10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन ५
  • Login
  • Register
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मानव अंगको लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र भरपर्दो सरकारी संस्था भएको छः मन्त्री बस्नेत

Nam Raj Bhatta by Nam Raj Bhatta
August 14, 2023
in News
Reading Time: 1 min read
A A
0
मानव अंगको लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र भरपर्दो सरकारी संस्था भएको छः मन्त्री बस्नेत
600
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २९ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानव अंग प्रत्यारोपणका लागि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भरपर्दो सरकारी संस्थाको रुपमा स्थापित भएको बताएका छन् ।

विश्व अंगदान दिवसको अवसरमा आईतबार राजधानीमा लिभर फाउण्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूलाई भरपर्दो संस्थाको रुपमा स्थापित गरिसकेको दाबी गर्दै कलेजो प्रत्यारोपणको गति पनि बढाउनु पर्ने बताएका हुन ।

केन्द्रले हालसम्म ११ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्नु आफैमा ठूलो उपलब्धी भएको बताउदै मन्त्री बस्नेतले मिर्गौला प्रत्यारोपण नि:शुल्क गरे जस्तै कलेजो प्रत्यारोपण सेवा पनि राज्यले नि:शुल्क गर्नु पर्ने आवश्यकता रहेको बताए । Manabang

मन्त्री बस्नेतले भने, ‘कलेजो प्रत्यारोपणको लागि पनि राज्यले सक्दो लगानी गर्छ । स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको लागि सुरुवाती खर्च मैले जहाँबाट पनि व्यवस्था गर्छु । ’

मन्त्री बस्नेतले कलेजो रोगको उपचार सहज बनाउन वीर अस्पतालमा परामर्श केन्द्र स्थापना गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतलाई निर्देशन दिए । कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा नपाएर मृत्युबरण गर्ने अवस्था आउन नदिन आफू लागेको बताउदै मन्त्री बस्नेतले वीर अस्पतालबाट जनरल वार्ड नि:शुल्क गर्ने अभियान देशका सबै संघीय अस्पतालहरुका साडे ३ हजार बेड हुदै अहिले मधेश प्रदेश र बागमती प्रदेशले पनि आफ्ना अस्पतालका जनरल बेड विपन्नका लागि नि:शुल्क गरिसकेको जानकारी दिए । सरकारी अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउदै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीर अस्पतालको सेवामा सुधार भएको दावी गरे । कलेजो बिग्रने मुख्य कारण मदिरा जन्य पदार्थको सेवन भएकोले त्यसको सेवनमा कमि ल्याउन बिभिन्न अभियान चलाउनु पर्ने आवश्यकतामाथि मन्त्री बस्नेतले जोड दिए ।

पूर्व सभामुख तारानाथ रानाभाटले स्वास्थ्य मन्त्रालयले आटिलो नेतृत्व पाएको बताउदै मोहन बस्नेत आटेपछि पार लगाएर छोड्ने नेता भएकाले मुलुकको स्वास्थ्य क्षेत्रको सुधार उनकै पालामा संभव हुने दावी गरे ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले मिर्गौला प्रत्यारोपण र कलेजो प्रत्यारोपणका क्षेत्रमा शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रले एतिहासिक काम गरेको बताउदै कलेजो प्रत्यारोपणको संख्या पनि बढाउदै लैजानु पर्ने आवश्यकता ओल्याए । कलेजोका विरामीको संख्या वीरमा पनि पछिल्ला वर्षमा बढीरहेको जानकारी गराउदै डा. बस्नेतले गत बर्षमात्र वीरमा १० हजार कलेजोका विरामीले ओपिडी सेवा लिएको र १५ सय भर्ना भएर उपचार गराएको बताए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपणका क्षेत्रमा नेपालले अन्य विकसित देशहरुको तुलनामा धेरै प्रगति गरेको दावी गरे । उनले भने, ‘केन्द्रले ११ वर्षको अवधिमा ११ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्नु र नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेर अहिलेसम्म ११ वटा कलेजो प्रत्यारोपण गर्नु चानचुने कुरा होइन । ’ केन्द्रले मस्तिष्क मृत्यु भएका ५ जना व्यक्तिबाट अंग झिकेर १० जनाको मिर्गौला प्रत्यारोपण र ३ जनाको कलेजो प्रत्यारोपण गरेको जानकारी दिदै डा. श्रेष्ठले जनचेतनाको अभावमा सोचे जति मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न नसकिएको बताए ।

कार्यक्रममा लिभर फाउण्डेसन नेपालका संस्थापक उमेश जंग राइमाझीले नेपालमा कलेजो रोगका विरामीको संख्या हरेक दिन बढी रहेको बताउदै छुट्टै कलेजो अस्पताल स्थापनाको आवश्यकता रहेको बताए।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Mohan Basnet
SummarizeShare249ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
February 11, 2026
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
February 10, 2026
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    587 shares
    Share 235 Tweet 147
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    586 shares
    Share 234 Tweet 147
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    586 shares
    Share 234 Tweet 147
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    638 shares
    Share 286 Tweet 147

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
  • काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.