छैटौं सन्क्रमित बाग्लुङ्गकि ६५ वर्षिया आमाले जितिन कोरोना

काठमाडौं बैशाख ४,२०७७

बाग्लुङ जिल्लाको धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी छैटौँ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो परीक्षणक गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ। पोखरामा आज बिहिवार प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले ६५ बर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे । ‘यसअघि दुईपटक पोजेटिभ आएको थियो । आज आएको रिपोर्ट चाहि नेगेटिभ आयो । यसपछी अब  २४ घण्टापछि परीक्षण गर्छौं त्यसमा पनि नेगेटिभ आएमा डिस्चार्ज गर्ने योजना रहेको छ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।  बेल्जियमबाट कतारको दोहा हुँदै उनी गत ४ चैतमा नेपाल आएकी थिइन्।ती महिला २० चैत देखि धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्

Next Post

Discussion about this post

ADVERTISEMENT