काठमाडौं, ०९ असार २०७९
काठमाडौंमा ५ देखि ११ वर्ष सम्मका १ लाख ९० हजार बालबालिकालाई कोभिड -१९ बिरुद्धको फाइजर बायोएनटेक खोप लगाइने भएको छ।
काठमाडौंमा हरेक वडा, स्थानीय तह लगायतका ठाउँहरुमा १३ सय खोप केन्द रहने र २ सय भन्दा कम बालबालिका भएका विद्यालय वा स्कुलमा खोप केन्द्र नराखेको र तिनिहरुको लागि नजिकैको खोप केन्द्रमा व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले बताउनुभयो।
बुधबार पत्रकार सम्मेलनमा प्रमुख अधिकारीले भने, पहिलो चरणमा २७ वटा जिल्लामा ९ गते देखि १५ गते सम्म र दोस्रो मात्राको खोप श्रावण २ गते देखि ८ गते सम्म लगाइने भएको छ।
त्यस्तैगरी बाँकी रहेका ५० जिल्लामा भाद्र ५ देखि ११ गते सम्म पहिलो मात्राको खोप र सोहि समुहलाई भाद्र २७ गते देखि असोज १ गते सम्म दोस्रो मात्राको खोप दिइने भएको छ।