काठमाडौं, २१ पुस २०८२
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले केन्द्रीय प्रयोगशाला र कोशी अस्पतालको निर्देशकमा हेरफेर गरिकी छ्न।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा. रुना झालाई दिएको छ भने कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. रामनारायण चौधरी नियुक्त भएका छन्। उनी हाल कोशी अस्पतालमै कार्यरत ११औँ तहका प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन हुन्।
डा. झा कोशी अस्पतालकि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिएन। यसअघि पनि डा. झाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी सम्हालिसकेकी छ्न।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रहेका डा. रन्जनराज भट्टलाई भने प्रयोगशालाकै आफ्नै दरबन्दीमा राखिएको मन्त्रालयले जनाएको छ।














