Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्यारी छोरीलाई बाबाको चिठी: जन्मदिनको शुभकामना तथा सफलताको कामना ।

Nam Raj Bhatta by Nam Raj Bhatta
July 25, 2023
in News
Reading Time: 4 mins read
A A
0
प्यारी छोरीलाई बाबाको चिठी: जन्मदिनको शुभकामना तथा सफलताको कामना ।
624
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ रमेश भट्ट 

प्यारी छोरी,

१५औ जन्मदिनको शुभकामना !!

तिम्रो जन्मदिनको दिनमा म फेरि फर्केर ती दिनहरु याद गर्न चाहान्छु । पन्ध्र वर्ष अगाडिको कुरा पनि हिजो जस्तै लाग्छ। नेपाल बन्दको दिन थियो, रातिको नौ बजिसकेको थियो, परिवारका सवैजना खानाखानका लागि तयार हुदै थियौं । त्यसै राति एक्कासि तिम्रो आमाको पेटमा दुखाई बढयो, अनियत्रित  पानी बगेकोले प्रसव बेथा लाग्यो होला भनिठानि तुरुन्तै महाराजगंज स्थित टिचिङ हस्पिटलमा लगेर भर्ना गरायौं ।

त्यहाँ एकजना चिनेकै डाक्टर दिदि तथा अन्य टिमको सहयोगमा तिमीले आमाको र्गभबाट यो धरतिमा आगमन गर्ने अवसर पायौ। तिम्रो आगमनले परिवारमा निकै खुशियाली छायो, म पनि बाबा बनेको पहिलो अनुभव लिन पाउँदा निकै गदगद भए। परिवारका सदस्य, आफन्तहरु तथा शुभचिन्तक हरुबाट शुभकामनाको ओइरो थियो। आफू बुवा बनेको क्षण साँच्चिकै आफ्नो लागि निकै अविस्मरणीय रहयो।

समय संगै, छोरीको हृष्ट-पुष्टता तथा वालअवोधपन संग डुबुल्कि मार्दा, साना-लोला हात-खुट्टा सुमसुम्याउदा, हिस्सिपरेको अनि पुटुक्क निस्केका गाला मुर्सादा दिनभरिको थकान-चिन्ताहरु त एकैछिनमा विलय भएको पत्तै हुदैनथ्यो। रातिको अनिदोले ल्याएको शाररिक तथा मानसिक तनावहरु एकै छिन आफैं हराएर जान्थे, शरिर पुन जागरिलो हुन्थ्यो। साँच्चिकै छोरीसंग खेल्न-बस्न पाउदा जादुगरले जादु गरे जस्तै माहोल जादुमय बन्दथ्यो।

समय बित्दै गयो, घरको सिकाईलाई थप मजबुत गर्न, समूहमा बस्न, खान, हिडन र सिकाउन छोरीलाई स्कूल भर्ना गरियो। स्कूलका सुरुका केहि दिनहरु छोरिले केहि असहज महशुस गरेपनि बिस्तारै छोरीले स्कूलबाट आर्जन गरेका ज्ञान र सीपहरु साथै प्रर्दशन गरेका श्रृजना र कलाहरुबाट उ सधैं स्यावासिको पात्र बनिरहिन र हामी बाबा-आमा पनि सधैं मख्ख भईरह्यौ। समयले कति चाडो थाहा नपाउदै कोल्टो फेरि सकेछ, हामीले सधैं सानी देख्ने गरेकि छोरी त अव ठूलि भईसकेकि रहेछ। त्यसैले होला छोरीको प्रशंसामा व्यस्त हुने हाम्रो दिनच्रर्यामा पनि आजभोलि केहि परिवर्तन आएको छ। 

बा-आमाको वरपर लाडिएर बस्ने, साना-तिना कुरा पनि बा-आमा संगै भन्ने, छलफल गर्ने, संगै घुम्न निस्किने, हामिले ल्याईदिएको लुगा-समान खुशि भएर लिने, बेफिक्रि टन्न खानेकुरा खाने, स्कूलबाट घर फर्किदा दौडेर घर आइ बा-आमा खोज्ने छोरीको पनि बानि-ब्यबहारमा केहि परिर्वतन आएको छ जुन तिम्रो उमेरमा सामान्य पनि हो र यसलाई सकारात्मकरुपमा लैजान केहि जीवन उपयोगी ब्यबहार अपनाउनु आवश्यक हुन्छ ।

