Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्यमन्त्री र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उद्घाटन, समयमै पुल बनेपछि स्थानियबासी खुशी

Nam Raj Bhatta by Nam Raj Bhatta
२०८० असार २२, शुक्रबार १७:५८
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्यमन्त्री र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उद्घाटन, समयमै पुल बनेपछि स्थानियबासी खुशी
621
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सिन्धुपाल्चोक, २२ असार २०८० 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबिच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गरे । मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहना अनुसार समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताए ।

प्राकृतिक विपत्तिका बेला सधै नेपाली सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै स्थानिय बासिन्दाका अन्य समस्याभन्दा बेलीबृज सबै भन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताए । Pul sindhupalchok

जनताका पक्षमा आफूले सधै काम गरेकै परिणामस्वरुप मतदाताले आफूलाई गत निर्वाचनमा १२ हजार भन्दा बढी मतान्तरले विजयी बनाएको स्मरण गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बाग्मती प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको दाबी गरे । बेलीबृजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र समाजिक दृष्टिले पनि जनजिवन सहज बनाउने मन्त्री बस्नेतले बताए । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना सधै नेपाली जनताको सुख दुखमा साथ दिदै आइरहेको बताउँदै मेलम्ची बेली ब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए ।

प्रधान सेनापति शर्माले नेपाली सेना नेपाली जनताको साझा सम्पत्ति भएको बताउदै सेनाले सधै जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिए ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्यमन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिदैं नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताउनुभयो ।IMG 20230707 WA0024

उद्घाटन कार्यक्रममा सिनधुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यक्रर्ताहरु, नागरिक समाज र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
SummarizeShare270ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०८० असार २२, शुक्रबार १७:५८
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०८० असार २२, शुक्रबार १७:५८
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०८० असार २२, शुक्रबार १७:५८
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०८० असार २२, शुक्रबार १७:५८
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.