काठमाडौँ, १२ असोज २०८०
बसुन्धरास्थित नेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
विश्व मुटु दिवसको अवसरमा सेन्टरले बिहीबार स्वास्थ्य पत्रकारहरुको निशुल्क रुपमा मुटु परीक्षण गरिदिएको हो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा भएको मुटु परीक्षणका लागि सेन्टरले रक्तचाप, सुगर, इको, इसीजी र प्याथोलोजी तर्फका सबै परीक्षण सहितको प्याकेज तयार गरेर स्वास्थ्य परीक्षण गरेको हो । प्याकेजमा ३५ बढी स्वास्थ्य पत्रकारहरुको परीक्षण भएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बिगतदेखि नै स्वास्थ्य पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । उनले विश्व मुटु दिवसको अवसरमा पत्रकारलाई मुटु परीक्षण गरिएको जानकारी दिए । उनले सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क परीक्षण कार्य गरेको बताए ।
सो अवसरमा डा. अनिलले मुटुरोगसंग सम्बन्धित प्रस्तुतिकरण दिएका थिए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले नेशनल कार्डियाक सेन्टरले पत्रकारहरुको स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । उनले पत्रकारको लागि विशेष परीक्षणको व्यवस्था गरिएकोमा खुशी व्यक्त गरे । उनले पत्रकारहरुका लागि भविस्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताए ।
नेशनल कार्डियाक सेन्टरले गत वर्ष पनि यहि समयमा स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु परीक्षण गरिदिएको थियो ।
स्वास्थ्य जाँच पछि सेन्टरमा मुटुरोगको बारेमा अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको थियो । जसमा डा. ओमले ४० वर्ष उमेर पछि मुटुरोगको रोकथाम कसरी गर्ने भन्ने बारेमा बताएका थिए । उनले मुटुरोग नियन्त्रण गर्न सकिने रोग भएको भन्दै यसमा हेलचेक्राई गर्दा बार्षिक २ करोड बढी व्यक्तिले ज्यान गुमाउने गरेको बताउनुभयो।