Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नवदुर्गा गाउँपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने #kala-AzarDiseases

डडेल्धुरा जिल्लामा सन् २०२० सम्म ८ जना कालाजार बिरामी भेटिएका छन्।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 8, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
0
नवदुर्गा गाउँपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने #kala-AzarDiseases
607
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भुवनेश्वरी जोशी 

डडेल्धुरा, २३ मङ्सिर  २०७७

स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजनामा प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय डडेलधुराको समन्वय तथा विश्व स्वास्थ्य संगठन र एसेँड नेपालको सहकार्यमा नवदुर्गा गाउपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने भएको छ ।

स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंले डडेल्धुरा जिल्ला अन्तर्गत सात वटा पालिकाहरुमा कार्यरत स्वास्थ्य शाखा प्रमुख हरु लगायत अन्य स्वास्थ्यकर्मीहरुको लागि मङ्सिर २३ गते डडेल्धुरामा आयोजना गरिएको राष्ट्रिय कालाजार रोग निवारण कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख हरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम , सम्बन्धित पालिका मा काम गर्ने स्वास्थ्य कर्मी हरुको लागि लागि एक दिने अभिमुखीकरण कार्यक्रम , पालिका अन्तर्गत लक्षित वडामा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम र दुइ दिन नवदुर्गा गाउपालिका वडा नम्बर दुमा सक्रिय खोज पडताल गरि कालाजारको महामारी प्रतिकार्य गरिने कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेम राज जोशीले जानकारी दिनु भएको छ ।

डा.प्रकाश शाह आफ्नो सम्बोधन राख्दै
डा.प्रकाश शाह आफ्नो सम्बोधन राख्दै

नेपालले सन् २०१७ सम्ममा कालाजार रोग निवारण गर्ने लक्ष्य लिएको थियो, कालाजार रोगको निवारण लक्ष्य हासिल हुन् को लागि प्रति १० हजार जनसंख्यामा १ भन्दा कम रोगि हुनु पर्ने हुन्छ तर नेपालका केहि हिमाली जिल्लामा जनसंख्याको कमि र देखा परेका कालाजारका रोगि हरुको संख्या प्रति १० हजारमा १ भन्दा बढी भएको हुनाले निर्धारित समयमा कालाजार रोगको निवारण गर्ने लक्ष्य हाशिल हुन् सकेको छैन । स्वास्थ्य शाखा प्रमुख हरुको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग तथा उपेक्षित सरुवा रोग शाखा प्रमुख डा. प्रकाश प्रसाद शाहले जानकारी दिनु भएको छ । सो कार्यक्रम मा डा. शाहले नेपालका कुल ७७ जिल्ला मध्ये २३ वटा कालाजार रोग प्रभावित जिल्ला अर्थात Endemic Districts पहिचान गरिएका छन् भने ४६ वटा जिल्लालाई शंकास्पद कालाजार रोग प्रभावित जिल्ला अर्थात Endemic Doubtful Districts भनि पहिचान गरिएको छ

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा सन् २०१९ मा कालाजार रोग देखा परेको थियो सुदूरपश्चिम प्रदेश मा सन् २०१६ मा कुल ३ जना , सन् २०१७ मा कुल २३ जना , सन् २०१८ मा ३६ जना र २०१९मा कुल ३६ जना कालाजार रोगि हरु देखा परेको र सन् २०२० को अन्त्य नहुदै सुदूरपश्चिम प्रदेशमा ४६ जना कालाजार रोगि देखा परि सकेका छन् । यसरि तथ्यांक केलाउदा हरेक वर्ष बढ्दो क्रम मा रहेको कालाजार रोगको निवारण गर्न चुनौती रहेको देखिन्छ । यहि चुनौती लाइ सामना गर्न र रोगको थप इपिडेमियोलोजी थाहा पाउन कालाजार को सक्रिय खोज पडताल गर्ने गरि कार्यक्रम तय गरिएको कुरा Accelerating the Sustainable Control and Elimination of Neglected Tropical Diseases कार्यक्रमका कार्यक्रम प्रबन्धक श्री प्रदिप रिमालले जानकारी गराउनु भएको छ ।

ASCEND का कार्यक्रम प्रबन्धक प्रदीप रिमालको सम्बोधन
ASCEND का कार्यक्रम प्रबन्धक प्रदीप रिमालको सम्बोधन

डडेल्धुरा जिल्लामा सन् २०१७ मा १ जना , सन् २०१८ मा ३ जना र सन् २०१९ मा ४ जना कालाजार बिरामी देखा परेको र रोगि को संख्या बढ्दो क्रम मा रहेको कुरा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिकृत श्री आशुतोष श्रेष्ठले जानकारी दिनु भएको छ । साथै उहाँले जिल्लाको नवदुर्गा गाउपालिका वडा नम्बर दुइमा सबै भन्दा बढी प्रभावित भएको हुनाले उक्त दुइ नम्बर वडामा बसोबास गर्ने कम्तिमा ५० देखि १०० घर धुरीका कालाजार शंकाश्पद व्यक्तिहरुको जाँच गर्ने र साथै कालाजार रोग सार्ने भुसुनाको बारेमा समेत अध्ययन हुने कुरा जानकारी गराउनु भएको छ । साथै उक्त क्षेत्रमा रोग खोज पडताल कै क्रममा कुनै नयाँ बिरामी फेला परेमा बिरामीको उपचार र आवश्यकतानुसार थप अन्य क्रियाकलाप समेत गरिने कुरा Accelerating the Sustainable Control and Elimination of Neglected Tropical Diseases कार्यक्रमका प्रदेश संयोजक श्री संजीव शाही ले बताउनु भएको छ ।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ आफ्नो सम्बोधन राख्दै
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ आफ्नो सम्बोधन राख्दै

त्यसै गरि समुदायमा गएर जांच गर्ने टोलीमा चिकित्सक एक जना ,ल्याब प्राबिधिक एक जना , महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु सहित अन्य प्राबिधिक हरुको टोलिले घर घर गइ कालाजारका बिरामी खोज्ने काम गरिने कुरा स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल सुपरभाइजर श्री हरि प्रसाद भट्ट ले बताउनु भएको छ ।

स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंले यस वर्ष नेपालका ओखलढुंगा , कालिकोट , पाल्पा र डडेल्धुरा गरि जम्मा चार जिल्लामा कालाजार को महामारी प्रतिकार्य गर्न लागेको कुरा विश्व स्वास्थ्य संगठन उपेक्षित रोग कार्यक्रमका लागि अनुगमन मुल्यांकन अधिकृत श्री अब्दुल शेखले बताउनु भएको छ ।


#Endemic Doubtful Districts.

#Accelerating the Sustainable Control and Elimination of Neglected Tropical Diseases.

Tags: #smoking #disease ##World health organizationAccelerating the Sustainable Control and Elimination of Neglected Tropical DiseasesCorona Virus #Covid19Endemic Doubtful DistrictsFarwestrn-nepalHealth Office DadeldhuraKala-azar-DiseasesNews
SummarizeShare255ScanTweet147

Related articles

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

by Nam Raj Bhatta
June 18, 2026
0

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालमा १० प्रतिशत शैया विपन्न बिरामीहरुका लागि निःशुल्क छुट्याउनुपर्ने सरकारी निर्देशिकाको भाषा अस्पष्ट र व्यवहारिक...

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

by Nam Raj Bhatta
June 16, 2026
0

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत उपचार लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    816 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति
  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.