Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना महामारीमा सञ्चार र नेतृत्वको भूमिका#Covid19

HNN Staff by HNN Staff
April 21, 2020
in News
Reading Time: 2 mins read
A A
0
received 189749389038902
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  रमेश भट्ट

कोरोना महामारिका कारण देशनै बन्दा(बन्दी भएको लगभगतीन हप्ता पुरा भैसकेको छ । यो महामारिका कारण स्वास्थ्य क्षेत्र पुरै प्रभावित भएको छ । यसै महमारीको कारण समजिक, आर्थिक र राजनैतिक संकट पनि आउने अवस्था उच्च देखिएको छ । चारैतिरको माहोल अन्योल छ । सबै रोजगारीका कामहरु ठप्पछन । दैनिक जसो, व्यक्तीहरु आफ्नो जागिर र आम्दानीका श्रोत हरु गुमाउदैछन । आमनागरिकको दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै गैरहेको छ । सबैजना आफ्नो स्वास्थ्य सुरक्षा र जिविकोपार्जनको लागि चिन्तित छन । साथै सुरक्षित उपायहरुको खोजिमा छन ।
कोरोना रोकथामका लागि सरकारले गरेको प्रयासहरु र यस सम्बन्धी सन्चालन भैरहेका अन्य गतिबिधिहरुको बारेमा प्राय जसो प्रत्येक दिन बिभिन्न संचारका मध्यमहरुमा तथा सामाजिक सन्जालहरुमा ओइरो छ । तर, वास्तविक रुपमा यी प्रसारण वा प्रकसित भएका चेतनामुलक जानकारीहरु तथा खबरले हाम्रो समाजका आमनगरिकलाई कत्तिको प्रभाव पारेको छ भन्ने कुरा बुझ्नु अति आवस्यक छ।

तर, हाम्रो ग्रामिण र दुर्गम क्षेत्रमा वसोवास गर्ने वर्ग, जसको आफ्नै दिनचर्या छ, साथै यो वर्ग आमसंचारका माध्यम तथा समाजिक सन्जालबाट पनि अलग भएको, वा सिमित पहुच भएको अवस्था हुँदा, यस्तो समुदायलाई कसरी यस्ता जानकारीहरु प्रभावकारी रुपमा पुर्याउने भन्ने अर्को महत्वपूर्ण पक्ष छ । यस्तो समुदायका मानिसहरुलाई कुनै माध्यमबाट चेतनामुलक जानकारी प्राप्त भएपनि त्यसपछी अपनाउनुपर्ने सावधानी र सुरक्षाका सामाग्रीहरु जस्तै मास्क, सेनिटाइजर, नियमित सबुनपानीको व्यवस्था कसरी र कहाँबाट उपलब्ध गराउने भन्ने अर्को महत्वपूर्ण चुनौति छ ।Social Media%E2%80%99s Role in the Coronavirus Pandemic

