Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
June 23, 2025
in News
Reading Time: 1 min read
A A
0
प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०९ असार २०८२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै प्रस्ताव गरेको संगठन संरचना, दरबन्दी संरचना र सेवा समुहको संरचना नाम दिइएको ओ. एन. एम, मस्यौदामा हेल्थ एजुकेशन समुहको प्रस्तावित दरबन्दी प्रति असुन्तोष्ट जनाउदै स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालले मन्त्रालयका सचीव डिल्ली राम शर्मालाई ज्ञापन पत्र बुझाएका छ्न।

स्वास्थ्य सेवा अन्तर्गत स्वास्थ्य शिक्षा समूहको दरवन्दी नवौ तहको एकजना र सातौं आठौ तहको दरबन्दी एक जना गरी जम्मा दुई जना दरबन्दी हुने भनी ड्राफ्ट मस्यौदा तयार भएको सन्दर्भमा यससँग सम्बद्ध स्वास्थ्य शिक्षा तथा प्रवर्धन सह नेपाल लगायत उक्त विषयमा विशेषज्ञता हासिल गरेका सम्पूर्ण जनशक्तिहरूको तर्फबाट आधारहीन ओ.एन.एम. प्रति गम्भीर तथा घोर आपत्ति सहित यो ध्यानाकर्षण पत्र पेश गरेको हो।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा भएको व्यवस्था बमोजिम ५औं तह देखि ११ तह सम्म हेल्थ एजुकेशन समुहको दरबन्दी भई हाल बहालमा कायरत रहेको यस समुहको महत्व र औचित्य यस्तो छ।

नेपालमा बढ्दै गएको नसर्ने रोग मानसिक रोग तथा अन्य विपतजन्य महामारी सुर्तीजन्य तथा मध्यपान सम्बन्धी समस्याको कारण नेपाली नागरिकहरूको अकालमा ज्यान जाने समस्या लयायत अन्य धेरै सामाजिक स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्नका लागि स्वास्थ्य प्रवर्धनको ठूलो आवश्यकता तथा महत्व रहेको छ।

ज्यादै न्यून दरबन्दी बावजुद पनि यस हेल्थ एजुकेशन समूहको कामको प्रतिफल स्वरूप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरेको अतुलनीय कार्यबापत अन्तर्राष्ट्रिय रूपमा पुरस्कार समेत ग्रहण गरिसकेको अवस्था छ।

यस समूहले शिक्षा तथा प्रविधि मन्त्रालयद्वारा विद्यालय तथा कलेजमा अध्यापन हुने पाठ्यक्रमहरूमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयहरूको निर्माण गरिने पाठ्यक्रममा आवश्यक परिमार्जन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।

यस समूहले संघ तथा प्रदेशहरू मार्फत स्वास्थ्य तथा सम्बद्ध अन्य सरोकारवाला निकायहरुलाई स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्ने जनचेतनामूलक सन्देश मूलक श्रव्य दृश्य सामग्री निर्माण गरी विभिन्न सामाजिक सञ्जाल तथा राष्ट्रिय तथा स्थानीय स्तरका संचार माध्यमहरू मार्फत प्रसारण गर्ने कार्य गर्दै आएको स्वास्थ्य प्रवद्दन केन्द्रका अध्यक्ष हेम राज खड्काले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छ्न।

यो समूहको अगुवाइमा समुदाय स्तरमा विद्यालय तहमा समसामयिक स्वास्थ्य समस्याहरूको बारेमा आवधिक रूपमा प्रशिक्षण गर्दै आएको छ

स्वास्थ्य सम्बन्धी विभिन्न दिवसहरूमा पत्रकार सम्मेलन प्रेस विज्ञप्ति लगायत अन्य जनचेतना मुलक अन्तरक्रिया र पैरवी गर्ने कार्य गर्दै आइरको छ ।

संघिय प्रदेश र स्थानीय सरकारसंग स्थानीय सरकारहरूसँग व्यवहार परिवर्तन र स्वास्थ्य प्रवर्धनसँग सम्बन्धित विषयवस्तुहरुमा निरन्तर बैठक परामर्श र पैरवी गरी स्वस्थ शहर निर्माण तथा स्वास्थ्य सम्बन्धी गतिविधिहरूलाई प्रभावकारी बनाउनको निम्ति निरन्तर रुपमा बहस तथा पैरवी गर्दै आएको खड्काले बताए।

