Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

धादिङको बेनीघाटमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी लाभान्वित

Nam Raj Bhatta by Nam Raj Bhatta
January 4, 2025
in News
Reading Time: 1 min read
A A
0
धादिङको बेनीघाटमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी लाभान्वित
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धादिङ, २० पुष २०८१

धादिङको दक्षिण क्षेत्रमा रहेको चेपाङ समुदायमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी लाभान्वित भएका छन ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिमा लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले गरेको शिविरको आयोजनामा बेनिघाट रोराङ गाउँपालिकाको सह–आयोजनामा जनस्वास्थ्य कार्यालय धादिङको समन्वय र धादिङ अस्पतालको प्राविधिक सहयोग रहेको थियो

विशेषगरी सिमान्तकृत चेपाङ समुदाय लक्षित गरि स्वास्थ्य शिविर गरिएको लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो । ‘ स्वास्थ्यको सहज पहुँच पगोस् भन्ने उद्देश्यका साथ शिविर गरेका हौं । निकै ठूलो संख्यामा चेकजाँच गर्न आउनुभयो । यस्तो विकट बस्तिमा आएर सेवा दिन पाउदा खुसी लागेको छ’ उहाँले भन्नुभयो– ‘शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनोसामाजिक परामर्श सेवा दिएका छौं । यो उपस्थितिले हामीलाई थप हौसला थपेको छ ।’

लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले यस अघि पनि विभिन्न ठाउँमा यस्तै थुप्रै सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गर्ने ढकालले बताउनुभयो ।FB IMG 1735982390219

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरले आम नागरिकमा स्वास्थ्य चेतना थपेको डाक्टर अधिकारी बताउनुहुन्छ। ‘ग्रामिण क्षेत्रमा रहेका नागरिकले ठूलै स्वास्थ्य समस्या परे मात्र स्वास्थ्य संस्था पुग्छन् । तर नियमित स्वास्थ्य परिक्षण गर्नु पर्छ भन्ने सन्देश यो शिविरले दिएको छ’ डा. अधिकारीले भने ‘धादिङ अस्पतालले विभिन्न शिविरमा सहभागी भएर सेवासँगै जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । अन्जानमा रोग पालेर बसेका नागरिकका रोग पहिचान भएका छन् । उहाँहरुले थप स्वास्थ्य उपचार गर्नु हुनेछ र नियमित स्वास्थ्य परिक्षण गराउने बानीको विकास हुने अपेक्षा गरेका छौं ।’FB IMG 1735982396681

लायन्स इन्टरनेशनल डिस्टिक ३२५ का गभर्नर विनोद ढुंगानाले नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनुभयो । ढुंगानाले स्थानीय विपन्न समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने हुदा यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको डा. अधिकारीको भनाई छ ।

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले नागरिकको आधारभूत आवश्यकता प्रवाहमा विशेष जोड दिएको बताउनुभयो । ‘आजको शिविरले पनि हामीलाई थप सहयोग पुगेको छ । सहयोगी संघरसंस्थाहरुले गर्दै आएको यस्ता कामले थप सहयोग पुगेको छ ।’ थपलियाले भने– ‘श्रोत साधनको कमिका कारण नागरिकलाई चाहे अनुसार सेवा प्रवाह गर्न सकिएको छैन । तर हामी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष योजना बनाएर अघि बढी रहेका छौं’।

धािदङ अस्पतालका विशेषज्ञ चिकित्सक सहित २७ जनाको प्राविधिक टोलि शिविरमा सेवा दिन पुगेका थिए । शिविरमा चार सय १५ जना सेवाग्राहीले सेवा लिएको धादिङ अस्पतालका जनरल फिजिसियन डा. दिनेश रेग्मीले जानकारी दिनुभयो।

Tags: Dhading hospitalDr. Gagan AdhikariFree Health check up
SummarizeShare234ScanTweet147

Related articles

विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम

विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम

by Nam Raj Bhatta
November 7, 2026
0

विश्व जलन सप्ताह २०२६ को अवसर पारेर ईन्टरप्लाष्ट नेपाल तथा मनमोहन सामुदायिक अस्पताल (होप अस्पताल) को संयुक्त आयोजनामा मनमोहन सामुदायिक अस्पताल सिनामंगल मा जलन उपचार सम्बन्धि विभिन्न अन्तरक्रिया...

बालबालिका हराउने घटना रोकथाम र उद्धारका लागि बहु-सरोकारवाला छलफल सम्पन्न

बालबालिका हराउने घटना रोकथाम र उद्धारका लागि बहु-सरोकारवाला छलफल सम्पन्न

by Nam Raj Bhatta
November 7, 2026
0

बालबालिका हराउने घटनाको रोकथाम, हराइसकेपछि तत्काल खोजी तथा उद्धार र परिवारसँग पुनर्मिलनको प्रक्रियालाई थप प्रभावकारी बनाउन आज काठमाडौंमा बहु-सरोकारवाला छलफल सम्पन्न भएको छ। सञ्चारसम्बन्धी कठिनाइ तथा अन्य विकासात्मक...

भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा

भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा

by Nam Raj Bhatta
November 6, 2026
0

भेरी अस्पतालमा डा. रञ्जित पाण्डेद्वारा फोक्सो तथा श्वासप्रश्वास रोग (Pulmonology), सघन उपचार सेवा (Critical Care) तथा निद्रा रोग (Sleep Medicine) सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा आएको छ। उक्त विशेषज्ञ...

स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट

by Nam Raj Bhatta
November 5, 2026
0

बैतडीको पाटन नगरपालिका स्वास्थ्य क्षेत्रमा बैतडीका १० ओटा पालिकामध्ये उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठीमा जिल्लाका १० ओटा स्थानीय तहमध्ये...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    896 shares
    Share 358 Tweet 224
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    714 shares
    Share 286 Tweet 179
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    709 shares
    Share 305 Tweet 169
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    707 shares
    Share 314 Tweet 164
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    654 shares
    Share 262 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • विश्व जलन सप्ताह २०२६ को अवसरमा ईन्टरप्लाष्ट नेपालको सहयोगमा अन्तरक्रिया कार्यक्रम
  • बालबालिका हराउने घटना रोकथाम र उद्धारका लागि बहु-सरोकारवाला छलफल सम्पन्न
  • भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा
  • स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट
  • किशोरीहरूको मानसिक स्वास्थ्य तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.