हुनत अहिलेका किशोर-किशोरिहरु प्राय फुर्सद पाए, मोवाइल तथा गेजेटहरुमा व्यस्त रहने, एक्लै बस्न मन पराउने, बा-आमासंग आफ्ना स्वार्थ जोडिएका र रुचाएका चिज-बस्तु पाउन मात्र नजिकिने, आफ्नो यर्थातता र अवस्था भन्दा  आफू फरक छु भन्ने देखाउने प्रयास गर्ने, पारिवारिक जमघट वा छलफलहरु कम रुचाउने, परिवारका सदस्य भन्दा दौतरिका कुरामा बढि विश्वास गर्ने, विपरित लिइग प्रति आर्कषण हुने, आफ्नो कर्तव्य र जिम्मेवारि प्रति बोध नहुने वा जिम्मेवारि लिन नचाहने , परिणामको ख्याल नराखि काम गर्ने, सामाजिक यथास्थितिबादलाई चुनौति दिने जस्ता कार्यमा संलग्न हुनु जस्ता अवस्था देखिनु सामान्य जस्तै भैसक्यो।

तरपनि बा-आमाको मन त हो, आफनो बच्चामा यस्ता बदलाबहरु देखिदा सबै बा-आमाको मन चिन्तित हुदो रहेछ। यस्ता व्यवहार प्राय, किशोर-किशेरी मा देखिनु सामान्यनै हो भन्ने कुरा पढे‌को र अरुको देखेको भएपनि आफैले भोग्नु पर्दा मन अत्तालिदो रहेछ।

हुन त समय वित्दै जाँदा व्यक्तिमा परिपक्वता आउछनै, तर पनि समयसँग यदि सहि तरिकाले परिवर्तन हुन नसके जिवनले कठिन मोड लिएको पनि थुप्रै घटनाहरु वरपर देखिएको छ। त्यसैले समय वलवान र महत्वपूर्ण छ भन्ने कुरा र आफूलाई कसरी समयसंग कसरि परिवर्तन गर्न सकिन्छ भन्ने कुरा बुवा-आमा, परिवार र किशोर-किशोरीहरु आफैले पनि बुझ्न आवश्यक छ। समस्या हामी सबैले भोगिरहेका हुन्छौ तर वास्तविकता वुझ्न र त्यसका समाधानका पक्षहरु खोज्न हामी कमै मात्र तयार हुन्छौँ। जब समस्याहरु छछलकिएर हाम्रो कावु भन्दा बाहिर देखिन्छन, त्यसपछि गरेको हारगुहार र विलौनाले खासै राम्रो परिणाम दिदैन।

त्यसैले किशोरमा अवस्थामा पुगेकि छोरीको हुर्काइ सहज र प्रभावकारी होस भनि हामीले आफ्नो प्यारी छोरिलाई दिने सल्लाहहरु उसकै उमेरका अरु बाबु-नानीहरुका लागि पनि आवश्यक र प्रभवकारी हुनसक्ने भएकोले तल उल्लेख गरेका छौ। छोरी तिमिले यी सुझावहरु आफ्नो दैनिकिमा मनन गरि पुर्णरुपमा लागु गर्नेछौ भन्ने कुरामा हामि पुर्ण बिश्वस्त छौ र आफ्ना उमेर समुहका साथिहरुलाई यी कुराहरु सिकाई यस समाजको असल नागरिकको भूमिका पनि निर्भाह गर्ने छौ भन्ने बिश्वासका साथ तलका सुझाव सहितको शुभकामनाका शब्दहरु उपहारमा तिमिलाई राख्दछु ।