नेपालमा स्वास्थ्य सम्बन्धी अन्धविश्वासहरु चिर्दै वैज्ञानिक रुपले प्रमाणित स्वास्थ्यका विषयहरूमा जनचेतना वृद्धि भई गम्भीर खालका रोगहरूको रोकथाम भई नागरिक तथा देशको समग्र आर्थिक भार कम गर्न सघाउ पुगेको छ।

नेपाल जस्तो अल्पविकसित देशमा स्वास्थ्य प्रवर्धनको ठूलो भूमिका रहेको हुँदा उक्त समूहलाई प्रदेश स्थानीय तहहरूमा समेत दरबन्दी सिर्जना गरिनुपर्ने अवस्थामा के कति कारणले व्यापक रुपमा दरबन्दी कटौती भएको हो सो बारेमा गम्भीर ध्यानाकर्षण सहित निम्न मागहरू सम्बोधन गरेका छ्न।

मागहरु यस्ता छन् :

१. हाल यस समुहको विद्यमान रहेको ११औं तहका एकजना ९/१० तहका पाँचजना र ७/८ तहको सात जनाको दरबन्दी यथावत कायम गर्नु पर्ने । साथै यसको विश्व परिवेश र राष्ट्रिय स्तरको आवश्यकता अनुरुप् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाण्डौमा स्वास्थ्य प्रवर्धन महाशाखा खडा गरी यसै समुहको एकजना एघारौं तहको दरबन्दी सहित सोही अनुसारका हेल्थ एजुकेशन समुहका जनशक्तिको अन्य पदहरू सिर्जना गरिनुपर्ने ।

२. प्रत्येक जिल्लामा स्वास्थ्य प्रवर्धन/स्वास्थ्य शिक्षाको अवस्थाको मूल्याङ्कन, अध्ययन र स्थानीय तहसंग स्वास्थ्य प्रवर्धन सम्बन्धि समव्वय सहकार्य तथा प्रवर्धनात्मक गतिविधिहरू सञ्चालन गर्नको लागि हाल कायम रहेको जन/स्वास्थ्य कार्यालयहरुमा एकजना स्वास्थ्य शिक्षा अधिकृतको दरबन्दी सिर्जना गरिनुपर्ने।

३. सबै ७५३ वटा स्थानीय तहमा स्वास्थ्य प्रवर्धन तथा शिक्षा र स्वस्थ जीवन शैली कार्यक्रम संचालन गर्न स्वास्थ्य प्रवर्धन/शिक्षा अधिकृतको पद सिर्जना गरिनुपर्ने।

४. हाल विभिन्न विश्वविद्यालयहरूमा पढाइ भइरहेका स्वास्थ्य प्रवर्धन तथा शिक्षासम्बन्धी विषय लाई नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट हेल्थ इन्स्पेक्सन र हेल्थ एजुकेशन दुवैतिर दर्ता हुन पाउने प्रावधान हटाई स्वास्थ्य शिक्षामा स्नातक वा सनाकोत्तर तह अध्ययन गरेका योग्य व्यक्तिलाई मात्र हेल्थ एजुकेसन (Jan. HEdu.) समूहमा मात्र दर्ता हुने प्रावधानको दिगो व्यवस्था गर्नु पर्ने।

५. स्वास्थ्य शिक्षा तथा प्रवर्धन विषयमा आवश्यक सङ्ख्यामा दक्ष जनशक्ति उत्पादनको लागि हाल पढाइ भइरहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीको कोटा बढाउनुपर्ने ।

स्वास्थ्य प्रवर्धनको विश्व व्यापी मान्यता र ओत्तावा चार्टर १९८६ को मर्म अनुरुप नीति योजना तह देखि स्थानीय स्तरसम्म स्वास्थ्य प्रवर्धन तथा शिक्षाको नीतिगत व्यवस्था गर्न, कार्यक्रम कार्यान्वन गर्न, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा यस समुहको व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मौजुदा दरबन्दी कायम गरि आवश्यकता र औचित्त्यताको आधारमा माथि उल्लेखित मागहरु सम्बोधन गर्न अनुरोध सहित यो ध्यानाकर्षण पत्र पेश गरेको छ।

Tags: #government of Nepal#Health and population ministryHealth Promotion and Education Association Nepal
SummarizeShare234ScanTweet147

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.