Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रममार्फत मानसिक स्वास्थ्यसेवामा प्रभावकारिता”

Nam Raj Bhatta by Nam Raj Bhatta
August 27, 2025
in News
Reading Time: 13 mins read
A A
0
सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रममार्फत मानसिक स्वास्थ्यसेवामा प्रभावकारिता”
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ अर्जुन प्रसाद भेटुवाल

नेपालमा मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने औपचारिक प्रयासको थालनी वि.सं. २०१८ मा वीर अस्पतालबाट सुरु भएको थियो।

प्रारम्भिक अवस्था अत्यन्त सीमित स्रोतसाधन र जनशक्तिमा आधारित भए पनि समयसँगै यसको आवश्यकतालाई महसुस गर्दै सेवा संरचना विस्तार गरिँदै लगियो। वि.सं. २०२८ मा १२ शैयाको क्षमतासहित छुट्टै सेवा प्रारम्भ भयो। त्यही सेवाको क्रमशः संस्थागत विकास गर्दै वि.सं. २०४२ मा मानसिक स्वास्थ्य उपचारका लागि २५ शैयाको क्षमता रहेको अस्पताललाई वीर अस्पतालबाट स्थानान्तरण गरी ललितपुरस्थित लगनखेलमा स्थापना गरियो।

विगतका दशकहरूमा चरणबद्ध रुपमा क्षमता र संरचनागत सुधार हुँदै आएको यस अस्पतालमा अहिले ५० शैयासहित सेवा विस्तार भएको छ। यो संस्था हाल देशकै एकमात्र केन्द्रीय मानसिक विशेषज्ञता प्राप्त अस्पतालको रुपमा चिनिन्छ। यसले समग्र देशभरिका बिरामीहरूलाई लक्षित गरी सेवाप्रदान गर्दै आएको छ। दैनिक रूपमा बहिरंग विभागबाट करिब १५० जना सेवाग्राही लाभान्वित भइरहेका छन् भने बिस्तारित अस्पताल  सेवा कक्षबाट ३० जनासम्मको सेवा उपयोग हुने गरेको छ। आकस्मिक अवस्थामा समेत औसतमा ५ देखि ७ जना बिरामी आउने गरेका छन्। आन्तरिक शैयाहरू प्रायः सधैँ भरिएको पाइन्छ।

अस्पतालले सीमित भौतिक संरचना र जनशक्ति हुँदाहुँदै पनि सेवा प्रवाहमा लचकता, गुणस्तर र पहुँच सुनिश्चित गर्न क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ। बिरामी–केन्द्रित वातावरण निर्माण, सेवा व्यवस्थापनमा चुस्तता र रोगीका आवश्यकतालाई प्राथमिकता दिने अभ्यास अस्पतालको विशेषता बनेको छ।केवल उपचार सेवा प्रदानमा सीमित नरही, यस संस्थाले मानसिक स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ। वि.सं. २०६१ देखि सुरु गरिएको एम.डी. साइक्याट्री कार्यक्रम अन्तर्गत हरेक वर्ष दुईजना विशेषज्ञ मनोचिकित्सक उत्पादन हुँदै आएका छन्। हाल ती चिकित्सकहरू देशभरका विभिन्न अस्पतालहरूमा सेवा दिइरहेका छन्, जसले मानसिक स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याइरहेका छन्।

यसका अतिरिक्त, अस्पतालले निम्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ:

  • सामुदायिक मानसिक स्वास्थ्य सेवा,
  • आत्महत्या रोकथामकालागि हेल्पलाइन ११६६,
  • मेथाडोन प्रतिस्थापन उपचार (ओपिओइड प्रयोगकर्ताहरूको पुनर्स्थापनकालागि),
  • फरेन्सिक साइक्याट्री परीक्षण तथा परामर्श सेवा,
  • मानसिक स्वास्थ्य सम्बन्धी तालिम तथा पुनर्ताजगी कार्यक्रम,
  • किशोर–किशोरी लक्षित कार्यक्रम (CWIN सँग सहकार्यमा)
  • सामाजिक सुरक्षा कार्यक्रम ( सामाजिक सेवा एकाई, स्वास्थ्य बीमा कार्यक्रम )।

उल्लिखित सेवा विस्तारका सबै पहलहरूलाई व्यवस्थापन गर्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, सिविन लगायत अन्य साझेदारहरूको निरन्तर सहयोग रहँदै आएको छ। अबको लक्ष्य संरचना स्तरोन्नति, शैया संख्या विस्तार र नयाँ भवन निर्माण रहेकोले, सम्बद्ध सबै पक्षको सहकार्य र प्रतिबद्धता आवश्यक छ।

