Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य पत्रकार आचार्य र खड्कालाई ग्लोबल एएमाआर मिडिया अवार्ड

Nam Raj Bhatta by Nam Raj Bhatta
November 8, 2024
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य पत्रकार आचार्य र खड्कालाई ग्लोबल एएमाआर मिडिया अवार्ड
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २३ कात्तिक २०८१

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर) लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्यखबर पत्रिकाका धनबहादुर खड्‍का र हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य ‘ग्लोबल एएमआर मिडिया अवार्ड २०२४’ बाट पुरस्कृत भएका छन्।

खड्काले ‘अलार्मिङ एमएमआर: २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शिर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’बाट उक्त अवार्ड प्राप्त गरेका हुन्। यसैगरी पुरस्कृत आचार्यले एएमआरका विषयमा  भएको युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङ आधारमा उक्त अवार्ड प्राप्त गरेकी हुन्। उक्त मिटिङ गत सेप्टेम्बरमा सम्पन्न भएको थियो।

विश्वभरका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ।

विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो। प्रतिष्पर्धीमध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो। त्यसैगरी अर्को युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङको रहेको थियो।

छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्।

बिहिबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको हो। दक्षिण-पूर्वी एशियाबाट खड्कासहित तीनजना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा बंगलादेशको ढाका ट्रिब्युनका पत्रकार नुरुल इस्लाम हसिब (प्रथम) र भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसमा अनुराधा मास्क्रेनहस (दोस्रो) रहेका छन्।

खड्का यही वर्ष सूर्तिजन्य पदार्थबिरुद्धको समाचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदान गर्दै आएको ‘ब्लुमवर्ग स्वास्थ्यमन्त्री पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भइसकेका छन्।

एएमआरमा उनले एक दशकदेखि लेखिरहेका छन्। एएमआरलाई विश्व स्वास्थ्य संगठनले विश्वका मुख्य १० स्वास्थ्य चुनौतीमा राखेको छ,’ खड्काले भने,  ‘त्यसैले यस विषयमा चासो बढेको हो। त्यही विषयमा लेखिएको समाचारले अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेकोमा हौसला बढेको छ।’

एन्टिबायोटिकको सही उपयोगबाट मात्रै प्रभावकारिता कायम राख्न सकिने भएकाले सचेतना महत्वपूर्ण कार्य हो। एएमआरमा विश्व स्वास्थ्य संगठनलगायतले प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

Tags: Global awardHealth journalist
SummarizeShare234ScanTweet146

Related articles

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

by Nam Raj Bhatta
June 12, 2026
0

हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा...

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    807 shares
    Share 323 Tweet 202
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    686 shares
    Share 274 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन
  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.