस्पटिलको छटौं बार्षिकोत्सवको अवसरमा ‘वाकाथन’

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

19 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

21 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

21 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

23 hours ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

23 hours ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
नेपाल क्यान्सर हस्पटिलको छटौं बार्षिकोत्सवको अवसरमा ‘वाकाथन’

नेपाल क्यान्सर हस्पटिलको छटौं बार्षिकोत्सवको अवसरमा ‘वाकाथन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...