तथ्यांकमा मानसिक अस्पताल :

मानसिक अस्पताल, लगनखेल हाल ५० शैयाको सामान्य बेड, ५ वटा आकस्मिक बेड तथा १२ शैयाको किशोर–किशोरी वार्ड सहित कुल ६७ शैयासहितको आन्तरिक सेवा संरचनामा सञ्चालनमा रहेको छ। उपलब्ध सेवाहरूलाई निम्न रूपमा वर्गीकृत गर्न सकिन्छ:

१. नियमित सेवा

  • बहिरंग सेवा (OPD): नियमित मानसिक स्वास्थ्य परामर्श तथा उपचार सेवा, EHS (Extended Health Services) सहित,
  • अन्तरङ्ग सेवा (Inpatient Services): अस्पताल भर्ना भई उपचार गरिने सेवा,
  • इमर्जेन्सी सेवा: मानसिक स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाको उपचार,
  • प्रयोगशाला सेवा: आधारभूत र आवश्यक प्रयोगशाला परीक्षण सुविधा
  • रेडियोलोजी सेवा: मानसिक स्वास्थ्यसँग सम्बन्धित रेडियोलोजिकल परीक्षणहरू
  • अस्पताल फार्मेसी सेवा: आवश्यक औषधि वितरण र परामर्श सेवा
  • साइकोलोजिकल सेवा: मनोसामाजिक परामर्श, मूल्यांकन तथा मनोवैज्ञानिक परीक्षण सेवा

२. विस्तारित तथा लक्षित सेवा

  • मेथाडोन मेन्टेनेन्स मौखिक प्रतिस्थापन सेवा (MMT): लागू औषध प्रयोगकर्ताका लागि प्रतिस्थापन उपचार
  • वीर अस्पतालमा OPD सेवा: हप्तामा दुई दिनसम्म वीर अस्पताल परिसरमा सेवा उपलब्ध
  • Satellite OPD सेवा:
    • त्रिशुली अस्पताल
    • मेथिनकोट अस्पताल
    • पशुपति चौलागाईं प्रादेशिक अस्पताल, चरिकोट

३. समुदायमैत्री कार्यक्रमहरू

  • सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम: देशका विभिन्न स्थानमा मानसिक स्वास्थ्य पहुँच विस्तार गर्न समर्पित सेवा,
  • आत्महत्या रोकथाम हटलाइन – ११६६: आत्महत्या विचार भएका व्यक्तिहरूलाई समर्पित तत्काल परामर्श सेवा,
  • किशोर–किशोरी मानसिक स्वास्थ्य कार्यक्रम: किशोर अवस्थामा देखा पर्ने मानसिक समस्याहरूको पहिचान, उपचार र परामर्शका लागि लक्षित सेवा,

४. शैक्षिक तथा विशेषज्ञ उत्पादन सेवा

  • एम.डी. साइक्याट्री शैक्षिक कार्यक्रम: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत, प्रत्येक वर्ष २ जना विशेषज्ञ मनोचिकित्सक उत्पादन गर्ने शैक्षिक कार्यक्रम,
SN सूचकहरू (Indicators) 2078/79 2079/80 2080/81
1 कुल ओ.पि.डि. सेवाग्राही (Total OPD clients) 31,233 34,691 40,923
2 आकस्मिक सेवाग्राही (Total emergency clients) 563 773 947
3 भर्ना सेवाग्राही (Total inpatients) 711 840 766
4 बेड उपयोग दर (Bed occupancy rate) — — 92.711%
5 औसत बसाई अवधि (Average length of stay) 23.6 Days 21.9 Days 22.79 Days
6 स्वास्थ्य बीमा सेवाग्राही (Health Insurance) 1665 2233 3144
7 Hospital bed turnover rate 11.47 13.54 12.35
8 प्रयोगशाला/अन्य सेवा (Diagnostic/Other) 505 1146 1742
9 SSU सेवाग्राही संख्या — — 348
10 EHS सेवाग्राही 3266 5109 4458
11 MSS Score:    28 34.04
12 Budget     73731293.56

 

13 Permanent Staff     71( 52working)
14 HDC staff ,contract and MMTP     41

सामाजिक स्वास्थ्य  सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपाय :

१.    सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू

o   हाल सञ्चालनमा रहेका र भविष्यमा सञ्चालन हुने सबै सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई सामाजिक सेवा एकाइमार्फत सञ्चालन गर्ने।

