काठमाडौं, ५ जेठ २०७९
चाैधरी फाउन्डेसन द्वारा स्तरोन्नति गरिएको कान्ति बाल अस्पतालमा २ करोड ५० लाख बराबरको २५ शैया आकस्मिक कक्षको लागि मेडिकल सामग्रीहरू हस्तान्तरण गरेकाे छ ।
कान्तिबाल अस्पतालमा भएको एक कार्यक्रममा बिच चाैधरी फाउन्डेसनले अस्पतालमा बनाएकाे आकस्मिक कक्ष हस्तान्तरण गरेकाे हाे । फाउन्डेसनले निशुल्क वाइफाइ, अत्याधुनिक वेड लागायत आकस्मिक सेवामा चाहिने सबै प्रकारका उपकरण सहित अस्पताल व्यवस्थापनलाई बुझाएकाे अस्पतालका निर्देशक डा. युवानिधि बसाैलाले बताए ।
आकस्मिक कक्षमा २५ वटा अत्याधुनिक वेड, १८ वटा इलेक्ट्रोनिक वेड, २५ वटा मनिटर, २५ वटा इन्फुजन पम्प, २५ वटा सिरिन्ज पम्प, १४ वटा रेडियन वामर, २ वटा इमर्जेन्सी ट्रली, फाेटाे ग्राफि युनिट, लिक्युट वामर, इसिजि मेसिन लगायत अत्यावश्यक सेवामा चाहिने सबै खाले उपकरण जडान गरिएकाे डा. बसौलाले जानकारी दिनुभयो।