काठमाडौं, ३० चैत्र २०७९
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन बुधबार सम्पन्न भएको छ । विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई अवार्ड वितरण गर्दै उक्त सम्मेलन सकिएको हो ।
प्रमुख अतिथिका माननीय उपप्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले उनीहरुलाई अवार्ड प्रदान गरेका थिए ।
स्वास्थ्य अनुसन्धान परिषद्ले यस वर्षको बेस्ट हेल्थ रिसर्चर अवार्ड डा. शिवराज मिश्रलाई प्रदान गरिएको छ । यसैगरी बेस्ट ओरल प्रेजेन्टेसन अवार्ड विजय खत्रीले पाए भने बेस्ट पोस्टर प्रेजेन्टेसन अवार्ड सिता कोइरालालाई प्रदान गरिएको छ।
मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टाफ क्याटागोरी) मा नमिता घिमिरेले प्राप्त गरिन् भने मृगेन्द्र सम्झना ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड (डक्टर्स क्याटागोरी) मा डा. रविनमान कर्माचार्यलाई प्रदान गरिएको छ ।
एनएचआरसीका कर्मचारीबाट बेस्ट परफरमेन्स अवार्ड परिषद्का मिन बहादुर घिसिङले पाएका छन् ।