२.    सामाजिक स्वास्थ्य सुरक्षा व्यवस्थापन समिति

o   आवश्यक मार्गनिर्देशन, निर्णय लिन नसकिएका विषयहरूको निर्णय तथा सहज कार्य वातावरण सृजनाका लागि समितिको बैठक महिनाको एकपटक बस्ने।

३.    समीक्षा र बजेट व्यवस्थापन

o   हरेक ४ महिनामा समीक्षा बैठक गर्ने,

o   श्रावणको पहिलो हप्ताभित्र बजेट बाँडफाँड र अघिल्लो वर्षको छुटको अनुमोदन गर्ने।

४.    लक्षित समूहको पहुँच वृद्धि

o   लक्षित समूहका बिरामीलाई समतामूलक स्वास्थ्य सेवा पहुँच र उपयोगमा वृद्धि गर्ने,

o   निशुल्क वा आंशिक छुटमा विशेषज्ञ सेवा उपलब्ध गराउने।

५.    सूचना प्रवाह

o   सूचनामूलक फ्लेक्सहरू सबैले देख्न र पढ्न सक्ने स्थानमा टाँस्ने,

o   छुटको वर्गीकरण, सेवा बडापत्र र सहुलियतका आधारहरू अग्रभागमा प्रस्ट टाँस्ने।

६.    एकद्वार प्रणाली

o   सबै सामाजिक सुरक्षा कार्यक्रमहरूलाई संयोजन र सहजीकरण गर्दै एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने।

७.    लक्षित समूहलाई व्यवस्थित सेवा

o   लक्षित समूहले स्वास्थ्य सेवा व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा लिन सक्ने वातावरण तयार गर्ने।

८.    सामाजिक सेवा एकाइमार्फत फास्ट ट्रयाक सेवा उपलब्ध गराउने लक्षित समूहहरु देहायअनुसार गर्ने :

  • गरीब
  • असहाय
  • अपाङ्गता भएका व्यक्ति
  • ज्येष्ठ नागरिक
  • लैङ्गिक हिंसा पीडित
  • आकस्मिक अवस्थामा परेका गरीब तथा विपन्न बिरामी
  • विपद् पीडित (महामारी, भूकम्प, बाढी, पहिरो आदि)
  • सीमान्तीकृत तथा लोपोन्मुख आदिवासी जनजाति
  • महिला स्वास्थ्य स्वयंसेविका
  • कुपोषित बालबालिका
  • थुनुवा बिरामी
  • शहीद परिवार

v गरीबीको निर्धारण र छुट सुविधा: सरकारले जारी गरेको परिचयपत्र, सिफारिस तथा अनुसूची-३ र ४ का फारामहरूका आधारमा निर्धारण।अति गरीबलाई निःशुल्क र गरीबलाई ५०% छुटमा सेवा दिने।

v अपाङ्गता भएका व्यक्तिको सेवा सुविधा : “क” वर्गको परिचयपत्र भएकालाई निःशुल्क, “ख” वर्गलाई ५०% छुटमा सेवा प्रदान गर्ने।

v ज्येष्ठ नागरिकको सेवा सुविधा : ६०–६९ वर्ष: तोकिएको सेवामा ५०% छुट, ७०–७९ वर्ष: तोकिएको सेवामा ७५% छुट, ८०–८४ वर्ष: निःशुल्क, ८५ वर्षभन्दा माथि: सम्पूर्ण सेवा निःशुल्क दिने ,

v बीमित भएमा बीमा रकम प्रयोग गरिने, अपुग भएमा अन्य स्रोतबाट सहुलियत सेवा दिने ।

v लैङ्गिक हिंसा पीडितलाई सेवा: एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका सबै व्यक्तिलाई सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने ।

v प्रारम्भिक आकस्मिक सेवा: “गरीब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७७” अनुसार सेवा प्रवाह गर्ने ।

v विपद् पीडितलाई सेवा: विपद् कायम रहेसम्म आकस्मिक तथा अन्य स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने।

v लोपोन्मुख तथा सीमान्तीकृत जनजातिलाई सेवा: तोकिएको सेवा निःशुल्क प्रदान गर्ने ।

v स्वयंसेविकालाई सेवा सुविधा: परिचयपत्र

पाएका महिला स्वास्थ्य स्वयंसेविकालाई ५०% छुट दिने ।

v कुपोषित बालबालिकालाई सेवा: कुपोषित बालबालिकालाई सेवा निःशुल्क दिने ।

v थुनुवा र बालसुधार गृहका बालबालिकालाई सेवा: प्रारम्भिक चरणको स्वास्थ्य सेवा निःशुल्क दिने ।

