Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

Nam Raj Bhatta by Nam Raj Bhatta
November 22, 2024
in News
Reading Time: 1 min read
A A
0
नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ मंसिर २०८१

स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नेपालमा नोभेम्वर २१, २०२४ लाई राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसको रुपमा मनाइको छ ।

स्वास्थ्य प्रवर्द्धन आजको आवश्यकता : दीगो स्वास्थ्यको सुनिश्चितता (Health Promotion: Today’s Necessity for Ensuring Sustainable Health) भन्ने मूल नाराका साथ यो दिवस एक अन्तरक्रिया कार्यक्रम गरी मनाईएकोछ ।

स्वास्थ्य प्रवर्द्धन विधा तथा पेशालाई आम सरोकारवाला सवैलाई जानकारी गराउने एवं यो दिवसलाई संस्थागत गर्दै जाने उद्देश्यका साथ काठमाडौं‌मा आयोजना गरिएको यो कार्यक्रम स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा एक ऐतिहासिक कोशे ढुङ्गा मान्न सकिन्छ।

स्वास्थ्य प्रवर्द्धन र शिक्षाा संघ नेपाल स्वास्थ्यकर्मीको हकहितको लागि आवाज उठाउदै आएको पेशागत संगठन हो र यसको स्थापना सन् २०१३ मा भएको थियो ।

राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसलाई प्रचारप्रसार गर्न साथै यस दिवसलाई संस्थागत गर्न पैरवी गर्ने उद्देश्यका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंह हुनुहुन्थ्यो।

अन्य अतिथिहरूमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक केशवराज पण्डित, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे, पूर्व निर्देशकहरु, नेपाल मेडिकल एसोसिएसन (NMA) का महासचिव डा. संजिव तिवारी, प्राध्यापकहरु, विद्यार्थीहरु, स्वास्थ्य प्रवर्द्धनका विज्ञहरू, र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन HEPEAN का महासचिव डा. भक्त बहादुर केसी तथा कोषाध्यक्ष विनोद कुमार अर्यालले गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य शीला श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” भन्ने विषयमा डा. भक्त बहादुर केसीले प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त प्रस्तुतीमा स्वास्थ्य प्रवर्द्धनको आधारभूत जानकारीलाई समेट्दै, स्वास्थ्यमा दीर्घकालीन सुधारको लागि मार्गचित्र, नेपालमा स्वास्थ्यका अपेक्षित उपलब्धिहरु प्राप्त गर्न स्वास्थ्य प्रवर्द्धनले अंगिकार गरेका मूलभूत सिद्दान्तहरु खास गरी जवाफदेहिता शशक्तिकरण र सहभागीता अवलम्वन गर्नु पर्ने कुरा सुझाएकोछ । Dr. Bhakt kc

खास गरी नसर्ने रोगको महामारीलाई सम्वोधन गर्न स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई विचार गर्नु पर्ने र यसको सम्वोधनको लागि स्वास्थ्य प्रवर्द्धनका रणनीतिहरु पेश गरिएको थियो । उक्त प्रस्तुती HEPEAN का अध्यक्ष डा. शालिक राम धितालले तयार गर्नु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले यो दिवसलाई नेपालले पहिलो पटक HEPEAN को नेतृत्वमा मनाउने कार्य अति नै प्रशंसनीय रहेको र अन्य राष्ट्रहरूको लागि एक सिकाई हुने भएको बताउनु भयो।Dipenra raman

डा. सिंहले स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन चार मुख्य क्षेत्रहरूमा ध्यान दिन सुझाव दिनुभयो:

१. विभिन्न सरोकारवालाहरूमाझ स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी।
२. स्वास्थ्य प्रवर्द्धन मापनका लागि सूचकहरूको विकास।
३. पर्याप्त बजेट विनियोजन।
४. स्वास्थ्य साक्षरता बढाउनु पर्ने ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक श्री केशव राज पण्डितले अर्को वर्षदेखि यो दिवसलाई राष्ट्रियस्तरमा मनाउन प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरिने जानकारी दिनुभयो।

कार्यक्रमका  अतिथि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचारका पूर्व निर्देशक श्री रमेश चन्द्र न्यौपानेले नेपालमा कम्तिमा एक विश्वविद्यालयले स्वास्थ्य प्रवर्द्धन विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

नेपाल चिकित्सक संघका महासचिव डा. संजिव तिवारीले दुरदराजका स्वास्थ्य समस्याहरु समाधान गर्न ठाउँ र बस्तु स्तिथितिमा आधारित योजना निर्माणको आवश्यकता औंल्याउँदै HEPEAN द्वारा नेपालमा राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाउन शुरु गरेको कदमलाई प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापन HEPEAN का कार्यवाहक अध्यक्ष हेमराज खड्काले गर्नुभएको थियो। अध्यक्ष खड्काले यो दिवसले स्वास्थ्य प्रवर्द्धनको महत्वलाई उजागर गर्दै समाजमा स्वास्थ्य सचेतना र सशक्तीकरणका नयाँ आयामहरू खोल्ने अपेक्षा व्यक्त गर्नुभयो।Hem raj khadka

खड्काले स्वास्थ्य प्रवर्द्धन दिवसले स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी हुन्छ भन्ने तथ्यलाई स्मरण गराउदै बिधमान स्वास्थ्य प्रणाली सुदृढ गर्न र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यको जिम्मा लिन सशक्त बनाउन प्रतिबद्धता हुनु पर्छ भन्ने कुरामा जोड दिएको छ।

Tags: Dr. Bhakta bahadur KCHealth Promotion and Education Association NepalHem Raj khadka
SummarizeShare234ScanTweet147

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.