हाम्रो जस्तो गरिव मुलुकमा कुनै महामारी वा ठूलो संकट आउँदा आमनागरिकको दैनिकीमा यसले तुरुन्तै नकारात्मक प्रभाव पार्छ र जिविकोपार्जनमा पनि कठिनाइ शुरु हुन्छ । यसरि प्रभावित भएका व्याक्तिहरु तनाव र अन्यौलका कारण यो अवस्थामा आफूलाई सुरक्षित बनाउने उपाय, सर्तकता वा अपनाउनु पर्ने सावधानीहरु पूर्णरुपमा नबुझ्ने, बुझ्नै नचाहने, बिर्सने वा सम्झे पनि अपनाउन नसक्ने अवस्थामा हुन्छन । यसको साथै आवश्यक स्रोत साधनको अभाव वा पहुच नहुदा पनि दिईएका जानकारीहरु यस्तो समुदायका लागि त्यति प्रभावकारि हुदैनन ।
कोरोना महामारी विरुद्द खासै प्रभावकारि उपचार तथा खोप नभएको अवस्थामा, यो रोग एकबाट अर्कोमा सर्ने प्रकृयाको रोकथाम, व्याक्तिगत सावधानी र सामाजिक दुरि अपनाउनु नै यो रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । यी उपायहरुलाई अझ ससक्त बनाउन, सबै क्षेत्र र बर्गका मानिसहरुलाई यो कुरा राम्ररी बुझाउन र यसको प्रभावकारी अवलम्वन गराउन पनि बिभिन्न संचारका माध्यमको महत्वपूर्ण भूमिका छ।
तर, हाम्रो समाजको कुरा गर्दा कति ठाँउ गाउँहरु यस्ता पनि छन, जुन ठाउँमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, र सामाजिक संजालका कुनै पनि माध्यमहरु न त उपलब्ध छन, न त तिनको नियमित प्रयोग नै भएको पाइन्छ । यद्दपि महामारीको जोखिम भने ती ठाँउ गाउँहरुमा पनि त्यत्तिकै उच्च र सम्भावित छ । यस्ता ठाँउहरुमा कोरोना महामारी सम्वन्धि महत्वपूर्ण जानकारि दिन र रोकथामका विधिहरु सिकाउन त्यहि समाजका सफल व्यक्तिहरु, महिला स्वास्थ्य स्वयं सेविका, आमासमूह, बिभिन्न धर्मका धर्मगुरुहरु, स्थानिय निकायमा कार्यरत स्वास्थ्यकर्मिहरु तथा यो महामारी सम्वन्धि राम्ररी बुझेका स्थानिय व्यक्तिहरु परिचालन गारि जानकारी दिदा, समूदायका मानिसहरुले यिनका कुराहरु सहजै स्विकार गर्ने र दिएको जानकारी पनि प्रभावकारी हुने हुन्छ ।
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्ने क्रममा छ । यसका कारण स्वास्थ्यकर्मिहरु सिमित श्रोतसाधनमै भए पनि खटिएर अग्र पंक्तिमा काम गरिरहेका छन । यसका साथै सुरक्षाकर्मी , संचारकर्मीहरुले पनि आआफ्नो जिम्मेबारी खटेर निभाईरहेका छन । देशहरु जस्तैः चिन,क्यानाडा,इटाली,जर्मनि,भारत लगाएत थुप्रै देशका उच्च पदस्थ ब्यक्तिहरुले संचारका माध्यमबाट आफ्ना जनता प्रति देखाएको भावनात्मक लगाव र यो महामारीको रोकथाम तथा उपचार क्रममा गरेको स्रोत साधनको अधिकतम परिचालन देख्दा हामि कतै चुक्यौ कि जस्तो पनि लाग्छ । यस्तो बेलामा हाम्रो समाजका अग्रणि नेतृत्ववर्गले निर्वाह गरेको भूमिका तथा तिनले दिएका अभिब्यक्ति र आस्वासनहरु असाध्यै चिसा र सुन्दा पनि असहज लाग्ने खालका छन । भोकप्यास, थकानले लखतरान भएर टाढाटाढा सम्म आफ्नो घर पुग्न भनि हिडेका पैदल यात्रु, रासन औषधी नपाएर छटपटाई रहेका, सीमापारि अलपत्र परेका नागरिकहरुका लागि हाम्रा नेतृत्वले गरेका सम्बोधन,अभिब्यक्ति र सल्लाहको कुनै तुक छैन ।
महामारीको यो प्रतिकुल अवस्थालाई समग्र नेतृत्वमा रहेका ब्यक्तिहरुले अलि फरक र संबेदनशिल ढंगले मनन गर्नुपर्छ । आफुले दुध भात सहजै पाइरहेको छु भन्दैमा अन्य सबैलाई पनि सोहि सहजताले हेर्ने र विश्बास गर्नु कत्तिको बुद्दिमानि हुन्छ । यस्तो बेलामा नेतृत्व बर्गमा रहेका ब्यक्तित्वहरुले आफू प्रतिनिधित्व गर्ने क्षेत्र र समाजसंग प्रत्यक्ष संलग्न भएर त्यहाँ रहेका त्रास, चिन्ता र अन्यौल हटाउने काममा लाग्नु बुद्धिमानी हुन्छ । आफ्नो स्थानिय स्तरमा परेका समस्याहरुको प्रभावकारी समाधान गर्ने उपाय खोज्ने साथै आवश्यक स्रोत साधन जुटाउने र त्यसको अधिकतम सदुपयोग गर्ने, गरिव र निम्न बर्गका नागरिकलाई राहत जुटाउन मद्दत गर्ने जस्ता काममा जुटे सामुदायको आत्मबिश्वास बढने साथै उनीहरुलाई रोग तथा अन्य सामस्याहरुसंग जुध्न थप हौसला मिल्न सक्दथ्यो । तर, केन्दमै बसेर आफ्ना घरभित्रबाट वा आसेपासेको गुडबाट दिएका सल्लाह, सुझाव र अभिव्यक्तिहरुले यस्ता व्याक्तिको नेतृत्व गर्ने क्षमता प्रष्ट देखाउछ । यसको साथै, नेतृत्व गर्ने ब्यक्ति र शासक बिचको भिन्नता पनि आम नागरिकले यस्तो बेलामा सजिलैसंग छुट्टाउन सक्छन ।