v शहीद परिवारलाई सेवा: परिचयपत्रका आधारमा तोकिएको सेवा सहुलियतमा उपलब्ध गराउने।

v औषधोपचार सहायता कोष: “नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०६८” को दफा १३ अनुसार विपन्न नागरिकका लागि विशेष औषधोपचार सहायता कोष गठन गरी सेवा दिने।

v स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा: अनियोजित खर्चको जोखिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण दिने सामाजिक सुरक्षा कार्यक्रमस्वरूप स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हुँदा बीमित सदस्यका लागि प्राथमिक स्वास्थ्य संस्थार रकमको आधारमा सेवा प्रवाह गर्ने।

निष्कर्ष:

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सुधारहरू आवश्यक छन्। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई सामाजिक सेवा एकाइमार्फत सञ्चालन गरी सेवा प्रवाहमा समन्वय र पारदर्शिता बढाउनुपर्ने देखिन्छ। सामाजिक स्वास्थ्य सुरक्षा व्यवस्थापन समितिले नियमित बैठक गरी आवश्यक मार्गनिर्देशन र निर्णयहरू लिदा काम छिटो र सहज हुन्छ।सामाजिक सेवा एकाईमा २ जना सहजकर्ता राखेर काम लगाउन सकिने कानूनी व्यवस्था रहेको र बजेटले पनि समर्थन गरेकोले सोको कार्यन्वयन गरि प्रभावकारी सेवा वितरण गर्नुपर्ने देखिन्छ ।कार्यक्रमहरूको नियमित समीक्षा र बजेट व्यवस्थापनले संसाधनको उचित उपयोग सुनिश्चित गर्छ। लक्षित समूहहरूलाई समानुपातिक र समतामूलक स्वास्थ्य सेवा उपलब्ध गराउन निशुल्क वा छुट सुविधा प्रदान गरी सेवा पहुँच विस्तार गर्नुपर्छ। सूचना प्रवाहलाई प्रस्ट पार्न सार्वजनिक स्थानमा सूचनात्मक सामग्री टाँस्न आवश्यक छ।

एकद्वार प्रणालीमार्फत सबै सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकै ठाउँबाट सेवा दिने व्यवस्था गर्नाले सेवा ग्रहण गर्न सहज हुनेछ। लक्षित समूह जस्तै गरीब, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, विपन्न बिरामी, विपद् पीडित, महिला स्वयंसेविका, कुपोषित बालबालिका, थुनुवा, शहीद परिवार लगायतलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउनु पर्दछ।

सरकारी परिचयपत्र र फारामका आधारमा गरीब र अति गरीबलाई छुट सुविधा प्रदान गर्नु, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र अन्य संवेदनशील समूहका लागि छुट सुविधा व्यवस्था गर्नुले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ न्यायोचित र प्रभावकारी बनाउँछ। आकस्मिक सेवा र औषधोपचार सहायता कोषको व्यवस्थापनले विपन्न वर्गलाई आवश्यक स्वास्थ्य सेवा तुरुन्तै उपलब्ध गराउन मद्दत गर्नेछ।

अन्त्यमा, स्वास्थ्य बीमा कार्यक्रममार्फत वित्तीय सुरक्षा सुनिश्चित गरी सामाजिक सुरक्षा कार्यक्रमलाई दीगो र द्रुत सेवा प्रदान गर्न सकिन्छ। यी सबै सुधारहरूले सामाजिक सुरक्षा कार्यक्रमलाई सबैभन्दा आवश्यक र लक्षित व्यक्तिलाई प्रभावकारी रूपमा सेवा पुर्‍याउने र समाजमा समानता तथा न्याय कायम गर्ने काममा महत्वपूर्ण भूमिका खेल्ने छन्।

Tags: #government of NepalArjun vhetwalMental Health
SummarizeShare235ScanTweet147

Related articles

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

by Nam Raj Bhatta
July 16, 2026
0

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पतालको आफ्नै भवन निर्माण सुरु गरेको छ। अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका...

दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

by Nam Raj Bhatta
July 15, 2026
0

स्वास्थ्य सेवा गुणस्तरीय, सहज र विशेषज्ञ चिकित्सकको पहुँचमा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै वि.सं. २०६३ मा स्थापना भएको च्छो–रोल्पा अस्पताल आज दोलखा जिल्लाको अग्रणी निजी स्वास्थ्य संस्थाका रूपमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    831 shares
    Share 332 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    675 shares
    Share 291 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    690 shares
    Share 307 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल
  • काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.