Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कैलाली र कञ्चनपुरमा आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

Nam Raj Bhatta by Nam Raj Bhatta
July 30, 2023
in News
Reading Time: 1 min read
A A
0
कैलाली र कञ्चनपुरमा आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो
625
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, १४ साउन २०८०

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरसको संक्रमण फैलिएको छ ।

यो भाइरसको संक्रमण फैलिएपछि दुबै जिल्लामा आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ ।

गेटा आँखा अस्पतालका प्रमुख डा. सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताउनुभयो । गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधराचाँदनी लगायतका स्थानका आँखा उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको डा. पन्तले बताए ।

प्रायगरी अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’, पन्तले भने, ‘गेटा आँखा अस्पताल, कैलाली र कञ्चनपुरमा रहेका उपचार केन्द्रहरुमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहनुभएको छ । ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या भएका छन् ।

डा. पन्तका अनुसार गेटा आँखा अस्पतालमा मात्र दैनिक १०० जना बिरामी कन्जक्टिभाइटिस भाइरसका आइरहेका छन् । यो सामान्य किसिमको भाइरस भएकाले एकदेखि डेढ हप्तासम्म आफैं निको हुने बताउदै डा. पन्तले कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । उनले भाइरसको संक्रमण भएको समयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर एन्टिबायोटिक औषधी खान सुझाव दिएका छन् ।

यो भाइरस दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल हो । एकदेखि डेढ हप्तासम्म निको हुन्छ । औषधी जरुरी छैन, तर कहिलेकाहीँ यो सँगै ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ’, डा. पन्तले भने, त्यो नहोस् भनेर एन्टिबायोटिक औषधीको प्रयोग गर्नुपर्छ । यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सचेत हुन चिकित्कहरुले आग्रह गरेका छन्।

Tags: #government of NepalCorona Virus #Covid19Dr. Suresh Raj PantGeta Eye Hospital
SummarizeShare274ScanTweet146

Related articles

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

by Nam Raj Bhatta
August 27, 2026
0

शहीद मेमोरियल अस्पताल, कलंकीमा आजदेखि दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.