  • बिहान सबेरै उठने (ब्रम्हमुरतमा) र आफ्नो नित्य क्रम पछि केहिसमय कसरत र ध्यान गर्ने। अनि अगिल्लो दिनको पढेका कुराहरु, पुनरावलोकन गर्ने र त्यसदिन पढ्ने पाठका वारेमा हेर्ने।
  • प्रत्येक दिन आफ्नो सुत्ने कोठा र वरपर आफै सफा गर्ने। सुतेर उठेपछि आफ्नो ओछ्यान सफा चिटिक्क मिलाउने। 
  • स्कूल जान सफा लुगा लगाउने, कपाल कोरिबाटि गर्ने, नङ सफा राख्ने र आफ्नो मोजा र भित्र लगाउने लुगाहरू आफैले नियमित रूपमा सफा गर्ने गरि धुने।
  • विहानको नास्तामा प्रसस्त प्रोटिन र कार्बोहाइड्रेट युक्त घरमै पकाएको खानेकुरा र फलफूल खाने, जसले शाररिक र मानसिक उर्जा दिन्छ, पढाइ राम्रो हुन्छ। विहान पत्रु खाना (जंक फूड) खादै नखाने।
  • पूजा कोठामा गएर विहानै भगवानलाई ढोग्ने, सकिन्छ भने दियो बाल्ने, साथै परिवारका मान्यजनबाट आर्शिवाद लिने।
  • स्कूलमा  गएर आफ्ना गुरुहरुलाई मनैबाट नमन गर्नै साथै नम्र, मिठो तथा सम्मानका साथ बोल्ने। आफुलाई ज्ञान दिने गुरुप्रति सधै आभार प्रकट गर्ने। गुरुको आत्मसम्मान वढदा, स्कुलमा सकारात्मक वातावरण बन्छ र विद्यार्थिको पढाई र सिकाइ‌ अझ प्रभावकारि हुन्छ।
  • स्कूलमा आफू अनुकूल, नजिकको साथी छनौट पनि गर्न सिक्नु पर्छ, जसले गर्दा ऊ संग आफ्ना विचार, खुशि, दुःख साटासाट गर्न पाइयोस साथै पदाइका कुराहरुपनि छलफल गर्न पाइयोस। तर कक्षाका सबै साथीहरुलाई समान व्यवहार गर्ने, सँगै खेल्ने, मिठो वोल्ने र सहयोग गर्नुपर्छ।
  • स्कूलमा पढाइ सँग-सँगै प्रसस्त मात्रामा खेलकुद लगाएत अन्य अतिरिक्त क्रियाकलापहरु सिक्ने र भाग लिनु पर्छ। पढ्नु भनेको जिवनको एउटा महत्त्वपूर्ण पक्षहो तर किताबको पढाईले मात्र जिवन सफल हुदैन।
  • स्कूल सकिए पछि, समयमै घर फर्किएर आफ्नो व्यक्तिगत सरसफार गर्ने र स्वस्थ्य-पोषिलो नास्ता खाने अनि एकछिन आराम गर्ने । त्यस पश्चात आफ्नो गृहकार्य समयमै सकाउने । घरमा बेलुका खाना पकाउने कार्यमा पनि आमा-बुवालाई सक्दो सहयोग गर्ने । सकेसम्म प्रत्येक पटक घरमै पकाएको ताजा अति स्वास्थ्य खानेकुरा खाने। घरमा पकाएको खाना सबैलाई वाढि-चुडि मिठो मानि खाने ।खुशि भएर खाएको खानाले शरिरमा सकारात्मक उर्जा दिन्छ ।
  •  आफ्ना परिवारका सदस्यहरु जो सधै सगै हुनुहुदैन जस्तैः हजुरबुवा हजुरआमा, काका काकी, मामा माईजु र फुपु फुपाजुहरु सँग नियमितरुपमा कम्तिमा हप्तामा भएपनि फोन, भिडियो कल मार्फत कुराकानी सुन्ने सुनाउने उहांहरु तिम्रो शुभचिन्तक हो सधै तिमिलाई हौसला दिनुहुनेछ र तिमीलाई सकारात्मक उर्जा प्रदान गर्नुहुनेछ । 
  • आफु भन्दा साना लाई सधै माया गरेर बोल्नु, असल ब्यबहार सिकाउनु । तिमिले गरेका र सिकाएका कुराहरुले उनिहरुलाई पनि असल बन्न सहयोग हुनेछ ।
  • कम्तिमा दिनको एकपटक देश-विदेशको समाचार पढने, हेर्ने वा सुन्ने मोबाइलफोन, अन्य ग्याजेट को प्रयोग कम भन्दा पनि कम गर्न कोशिस गर्नु । सकिन्छ भने हप्ताको एकपटक परिवारसँग सँगै बसि राम्रो फिल्म हेर्ने । 
  • आफ्नो दिनभरिमा गर्नुपर्ने र सकाउनुपर्ने कार्यलाई सुत्नअघि सकाएर, त्यसको समिक्षा गर्ने। अनि भोलि फेरि, अझ उर्जाशिल भएर कामगर्न सकुभनि प्राथना गरेर सम्पूर्ण चिन्ता त्यागेर मस्त सुत्ने।
  • समाजको असल सदस्य बन्न सधै अरुलाई सहयोगको भावना राख्ने यसको शुरुवात आफ्नै परिवार, छिमेक, साथीबाट शुरुवात गर्ने ।
  • आफुलाई परेको  कुनैपनि समस्या हामि आमाबाबा लाई निस्फिक्रि सुनाउने । हामि सधै तिमिलाई समस्याको समाधान गर्न मद्त गर्नेछौं ।
  • मनमा नानाथरि बिचार आउन सक्छ आफुलाई शान्त राख्न कोशिस गर्नु पर्दछ त्यसको लागि नकारात्मक सोच आउदा आफुलाई ति  सोचबाट टाढा राख्न त्यो माहोललाई परिबर्तन गर्ने र सकारात्मक उर्जा दिने कार्य गर्ने जस्तैः ध्यान गर्ने, गमलामा फुल रोप्ने, चित्र कोर्ने, संगित सुन्ने, musical instrument बजाउने, walk जाने, मनपर्ने र सकारात्मक कुरा गर्ने साथि सँग कुराकानी गर्ने,  परिवारका सदस्यसग कुरा गर्ने  cycling जाने आदि आदि

