Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण

Nam Raj Bhatta by Nam Raj Bhatta
July 29, 2025
in News
Reading Time: 1 min read
A A
0
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भक्तपुर, १३ साउन २०८२

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले असार महिनामा मात्रै ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अगाडी केन्द्रको आफ्नै एक इन्च भवन नभएको र कर्मचारीहरुको न्युनतम पारिश्रमिकताका बाबजुत केन्द्रले देशको दुई तिहाइ प्रत्यारोपण गर्ने गरेको बताए।

अहिले केन्द्रले भक्तपुर अस्पतालले उपलव्ध गराएको भवनमा सेवा दिन बाध्य छ । बिरामीको चापका कारण सो भवन अहिले साँघुरो भएको छ । सेवामा गुणस्तरीय भएतापनी भवन नहुदा उपचार गर्न अप्ठ्यारो भएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ। उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण समेत भएको थियो ।

यस्तैगरी सोही आर्थिक वर्षमै एक जना मस्तिष्क मृत ब्यक्तिबाट प्राप्त एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपण समेत गरिएको थियो ।

केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका १८६ बिरामीहरुको उमेर समूह १४ वर्ष देखि ७१ वर्षको सम्मको रहेका छन् । (झण्डै ८० प्रतिशत) ग्रहण कर्ताहरुको उमेर समूह २० देखि ४९ वर्षको रहेको छ ।

यस्तै मिर्गौला ग्रहणकर्ता मध्ये १३६ जना पुरुष करीब (७३ प्रतिशत) र ५० जना महिला ( करीब २७ प्रतिशत) महिला छन् । अंगदाताहरुमा १३० जना जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष ( ३० प्रतिशत) छन् ।

गत आर्थिक वर्षमा देशको सात प्रदेशहरूबाट केन्द्रमा उपचार गर्न आएका विरामीहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, मधेश प्रदेश बाट १० प्रतिशत, सुदुर पश्चिम प्रदेशबाट २ प्रतिशत र कर्णाली प्रदेशबाट ५ प्रतिशत बिरामीहरू केन्द्रमा उपचारको लागि आएका थिए

केन्द्रमा देशको विभिन्न भु(भागबाट सबै जातजातीहरु प्रत्यारोपणको लागि आउने गरेका छन् जसमा आदीबासी जनजातीहरु सबैभन्दा धेरै ५२ प्रतिशत, ब्रामण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुश्लिम २ प्रतिशत प्रत्यारोपण भएको छ ।

केन्द्र स्थापनाको १३ वर्ष पुगेको छ । यस अवधीमा मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सकको रुपमा परिचित कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा हाल सम्म १ हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ ।

डा श्रेष्ठका अनुसार सरकारको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार केन्द्रले चार प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको छ । ती प्रदेशहरुमा बागमती, गण्डकी, कर्णली, लुम्बिनी रहेका छन् । बाँकी तीन वाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ ।

तर प्रत्यारोपणको लागि आवश्यक विशेषज्ञ जनशक्ति तालीम दिनको लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा भएको छैन । यस्तै उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र स्वयंले ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको डा श्रेष्ठले बताए ।

केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको जग्गा, सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका ८ नं सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा उपयुक्त हुने बताएको छ । ती ठाउँमा जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भबन बनाई वर्षेनी ५०० जना सम्मको मिर्गौला प्रत्यारोपण र कम्तीमा ५० जनाको कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । जसबाट देशको अरबौ रुपैयाँ बचत हुने समेत देखिन्छ ।

Tags: Dr. Pukar ShresthaSahid Dharmabhakta National Transplant Centre
SummarizeShare234ScanTweet147

Related articles

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

by Nam Raj Bhatta
May 22, 2026
0

भक्तपुर अस्पताल न्यूनत्तम सेवा मापदण्डमा देशभरीकै उत्कृष्ट सेवा दिन सफल भएको छ । अस्पतालले आफ्नो  सर्वोत्कृष्टताको क्रममा यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन...

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

by Nam Raj Bhatta
May 19, 2026
0

काठमाडौं विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा रही काम गर्न प्राडा. मनोज हुमागाईंलाई जिम्मेवारी दिइएको छ। काठमाडौं विश्वविद्यालयले ४ जेठमा उपकुलपतिस्तरीय निर्णय...

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    757 shares
    Share 303 Tweet 189
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    676 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट
  • काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं
  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.