सप्तरी, २४ पुस २०८२
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उच्च निर्भरता इकाइ (एचडीयू) र शिशु सघन कक्ष (एनआईसीयू) सेवा पुनः सुचारु भएको छ । अस्पतालमा एक वर्षदेखि एचडीयू र दुई महिनादेखि एनआईसीयू सेवा ठप्प थियो ।
बुधबारबाट दुबै सेवा सुचारु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्रले बताउनु भयो। अहिले १२ शय्याको एचडीयू र चार शय्याको एनआईसीयू सेवा सुचारु भएको उनले बताए।
डा. मिश्रका अनुसार सम्पूर्ण चिकित्सक, नर्सिङ स्वास्थ्यकर्मी, पारामेडिक्स र कर्मचारीको सक्रिय सहयोग र समन्वयमा दुवै सेवा सुचारु गरेका छौं। अहिले पूर्ण रूपमा निःशुल्क सेवा दिइरहेको एनआईसीयूमा बुधबारै एक जना नवजात शिशुसमेत भर्ना भएका छन् ।
गत कार्तिक २३ मा विद्युत् सर्ट भई एलइडी लाइट खसेर नवजात शिशु घाइते भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेपछि एनआईसीयू सेवा ठप्प भएको उनले बताए।












