निसर्ग हस्पिटल धनगढीमा आजदेखि नियमित निःशुल्क खोप सेवा सुरु भएको छ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.मेराज आलम अन्सारी, नर्सिङ डाइरेक्टर मञ्जु केसी, नर्सिङ प्रशासक शिमा शर्मा, युनिसेफ तथा स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, डा. दीपक पौडेल, डा. सुनिल तामाङलगायत अस्पतालका कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
अब प्रत्येक शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निसर्ग हस्पिटलमा नियमित निःशुल्क खोप सेवा उपलब्ध हुनेछ।