यी कुराहरु पढ्दा र सुन्दा सामान्य नै यस्तै देखिन्छन तर महत्त्वपूर्ण छन्। अहिलेका स्कूले किशोर- किशोरीले यि कामगर्न नियमित रुपमा कतिले सकेका छन, कत्तिलाई त निकै धौ-धौ परेको पाइन्छ। त्यसकारण आफ्ने जिवन कत्तिको सहज वा गाह्रो वनाउने भन्ने कुरा आफूले गरेको व्यवहार र क्रियाकलापहरुमा भर पर्दछ। अहिलेका किशोरावस्थाका विद्यार्थिहरु अब आउने दिनमा यो समाज र देशका पथप्रदायकहरू हुन त्यसकारण यिनिहरुमा सकारात्मक सोच र उर्जा साथै उत्कृष्ट ज्ञान र सिप हुन अति आवश्यक छ।

हामीले हाम्री छोरी पनि यो समाज र देशलाई सकारात्मक उर्जा दिनसक्ने क्षमता भएकी पात्रको रुपमा देखेका छौ र गर्व पनि गरेका छौ । तरपनि वा-आमाको मन हो कहिले काहि त्यतिकै बहकिन्छ चिन्तित हुन्छ, सफलता प्राप्त गर्न सिडिहरु त अझैपनि थुप्रै चढन बाकिनै छन्। फेरि तिमी एक्लैमात्र सफल र सकारात्मक भएरमात्र कहाँ पुग्छ‌ र , तिमीजस्तै समाजका धेरै छोरा-छोरी काविल भएपो समाज र देशमा परिवर्तन आउछ। आज तिम्रो जन्मदिनमा तिमीलाई सिकाइएका र तिमीले सिकेका असल कुराहरु तिम्रा भाइ-बहिनी, साथि-भाई, परिवार र समाजमा पनि बाढेर असल समाज बनाउन तिम्रो भूमिका वनिरहोस, यहि शुभकामना।

अन्तमा, माथी उल्लेखित सुझावहरु मध्ये कति तिमीले गरिरहेकी छौ, त्यसलाई निरन्तरता मात्र गर्दा हुन्छ केहि तिमिले गर्ने सोच बनाईसकेको छौ तिकार्यको शुरुवात १-२ गर्दै शुरु गरेमा पक्कै तिमि सफल बन्नेछौ भन्ने हामिले बिश्बास लिएका छौं । तिमि सधै खुशी, सुखि, स्वस्थ्य र असल भैरहने कामना छ । १४औ बसन्त सम्मका तिम्रा दिनहरु सफल रहेको हामीले महशुस गरेका छौ र आगामि दिन पनि सफल रहुन भन्ने तिम्रो जन्मदिनमा हामी बा-आमा सहित सम्पुर्ण परिवारको शुभकामना र आशिर्बाद छ तिमिलाई छोरी ।।।

तिमिलाई माया गर्नेः  

  बाबा

 

Tags: Corona Virus #Covid19Happy BirthdayRamesh Bhatta
SummarizeShare270ScanTweet148

Related articles

बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
May 27, 2026
0

महिलामा बढ्दो स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सी एफ सी हेल्थ सोलुसन प्रा.लि.को आयोजनामा बुटवलमा स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न...

‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै

‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै

by Nam Raj Bhatta
May 24, 2026
0

नेपाल चिकित्सक संघले जेठ १६ र १७ गते ‘मेडिकल सिटी’ चितवनमा ‘एनएमकन २०२६’ आयोजना गर्ने भएको छ । संघले ३० औँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न...

ॐ हस्पिटलमा फाइब्रोस्क्यान सम्बन्धी विशेष CME कार्यक्रम सम्पन्न

ॐ हस्पिटलमा फाइब्रोस्क्यान सम्बन्धी विशेष CME कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
May 24, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज फाइब्रोस्क्यान (FibroScan) तथा कलेजो रोगको आधुनिक परीक्षण सम्बन्धी विशेष Continuing Medical Education (CME) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालका वरिष्ठ पेट...

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

by Nam Raj Bhatta
May 22, 2026
0

भक्तपुर अस्पताल न्यूनत्तम सेवा मापदण्डमा देशभरीकै उत्कृष्ट सेवा दिन सफल भएको छ । अस्पतालले आफ्नो  सर्वोत्कृष्टताको क्रममा यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    769 shares
    Share 308 Tweet 192
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    678 shares
    Share 271 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न
  • ‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै
  • ॐ हस्पिटलमा फाइब्रोस्क्यान सम्बन्धी विशेष CME कार्यक्रम सम्पन्न
  • न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट
  • काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.