Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भेटेरिनरी प्रयोगशालामा कोभिड-१९ को नमूना परिक्षण शुरु

HNN Staff by HNN Staff
April 5, 2020
in News
Reading Time: 1 min read
A A
0
National Birds Disease Research Laboratory Nepal

National Birds Disease Research Laboratory Nepal

807
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन ,चैत २३
चितवनको भरतपुर-१० स्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आजबाट कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। प्रयोगशालाको सञ्चालनको सम्भाव्यता अध्ययनका क्रममा चितवन स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय र राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाहरुको विज्ञहरुबाट निरिक्षण पश्चात राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालालाई कोभिड १९ को परिक्षणका लागि प्रयोग गर्न सकिने निष्कर्षमा पुगेका       थिए । विज्ञ सहितको अन्य प्राविधिक टोलीले शुक्रवार र शनिवार साँझसम्म खटेर आजदेखि प्रयोगशाला सञ्चालनमा आउने भएको छ ।

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अंकोलोजी विभागीय प्रमुख एवम् भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा कृष्ण सागर शर्माले दिउँसो औपचारिक कार्यक्रमगरि आजदेखि प्रयोगशाला शुभारम्भ गर्न लागिएको बताए । नमुना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका सिनियर भाइरोलोजिस्ट विमलेश झाको नेतृत्वमा तीव्र रूपमा काम भएको उनले बताए ।

Bharatpur Covid19 Test Laboratory
Bharatpur Covid19 Test Laboratory

प्रयोगशाला सञ्चालनको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट मदन पाण्डे र पुरानो मेडिकल कलेज भरतपुरका वायो टेक्नोलोजिस्ट डा ब्रजेस झालाई फोकल पर्सनका रुपमा जिम्मेवारी दिइएको डा।शर्माले जानकारी दिए । एक पटकमा ३ सयका दरले २४ घण्टा ९ १ दिन ० मा ९ सय नमुना परीक्षण गर्न सकिन्छ । प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि विज्ञ सहितको ७ सदस्यीय टोलि गठनगरि काम भैरहेको छ ।

भरतपुर महानगरपालिका लगायतका जनताको चाहना पुरा गर्ने महानगर प्रमुख रेणु दाहालको दृढता, स्वास्थ्यमन्त्री एवं बिज्ञ टोलीको सक्रियता र सबै क्षेत्रको सहयोगको कारण भरतपुरमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना गर्न सफल भएको संयोजक डा शर्माले जानकारी दिए । बिहीवार स्वास्थ्य मन्त्रालय सहितको स्थानीय सरोकारवाला टोलीले प्रयोगशाला कहाँ बनाउने भन्ने बारे निरीक्षण गरेको थियो । निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरलाई उपयुक्त भएको जनाएको थियो ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र केही दिनयता हेटौडा पठाइदै आएको थियो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । अब चितवनबाट कोरोना परीक्षण सुरु भएसँगै त्यसले बिरामी पत्ता लगाउन सहज हुने छ । यदि पोजेटिभ आइहालेमा बिरामीले उपचार पनि समयमै पाउने छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले यस अघि नै प्रधानमन्त्रीलाई सम्भोधन गर्दै भेटेरिनरी तर्फका प्रयोगशालाहरुलाई समेत प्रयोग गर्न सुझाव दिएका थिए ।

यस अघि नेपाल भेटेरिनरी एशोसिएसनले अहिलेको संकटमा भेटेरिनरी सेवातर्फ रहेका प्रयोगशालाहरुलाई कोभिड १९ परिक्षणमा प्रयोग गर्न सकिने भन्दै गत साता नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा पन्छीका बर्ड फ्लू लगायत विभिन्न् रोगहरुको परिक्षण तथा अन्वेषण हुदै आएको थियो । स्मरण रहोस् पशु सेवा विभागका विभिन्न प्रयोगशाला र जनशक्ति यसअघि बर्ड फ्लू लगायत रोगको परिक्षण तथा अन्वेषण गरीरहेकाले यस संकटको घडीमा पशु सेवा विभागसंगको सहकार्य र समन्वयमा उक्त विभाग अन्तर्गत रहेका प्रयोगशाला र जनशक्तिको परिचालन गर्न सके कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा कोशेढुङ्गा स्थापित हुन सक्ने विश्वास गरिन्छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19
SummarizeShare455ScanTweet147

Related articles

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

by Nam Raj Bhatta
June 2, 2026
0

‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। चितवन रत्ननगर-१, बकुलहरस्थित आयुर्वेद...

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

by Nam Raj Bhatta
June 2, 2026
0

कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता भएको छ। सम्झौता पत्रमा जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन हुने बताइएको हो। जन्मजात...

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

by Nam Raj Bhatta
May 30, 2026
0

नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ। उक्त सहकार्यसँगै दुवै संस्थाले...

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

by Nam Raj Bhatta
May 29, 2026
0

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    782 shares
    Share 313 Tweet 196
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    680 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने
  • मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital
  • अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु
  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.