काठमाडौं, २० मंसिर २०८१
‘हेपाटाइटिस ‘बी’ र ‘हैजा’ बिरुद्धको खोप लिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले जानकारी दिएका छन।
इण्डोनेशियाको आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको वैठकलाई संबोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन। मन्त्री पौडेलले अन्तराष्ट्रिय खोप सम्वन्धी निकाय गाभीसंग सहकार्य राष्ट्रिय खोप कार्यक्रममा सहभागी गर्ने गरी खोप लिने तयारी भएको बताएका हुन।
‘हामी यसबारे विमर्श गरिरहेका छौं,‘ मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ’ उनले भने। सोही क्रममा हाल क्यान्सर बिरुद्ध लड्नको लागि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारीमा रहेको र अन्य आवश्यक खोपको लाग गाभीको सहयोग आवश्यक रहेको बताए। ‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले भने।
नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु र जनशक्ति अभावसंग जुधिरहनु परेको पौडेलले बताए । ‘हाम्रो स्वास्थ्य क्षेत्र सुदृढिकरणको यात्रामा गाभीवाट सहयोगको अपेक्षा गरेका छौं,’उनले भने। ‘कोही पनि पुर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण छ’ ।
नेपालको खोप कार्यक्रमका लागि विश्वव्यापी खोप अलायन्स गाभीले ६५ प्रतिशत सहयोग गर्दे आइरहेको छ। खोपबाट बचाउन सकिने १३ प्रकारका रोगविरुद्ध नेपालले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ।














