Nepal Bank Advertisement
आज: २०८३ मंसिर ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटी बिच सहकार्य

Nam Raj Bhatta by Nam Raj Bhatta
December 24, 2025
in News
Reading Time: 2 mins read
A A
0
नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटी बिच सहकार्य
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०९ पुस २०८२

नेपाल मेडिकल कलेज र जापानको कोबे तोकिवा विश्वविद्यालयबीच चिकित्सा विज्ञान क्षेत्रमा संयुक्त अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने उद्देश्यले समझदारी कायम भएको छ । मंगलबार कलेजमा आयोजित एक विशेष कार्यक्रमका विच दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी र विश्वविद्यालयका कूलपति तादाशी नाकामुराले हस्ताक्षर गर्नु भएको छ ।

समझदारी पत्र अनुसार दुईवटै संस्थामा कार्यरत फ्याकल्टी तथा पिजी, पिएचडी, डिएम एमसीएच अध्ययनरत विद्यार्थीहरुले एकेडेमिक इन्टर चेञ्ज रणनीति अनुसार अध्ययन अनुसन्धान गर्न सक्नेछन् । यो समझदारीले नेपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँगै फ्याकल्टीहरुलाई पनि फाइदा हुने कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले विस्वास ब्यक्त गर्नुभयो ।

नेपाल मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित भएपनि सरकारले लागू गरेका स्वास्थ्य बीमाहरु समेत सञ्चालन गरी गरिब, विपन्न नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको जिकीर गर्नुभयो । नेपालको मेडिकल शिक्षा र चिकित्सकीय अनुसन्धानमा कलेजले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले कोबे तोकिवा विश्वविद्यालयसँगको सहकार्यले दुई देशका विद्यार्थीहरुको शैक्षिक उन्नयन र प्राज्ञिक ज्ञान विस्तारमा टेवा पुग्ने बताउनु भयो ।

कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले यो सहकार्यले अनुसन्धानसँगै शैक्षिक आदान–प्रदानलाई पनि थप मजबुत बनाउने बताउनु भयो । कलेजले चिकित्सकीय अध्ययन, अनुसन्धानका विषयहरुलाई सदैव प्राथमिकतामा राखेको बताउँदै प्रबन्ध निर्देशक यासमिनले आउँदा दिनहरुमा यस प्रकारका सहकार्यलाई जोड दिएर जाने बताउनु भयो ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. मोदनाथ मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै यस सहकार्यले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, कलेजका अनुसन्धान निर्देशक प्रा.डा. शिबकुमार राईले समझदारीपत्रको उद्देश्य र महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरुको सिकाई र अनुसन्धानलाई सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

कोबे तोकिवा विश्वविद्यालयका ग्लोबल कम्युनिकेशन सेन्टर प्रमुख प्रा.डा. ताकाशी सुजुकीले सहकार्यले दुवै देशका अनुसन्धानकर्ता तथा विद्यार्थीलाई लाभ पुग्ने बताउँदै दीर्घकालीन सहकार्यप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, विश्वविद्यालयका कुलपति नाकामुराले नेपालसँगको सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाइने उल्लेख गर्नुभयो ।

समझदारीपत्र अनुसार दुवै संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नीति तथा मापदण्डअनुसार अस्पताल तथा क्षेत्रीय तहमा संयुक्त अनुसन्धान गर्नेछन् । सन् २००२ मा सुरु भएको दुवै संस्थाबीचको सहकार्यलाई यस समझदारीपत्रमार्फत नवीकरण गरिएको हो । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, प्राध्यापक तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

neplamedical6883664092152841422
Tags: #Nepal Medical College
SummarizeShare235ScanTweet147

Related articles

Teaching hospital photo

विशेषज्ञ स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन त्रिवि शिक्षण अस्पतालद्वारा विस्तारित स्वास्थ्य सेवा (EHS) विस्तार

by Nam Raj Bhatta
November 18, 2026
0

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH) ले नियमित कार्यसमयमा अस्पताल आउन कठिनाइ हुने बिरामीहरूलाई लक्षित गर्दै सहज, सुलभ र समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विस्तारित अस्पताल सेवा...

हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा पुनः डा. श्रीधर पौडेल निर्वाचित

हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा पुनः डा. श्रीधर पौडेल निर्वाचित

by Nam Raj Bhatta
November 18, 2026
0

हेल्थ फाउन्डेसन नेपालको १४औँ वार्षिक सम्मेलनबाट डा. श्रीधर पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका छन्। संस्थाले नेपालका ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई...

भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. निराजन सुबेदी नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

by Nam Raj Bhatta
November 13, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्ति पत्र बुझिसका छ्न। एघारौँ तहका अधिकृत डा....

बागमतीका आयुर्वेद चिकित्सालय मध्ये नुवाकोट उत्कृष्ट

बागमतीका आयुर्वेद चिकित्सालय मध्ये नुवाकोट उत्कृष्ट

by Nam Raj Bhatta
November 8, 2026
0

आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापनमा नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती प्रदेशमै उत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्याङ्कनमा ७२.५ प्रतिशत अंक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    900 shares
    Share 360 Tweet 225
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    716 shares
    Share 286 Tweet 179
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    711 shares
    Share 305 Tweet 169
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    709 shares
    Share 315 Tweet 164
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    655 shares
    Share 262 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • विशेषज्ञ स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन त्रिवि शिक्षण अस्पतालद्वारा विस्तारित स्वास्थ्य सेवा (EHS) विस्तार
  • हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा पुनः डा. श्रीधर पौडेल निर्वाचित
  • भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
  • बागमतीका आयुर्वेद चिकित्सालय मध्ये नुवाकोट उत्कृष्ट
  • विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.