Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विपद्पछि महामारीजन्य रोगहरू निम्तिन सक्ने भएकोले सचेत रहन चिकित्सकको आग्रह

Nam Raj Bhatta by Nam Raj Bhatta
September 30, 2024
in News
Reading Time: 2 mins read
A A
0
विपद्पछि महामारीजन्य रोगहरू निम्तिन सक्ने भएकोले सचेत रहन चिकित्सकको आग्रह
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ असोज २०८१

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएकोले चिकित्सकले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएङ्का हुन् । उहाँहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए।

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पानीजन्य रोगहरू (जस्तै झाडापखाला, हैजा आदि) तथा किटजन्य रोग (जस्तै डेङ्गु, मलेरिया आदि)को सङ्क्रमण बढ्नसक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डा. पुनले भने, ‘मुख्यतः पानीजन्य रोगहरु झाडापखाला, हैजाको जोखिम बढेको छ । हैजा अहिले पनि पूर्णरुपले हटिसकेको अवस्था छैन ।’ उनले मनसुनको समयमा किटजन्य रोगको जोखिम बढी हुने बताए।

बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने डा. पुनको भनाइ छ । “स्क्रब टाइफसको पनि समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना छ,“ उनले भने।

दूषित पानीका कारण लाग्न रोगहरु:

(क) दूषित पानी खाएर हुने रोगहरू । जस्तै: हैजा, झाडा पखाला, आउँ, जुका, कमलपित्त र टाइफाइड ।
(ख) नुहाउन, धुनको लागि फोहर पानी प्रयोग गर्दा लाग्ने रोगहरू । जस्तैः लुतो, दाद, घाउ खटिरा जस्ता छाला सम्बन्धी रोगहरू र ट्रकोमा ।
(ग) खेर गएको पानी, फोहर पानीको उचित विसर्जन नगर्दा त्यस्तो पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कन्छन् र तिनीहरूले रोगहरू सार्छन् । जस्तैः औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाइटिस ।

 आँखा पाक्ने तथा ट्रकोमा

खस्रे रोग एक प्रकारको आँखा पाक्ने रोग हो । यस रोगलाई ट्रकोमा भनिन्छ । यो रोग किटाणुहरूको कारणले लाग्छ र यो रोगका किटाणुहरू फोहरमा हुन्छन् । यो रोग प्राय: गरेर स-साना बालबालिकालाई लाग्छ र यस रोगले अन्धो पनि बनाउन सक्छ ।

यो रोग लाग्नुको मुख्य कारण : हात मुख धुन पर्याप्त पानी नभएर वा हात मुख धुने पानी सफा नभएर वा हात मुख धुने बानी नभएर लाग्छ ।
यो रोगका किटाणुहरू रोगीको आँखाबाट निस्कने चिप्रामा प्रशस्त हुन्छन् । रोगीको आँखाबाट निस्कने चिप्राबाट यो रोग सर्छ र मुख्य माध्यम भनेको झिङ्गा नै हो ।
यो रोग हातबाट सर्न सक्छ र कपडाको माध्यमबाट पनि सर्न सक्छ । एकै ठाउँका धेरै मानिसहरूलाई छोटो समयमा यो रोग लाग्न सक्छ र केही दिनमा नै महामारीको रूप लिनसक्छ ।

लक्षणहरू :-

खस्रे रोग लाग्यो भने यी लक्षणहरू देखा पर्छन् :
आँखा दुख्छ, बिझाउँछ ।
आँखा रातो हुन्छ, चिलाउँछ ।
आँखाको डिल सुनिन्छ ।
आँखाबाट चिप्रा आइरहन्छ ।

यो रोग धेरै पटक भयोभने आँखाको परेला भित्र फर्किन्छ ।
भित्र फर्केको परेलाले आँखाको नानीलाई बारम्बार घोच्छ र नानी विग्रिएर अन्धो गराउँछ ।

रोकथाम र बचावट :-

सधै चर्पीमा नै दिशा पिसाब गर्ने बानी बसाल्ने र चर्पी पनि सफा राख्ने, गाईवस्तुको मल-मूत्र खाडलमा जम्मागरी राख्ने
भान्साबाट निस्कने फोहर पानीलाई व्यवस्थित तरिकाले विसर्जन गर्ने,
घर वरिपरि पानी जम्ने खाडल छ भने पुरिदिने
दिनको २-३ पटक आँखा – मुख धुने
हात मुख धुँदा नाकको सिँगान पनि राम्ररी सफा गर्ने
आँखाको चिप्रा र नाकको सिँगान जहाँ पायो त्यहाँ नपुछ्ने
खस्रे रोग लागेको रोगीले प्रयोग गरेका कपडा साबुन पानीले धोएर घाममा सुकाउने।

खस्रेरोग लागेमा स्वास्थ्य संस्थामा गएर उपचार गराउने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूरै अवधिसम्म आँखामा औषधि लगाउने।

