आज मिति : २०८२ जेष्ठ १०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मुस्ताङका चिकित्सकले जोगाए रातभर खटेर गम्भीर अवस्थाका आमा र शिशुको ज्यान

Nam Raj Bhatta by Nam Raj Bhatta
April 21, 2025
in News
A A
0
मुस्ताङका चिकित्सकले जोगाए रातभर खटेर गम्भीर अवस्थाका आमा र शिशुको ज्यान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

मुस्ताङ, ८ बैशाख २०८२

मुस्ताङ प्रादेशिक अस्पतालका चिकित्सकहरुको टोलीले गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका आमा र शिशुको ज्यान जोगाउन सफल भएका छन्।

लोमाङथाङबाट १९ घण्टा लामो जोखिमपूर्ण यात्रा गर्दै साँझ ६ बजे प्रादेशिक अस्पतालमा आइपुगेका आमा र शिशुको रातभरी उपचार सेवा दिएर ज्यान जोगाउन सफल भएका हुन्।

‘ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको अस्पतालका डा. विशाल सापकोटाले बताए।

डा. सापकोटाका अनुसार हाइपोभोलिमिक शकमा अर्धचेत अवस्थामा ती महिला अस्पताल आइपुगेकी थिइन्। जाँच गर्दा गर्भाशयमा चिप्किएको साल र गर्भाशयको मुखमा चिरा पाइएको थियो।

डा. सापकोटाको नेतृत्वमा डा. समिक्षा कँडेल, डा. विसर्जन नेपाली, डा. अशोक चपाई, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, संगिता थापा तथा स्वास्थ्य सहायक कुशल नेपाली  सम्मिलित टोलीले तुरुन्तै उपचार सुरु गरेका थिए।

तत्काल हातले साल निकाल्ने प्रक्रिया सुरु गरिएको थियो। ‘स्लाइड र स्वाइप’ म्यानुभर अपनाउँदै सावधानीपूर्वक गर्भाशयबाट साल निकालिएको डा. सापकोटा बताउँछन्। ‘त्यसपछि गर्भाशयको चिरा सिउने  कार्य पनि सफलतापूर्वक सम्पन्न गरियो। सम्पूर्ण प्रक्रिया रातको ९ बजेसम्म सम्पन्न गरिएको थियो।

प्रारम्भिक रक्त परीक्षणमा रगतको मात्रा मात्र ५ जीएम/डीएल देखिएपछि तुरुन्तै २ पोका ए पोजिटिभ रगतको आवश्यकता भयो,’ डा. सापकोटाले भने। राति १२ बजे रक्तदान सुरु भई ३ बजेसम्म रगत चढाइएको उनले बताए। हालको अवस्था स्थिर अवस्थामा रहेको उनले बताएका छन्।

त्यस्तै बच्चाको पनि याकको रौँबाट बनाइएको धागो र घरेलु चक्कुको प्रयोग गरी नवजात शिशुको गर्भनाल काटिएको पाइएको थियो।  जुन चिकित्सकीय दृष्टिले जोखिमपूर्ण भएपनि तत्कालका लागि विकल्पहीन उपाय अपनाइएको थियो।  आमाले स्तनपान गराउन नसकेपछि स्थानीय महिलाहरूले तताएको घिउ खुवाएएर शिशुलाई अलमल्याएका थिए। भोलिपल्ट अस्पताल आउने क्रममा पनि ओटको पिठोमा घिउ मिसाएर खुवाइएको थियो। ‘त्यसपछि आश्चर्यजनक रूपमा शिशुमा न त डिहाइड्रेशन (शरीरमा पानीको कमी) देखियो, न त हाइपोग्लाइसेमिया (रगतमा चिनीको अत्यधिक कमी),  जुन यस्तो अवस्थामा असामान्य मानिन्छ,’ उनले भने। त्यसपछि चिकित्सकले गरेको उपचारका कारण नवजात शिशु र आमा दुवैको अवस्था सामान्य रहेको छ।

डा. सापकोटाका अनुसार ‘रातको अत्यन्त संवेदनशील समयमा सही निर्णय र समन्वयले दुईवटा जीवन बचाउन सक्यौं। त्यो रात हामी कहिल्यै बिर्सन सक्दैनौं।’

साल ननिस्किने समस्या ग्रामीण क्षेत्रमा आमाको मृत्युको प्रमुख कारण हो। हातले साल निकाल्ने प्रक्रिया अत्यन्त संवेदनशील प्रक्रिया हो, जसका लागि दक्ष चिकित्सकको आवश्यक पर्छ।

रक्त परीक्षण, क्रस म्याचिङ तथा आपतकालीन रक्तदानमा ल्याब टेक्निसियन अनिता थापाले गरिन्।  रक्तदाता पनि अस्पताल फार्मेसी सहायक दीपक कुमार खत्री र अस्पताल नेत्र सहायक  विज्ञान श्रेष्ठ रहेका छन्। उनीहरुको योगदानका लागि सापकोटा धन्यवाद दिन्छन्।

‘तत्काल रगत दिने व्यक्ति सधैं उपलब्ध हुँदैन,’ डा. सापकोटा भन्छन्, ‘मुस्ताङमा दीर्घकालीन समाधानका लागि ब्लड बैंकको आवश्यकता छ।’

हाल जोमसोम अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया सेवा पनि उपलब्ध छन्। तर भवन निर्माण अधुरो, जनशक्ति र पूर्वाधारको अभाव जस्ता चुनौतीबीच अस्पतालले सेवा दिइरहेको छ।

Tags: #government of NepalDr. Bishal sapkotaMustang district hospital
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग

Next Post

सिराहा प्रादेशिक अस्पतालमा सुधारको माग गर्दै जनप्रतिनिधि र युवाहरूले बुझाए १९ बुँदे मागपत्र

Related articles

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

15 hours ago
782
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

1 day ago
822
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

3 days ago
852
मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त
News

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

3 days ago
794
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

4 days ago
855
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

4 days ago
807
Next Post
सिराहा प्रादेशिक अस्पतालमा सुधारको माग गर्दै जनप्रतिनिधि र युवाहरूले बुझाए १९ बुँदे मागपत्र

सिराहा प्रादेशिक अस्पतालमा सुधारको माग गर्दै जनप्रतिनिधि र युवाहरूले बुझाए १९ बुँदे मागपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,034)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.