काभ्रे , २८ वैशाख २०७८
पाँचखाल नगरपालिकाका नगरप्रमु महेश खरेलले आमाको मुखहेर्ने दिन (मातातिर्थ औंसि) पाँचखाल नगरपालिकामा उपस्थित भएका आमा तथा दिदिबहिनिहरुलाई व्यक्तिगत रुपमा प्रति व्यक्ति २ हजार (पौष्टिक आहारको लागि) उपलब्ध गराउनु भएको छ।
नगरप्रमुख खरेलले कोरोनाको माहामारीबाट बच्नको लागि सुरक्षीत स्वास्थ्य सामाग्रीहरु समेत पनि उपलब्ध गराउनु भएको थियो ।
पाँचखाल नगरपालिकाले नगरवासिलाई कोरोना संक्रमण भएमा उपचारमा सहजताको लागि राहत स्वरुप १० हजार दिने निर्णय पनि गरेको छ ।
नगरप्रमुख खरेलका अनुसार मंगलबार नगरपालिकाको निर्णय भए अनुसार कोरोनाको संक्रमित विपन्न बर्गहरुलाई १० हजार दिने भएको हो । नगरवासिहरुमा कोरोनाको प्रकोप फैलिदै गएकोले संक्रमितहरुको उपचारमा राहत रहोस भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय भएको नगरप्रमुख खरेलले जानकारी गराउनु भयो ।
पाँचखाल नगरपालिकाले नगरपालिकामा रहेका ४ वटा एम्बुलेन्सले सेवा दिन कठिनाई भएमा आफुले चढ्दै आएको स्कोरपियो, नगरप्रमुखको निजी गाडी तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।
त्यस्तै पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्त आईसोलेसन सञ्चालन गर्न विषयमा समेत सम्झौतामा हस्ताक्षर गरी पाँचखाल नगरमा १५ बेडलाई ५० बेडको बनाउने निर्णय भएको छ ।
नगरप्रमुख महेश खरेल १५ वर्ष अमेरिका बसेर आफ्नो देशमा सहयोग गर्छु भनी फर्केपछि विभिन्न ठाउँमा सामाजिक सहयोग गर्दै आएका छन्।
नगर प्रमुख खरेलले भने यस कोरोना माहामारीको समयमा प्रत्येक क्षेत्रका मेयर साबहरुले आ-आफ्नो ठाउँबाट गरिब जनताहरुलाई सहयोग गरी दिए धेरै राहत हुने थियो।
यस्तैगरी खरेलले यो विषम परिस्थितिमा सकेसम्म नगरका नागरिकलाई एम्बुलेन्स तथा आईसोलेसनमा बस्नु नपरोस । स्थिति हाम्रो नियन्त्रणमा छैन् । नगरवासीहरुलाई सुरक्षित बसिदिनुहुन अपिल गरेको छ।
सजग हुँदा हुँदै पनि नगरभित्रका धेरै जना कोभिड–१९ को दोश्रो भेरियन्टबाट संक्रमण हुनुभएको छ । यस अघि आएको कोरोना भन्दा यो पटकको कोरेना धेरै गुणा शक्तिशाली छ । कोरोना विरुद्ध लड्न तपाई हामी सबै सचेत हुनुपर्ने आवश्यक छ । यो बेलामा सुरक्षित रहने, मास्क अनविार्य लगाउने, सामाजकि दुरी कायम गर्ने र साबुनपानीले हात धुन पनि खरेलले अनुरोध गरेको छ।
Comments 1