धनगढी, २० फागुन २०७८
कैलालीको धनगढी स्थित गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले शनिबार अर्थात् भोलि २१ गते एक दिने निशुल्क शिविर गर्ने भएको छ।
जनकल्याण मावि आइबीआरडी पुनर्बास ३ मा एक दिने स्वास्थ्य शिविर हुने वरिष्ठ कन्सलटेन्ट (मुटु, प्रेसर, सुगर, नसा रोग) डा. निराजन दत्त शर्माले बताउनुभयो।
उत्त स्वास्थ्य शिविरमा दम, निमोनिया आस्थमा, धड्कन बढ्ने, खुट्टा सुन्निने, सुगर सम्बन्धि जाँचहरु, दातँ सम्बन्धि जाँच, महिला स्वास्थ्य परामर्श, टाउको तथा नसा रोग सम्बन्धि जाँच र हाडजोर्नी तथा बाथरोग सम्बन्धि परामर्श गरिने डा. शर्माले बताए।
शिविरमा डा. निराजन दत्त शर्मा, वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मधुसुधन घले (गुरुङ्ग), वरिष्ठ दन्त शल्य चिकित्सक डा शर्मिला कोइराला र डा. रकिल रिमालको सहभागी रहनेछ।
उक्त शिविरमा मिर्गौला सम्बन्धि निशुल्क चेकजाँच, दातँ सम्बन्धि विभिन्न परामर्श, इसिजी लगायतका जाचँहरु हुने र निशुल्क औषधी पनि दिइने छ।
डा. शर्मा एक्लैले आफ्नै लागतमा उक्त शिबिर गर्न लागेको हो। सामाजिक अभियन्ता समेत रहेका डा. शर्मा पछिल्लो समयमा गरिब, असाहाय तथा जेष्ठ नागरिकहरुको लागि पनि निशुल्क उपचार दिने गरेको छ।