पुजिबादको सिद्दान्त अनुसार संसारका थोरै प्रतिशत मानिसहरुले अधिकतम श्रोत साधनको उपभोग गरिरहेका हुन्छन भने, बाँकी रहेका सिमित स्रोत साधनमा अधिकाशं मानिसहरुले आफ्नो जिविकोपार्जन गरिरहेका हुन्छन । यो अवस्था हाम्रो देशमा पानि लागु हुन्छ । नेपालका नेतृत्व बर्गमा रहेका ब्यक्तिहरुको कुरा गर्दा, उनिहरुसंगनै श्रोत र साधनको अधिकतम पहुँच र त्यसको संचय पनि भएको अवस्था छ । त्यसकारण, यो जटिल तथा मानव सभ्यतानै संकटमा पर्ने अवस्थामा कतै हाम्रो नेतृत्व बर्गहरु अर्काका अभाव र समस्यानै नबुझ्ने अवस्थामा त छैनन वा जनतालाई सेवामा पुर्याउनु पर्ने खर्च तथा स्रोत साधन पनि आफ्नै विलाशिता र आफ्ना आसेपासेको सुख(सेवामा खन्याइरहेका त छैनन ? यो सोचनिय बिषय छ ।
आफूले प्रतिनिधित्व गरेको समाजको अवस्था के छ? त्यहाँका नागरिकहरुको बाच्ने आधार सहज कसरी बनाउन सकिन्छ भन्ने पक्ष कतै हाम्रो नेतृत्व बर्गले बिर्सन खोजिरहेको त छैन? त्यो पनि अर्को गम्भिर प्रश्न छ ।
अहिलेको महामारिको बेलामा घरघरमा खाधान्नको अभावका कारण भोकभोकै बस्नुपरेको वा दिर्घरोगीहरुले औषधि उपचार नपाईरहेका खबर दिनानुदिन आईरहेको बेलामा सरकारको नेतृत्व लिएका ब्यक्तिहरुले पनि अलि बढि संबेदनशिल भएर अन्य क्षेत्रका अनाबश्यक तथा विलाशिताका खर्चहरु कटौती गरि साथै बिशिष्ट ब्यक्तिको सरकारि सुबिधामा पनि मितब्ययीता गर्दै ती स्रोतहरुको प्रयोग हाल समाजमा रहेका पिडित र अभाव भोगिरहेका नागरिकका आधारभूत आवश्यकता र राहत जुटाउनमा खर्च गर्न सके राज्य सत्ताको बागडोर समाल्नेहरुलाई यी पिडीत जनताको आत्माले कति धन्यवाद देला र कालान्तरमा पनि यो सरकारको छवि कति उच्च रहला भन्ने कुरामा पनि सरकारका नेतृत्व लिने वर्गको ध्यान जानु जरुरी छ ।
नत्र, कसैकसैलाई वन्दावन्दीको यो अवस्था रमाईलो र आराम गर्न दिएको छुट्टि जस्तो हुने र कसैलाई आधारभूत चिजविजको चरम अभावले एकातिर रोगबाट संक्रमित हुने त्रास त छदैछ, अर्को तर्फ शाररिक र मानसिक पिडाका साथै जिवन जिउनै गाह्रो हुने अवस्था छ ।
( भट्ट, यति स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगन्जका प्रिन्सिपल हुन । )

Tags: Corona Virus #Covid19Public Health
SummarizeShare234ScanTweet146

Related articles

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

by Nam Raj Bhatta
May 30, 2026
0

नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ। उक्त सहकार्यसँगै दुवै संस्थाले...

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

by Nam Raj Bhatta
May 29, 2026
0

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४...

बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

by Nam Raj Bhatta
May 29, 2026
0

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेय प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहमा बढुवाका लागि सिफारिस हुनुभएको छ । प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट...

किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित

किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित

by Nam Raj Bhatta
May 29, 2026
0

किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल अन्तर्गतको किष्ट ट्रान्सप्लान्ट सेन्टरले अंगदानमार्फत जीवन बचाउन योगदान गर्ने व्यक्तिहरूको सम्मान तथा कृतज्ञता प्रकट गर्न बुधबार भव्य ‘अर्गान डोनर सम्मान कार्यक्रम’ आयोजना...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    774 shares
    Share 310 Tweet 194
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    679 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु
  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 
  • किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित
  • बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.