आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

स्वास्थ्यमन्त्रीको आश्वासन पछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले गरेको अनसन तोड्यो

Nam Raj Bhatta by Nam Raj Bhatta
September 18, 2023
in News
A A
0
स्वास्थ्यमन्त्रीको आश्वासन पछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले गरेको अनसन तोड्यो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ०१ असोज २०८०

चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले स्वास्थ्यमन्त्रीको आश्वासन पछि अनशन तोडेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् ।Medical commission

मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिए ।

“चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अङ्गिकार गरेर जान सकिन्छ । सुधार गर्नुपर्नेलाई संशोधन गर्न सकिन्छ । यस विषयमा मन्त्रिपरिषद्मा चर्चा भइसकेको छ । प्रधानमन्त्रीसमेत सकारात्मक हुनुहुन्छ”, मन्त्री बस्नेतले भने । उनले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले सङ्घर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास दिए ।

चौध सूत्रीय माग राखेर अनशनरत सङ्घर्ष समिति तत्काल सडक सङ्घर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयसँगको वार्तापछि आफूहरूले उठाएका माग सम्बोधन हुनेमा विश्वासको वातावरण बनेको सङ्घर्ष समितिका सहसंयोजक भुवनचक्र जोशीले बताए ।

मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगित गरिएको हो । अनशन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए ।

मन्त्री बस्नेतसहित भएको वार्तामा चिकित्ससक स्वास्थ्य सचिब डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. विकास देवकोटा, डा. टङ्क बाराकोटीलगायत सहभागी थिए । यता सङ्घर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा र सहसंयोजक भुवन चक्र जोशीलगायतका पदाधिकारीको सहभागी थियो ।

वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज मागका विषयमा पहलकदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. देवकोटालाई फोकल सर्जन तोके ।

सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरन्त पुनःसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएको छ । उक्त समिति पारामेडिकलअन्तर्गत नर्सिङका विषय चिकित्सा शिक्षाबाट अलग गर्न, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्न, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य र शिक्षामा कोटा प्रणाली खारेज लगायतका १४ मागसहित गत साउन २७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशन बसेको थियो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

न्यूूरो सर्जन डा. निलम खड्काको ‘विपश्यना साधना’ पुस्तक सार्वजनिक

Next Post

सेती प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. शेर बहादुर कमर नियुक्त

Related articles

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 hours ago
781
स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #heartcheckup
News

स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #HeartCheckup

23 hours ago
808
पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड
News

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

2 days ago
819
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

3 days ago
1.1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

3 days ago
892
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

3 days ago
793
Next Post
Dr. Sher bahadur kunwar

सेती प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. शेर बहादुर कमर नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...