 लुतो, दाद र खटिरा

लुतो, दाद, घाउ खटिरा जस्ता छाला सम्बन्धी रोगहरू सरूवा रोग हुन् ।
छाला सम्बन्धी यी सबै रोगहरू किटाणुले हुन्छ ।
यी रोगका किटाणुहरू रोगीको शरीरमा रोगीले लगाएका कपडाहरूमा, फोहरमा, पानीमा हुन्छन् ।
फोहर पानीले नुहाएमा, हात मुख धोएमा कपडा धोएमा छाला सम्बन्धी रोगहरू सर्छन् ।
रोगीसँग बस्ने, सुत्ने, खेल्ने गर्दा पनि यी रोगहरू सर्छन् ।
रोगीले प्रयोग गरेका कपडा प्रयोग गरेमा पनि यी रोगहरू सर्छन् ।
छाला सम्बन्धी रोगहरूले मानिसलाई धेरै नै सताएको हुन्छ तर धेरैजसो कसैलाई भन्न चाँहदैनन् ।

रोकथाम तथा बचावट

व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
सफा पानीले मात्र नुहाउने।
हात मुख धुँदा, कपडा धुँदा सफा पानी प्रयोग गर्ने
पानीको मुहान सुरक्षित राख्ने।
छालाको रोग लागेका व्यक्तिसँग सँगै नबस्ने, नसुत्ने, नखेल्ने
छाला सम्बन्धी रोगीले प्रयोग गरेका कपडा साबुन वा खरानी पानीले धोएर घाममा सुकाएपछि मात्र प्रयोग गर्नेु
छाला सम्बन्धी रोग लागेका व्यक्तिले अस्पताल वा अन्य स्वास्थ्य संस्थामा गएर उपचार गराउने।

किटजन्य रोग

डेंगु, औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाईटिस रोगहरू लामखुट्टे, भुसुनाले सार्छन्

यी रोगहरूलाई किटजन्य रोगहरू भनिन्छ । यी रोगहरू किटाणुबाट नै लाग्छ ।  रोगीलाई टोकेर आएका लामखुट्टे, भुसुनाले आफ्नो शरीरमा ती रोगका किटाणुहरू बोकेर ल्याएका हुन्छन् र ती लामखुट्टे, भुसुनाले अर्को मानिसलाई टोक्दा यो रोग सर्छ ।

यी रोगहरू सार्ने लामखुट्टे, भुसुना फोहर पानी, झाडी, झारपात भएको ठाउँमा बस्छन्, हुर्कन्छन्  औलो, कालाजार, इन्सेफलाइटिस रोगबाट मानिसको मृत्यु हुन्छ भने हात्तीपाइले रोगले मानसिलाई दीर्घ रोगी बनाउँछ।

रोकथाम र बचावट

औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाईटिस रोगहरूबाट बच्नको लागि लामखुट्टे, भुसुनाको टोकाइबाट बच्नुपर्छ । यसको लागि लामो बाहुला भएको कपडा लगाउने।
घर बाहिर नसुत्ने।  लामखुट्टे, भुसुना हुने समुदायमा कुल भित्र सुत्ने बानी बसाल्ने।

सम्भव भएसम्म घरको झ्याल, ढोकामा जाली लगाउने
लामखुट्टे, भुसुनाहरू फोहर पानी, झाडी, झारपात भएको ठाउँमा बस्ने, हुर्कने भएकोले गाउँ टोल, घर वरिपरि त्यस्तो ठाउँहरू हुन नदिने । यसको लागि घर वरिपरि सधै सफा राख्ने, पानी जम्ने खाडलहरू भए त्यसलाई पुरिदिने।

झारपात, झाडी भएमा त्यसलाई हटाउने, फाँड्ने
वस्तुभाउको गोठ घरभन्दा केही टाढा राख्ने र मल मूत्र खाडलमा जम्मा गरेर मल बनाउने।
सकेसम्म सुँगुर, बँगुर जस्ता फोहर गर्ने जीवजन्तु नपाल्ने, आर्थिकोपार्जनका लागि पाल्नुपर्ने भएमा घरभन्दा टाढा व्यवस्थितरूपमा पाल्ने।

रोग लागेको शंका लागेमा नजिकैको अस्पताल वा अरू स्वास्थ्य संस्थामा गएर जाँच गराउने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूरा अवधिसम्म औषधि सेवन गर्ने ।

Tags: Dr. Sher Bahadur PunNon communicable DiseaseTeku Hospital
SummarizeShare235ScanTweet147

Related articles

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

by Nam Raj Bhatta
July 28, 2026
0

फ्यानक्यानले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल खाद्य, न्यूट्रास्यूटिकल तथा कस्मेस्यूटिकल संघले...

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

by Nam Raj Bhatta
July 25, 2026
0

बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ। अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

by Nam Raj Bhatta
July 25, 2026
0

काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    835 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    678 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    640 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति
  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.