Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य चौकी भवनको उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
December 8, 2025
in News
Reading Time: 1 min read
A A
0
मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा स्वास्थ्य चौकी भवनको उद्घाटन
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २२ मंसिर २०८२

वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य चौकीको उद्घाटन गरेका छ्न। मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा हरेक नागरिकको पहुँच पुग्नु पर्ने बताएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको जैसीथोकमा निर्माण भएको नयाँ स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले नेपालमा अहिले पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकार र नागरिकको प्राथमिकतामा नपरेको बताए । स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रभावकारी लगानी बिन देशले समृद्धि प्राप्त गर्न नसक्ने बताउँदै थापाले अहिले वागमती प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

भौतिक संरचनाको विकासलाई मात्र विकास भन्ने अवधारणबाट राज्य र समाज अझै बाहिर निस्कन नसकेको थापाको भनाइ छ । अन्य भौतिक संरचनाको लागि बजेट माग हुन्छ, सरकारको लगानी पनि भौतिक संरचनामा बढी हुन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन नहुँदा हाम्रो समाजले सोचे जस्तो प्रगति गर्न सकेको छैन’, थापाले भने।

स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवस्थापनको लागि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिँदै प्रादेशिक अस्पतालको सुविधा थप गर्दै लगिएको बताए । अहिले वाग्मतीका हरेक प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा थप गरिएको बताउँदै उहाँले अब बिरामीले उपचारको लागि काठमाडौँ नै पुग्नु पर्ने बाध्यता हट्दै गएको स्पष्ट पार्नुभयो।  पर्दैन’, थापाले भने ।

वाग्मती प्रदेशका १० वटा प्रदेशीक अस्पतालमा मिर्गौलाको डाइग्लोसि सेवा, हाडजोर्नीको उपचार, अप्रेसन सहितका प्रसूति सेवा लगायतका थुप्रै विशेषज्ञ सेवा सञ्चालनमा आएका उनले बताए। त्यति मात्रै नभई यस वर्षबाट वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले एक जिल्ला एक स्वास्थ्य सहर, एक पालिका एक नमुना स्वास्थ्य चौकीको कार्यक्रम सुरु गरेको थापाले जानकारी दिनुभयो । केही नगरपालिकालाई स्वास्थ्य सहरको रूपमा अघि बढाइसकिएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा आम नगरिएको पहुँच पुग्ने गरी नयाँ नयाँ कार्यक्रम लिएर आएका स्पष्ट पारे।

वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता कार्यक्रम घोषणा गरिएको बताउँदै उनले अब संस्थागत सुत्केरी कार्यक्रम अघि बढाएको जानकारी दिए। अब हरेक महिला स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने अवधारणा अनुसार वाग्मती प्रदेश सरकारले यो अभियान सुरु गरेको थापाले बताए। उनले गर्भवती महिलाहरूलाई सम्भव भएसम्म नजिकको प्रादेशिक अस्पतालमा नै लगेर सुत्केरी गराउन पनि आग्रह गरे । यसले सुत्केरी हुँदा हुने जीवनको जोखिम रोक्न सकिने थापाको धारणा छ । ‘समयमा नै स्वास्थ्य संस्थामा नपुराउँदा भइरहेको गर्भवती र सुत्केरीको मृत्युदरलाई घटाउने योजनामा हामी लागेका छौँ’, उनले भने ।Bishnumani nepal

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख बिष्णुमणी नेपालले अहिले स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि राज्यले निःशुल्क दिएको बताउँदै नागरिकलाई नसर्ने खालका औषधि उपबन्ध गराएको भए पनि ती औषधिको वितरण सही रूपमा हुन नसकेको बताए । जसले नसर्ने रोगबाट दिनप्रतिदिन नागरिकको मृत्यु भइरहेको नेपालको भनाइ छ ।  मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत यो कार्यक्रम अधि बढ्ने नेपालले बताउनुभयो ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, नगरप्रमुख टोपबहादुर वाइबा  लगायतका जनप्रतिनिधि, जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख रागिश्री कक्षपती लगायत सहभागी थिए।

यस अघिको स्वास्थ्य चौकी भवनलाई सबलीकरण गरी मर्मत सम्भार पछि नयाँ बनेको भवनको मन्त्री थापाले उद्घाटन गरेका हुन। भवनमा झ्याल, ढोका, ट्वाइलेट, बाथरुम लगायतका संरचनाहरू बनाएर सबलीकरण गरिएको नगरपालिकाका प्राविधिक सञ्जीव यादवले जानकारी दिनुभयो।

Tags: #government of NepalBishnumani nepalmandandeupur municipality kavre
SummarizeShare234ScanTweet147

Related articles

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न

by Nam Raj Bhatta
October 13, 2026
0

विश्व बाथरोग दिवस २०२६ को अवसरमा र्‍युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्‍याली सम्पन्न भएको छ। ‘Achieve Your Dreams – आफ्ना सपनाहरू...

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

by Nam Raj Bhatta
October 13, 2026
0

पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। स्ट्यानफोर्ड–एल्सेभियर सूची...

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.