रुपन्देही, २० चैत्र २०७९
लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. शुदर्शन थापा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारले आज गरेको मन्त्रीपरिषद्काे निर्णयका आधारमा डा. थापा नियुक्त भएका हुन् ।
त्यस्तैगरी जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई पनि लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा सरुवा गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाललाई भने जिल्ला अस्पताल पाल्पामा सरुवा गरिएको हो।