एच राज जोशी
डोटी , ४ मंसिर २०७७
सुदूरपश्चिम प्रदेश , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र सेभ दि चिल्ड्रेन यु एस ग्लोबल फन्डको आर्थिक तथा प्राबिधिक सहयोगमा स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनका हरुलाई ETB सम्बन्धि तालिम गर्न लागेको हो ।
मंसिर ४ गते देखि ८ गते सम्म संचालन हुने ETB तालिमबाट भविश्यमा नेपाल बाट क्षयरोग अन्त्यका लागि सहयोगी हुने कुरा आयोजक निकाय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझाले बताउनु भएको छ ।

हाल नेपालमा सन् २०३० सम्ममा END TB STRATEGY अर्थात सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्यका लागि काम भैरहेको छ । यहि रणनीति अनुसार काम गर्दै जादा क्षयरोगका हरेक बिरामीको Electronic Registration हुन् जरुरी रहेको र सोहि उद्देश्य पुरा गर्न तालिम आयोजना गर्न लागिएको कुरा सेभ दि चिल्ड्रेन यु एस ग्लोबल फन्डका कार्यक्रम अधिकृत प्रकाश चन्द्र लेखकले बताउनु भएको छ । संघीयता कार्यान्वयन पछी जिल्लामा अवस्थित स्वास्थ्य कार्यालय हरुको संरचना फेरबदल भएको र बिगतमा जस्तो क्षयरोगका लागि काम गर्ने छुट्टै फोकल पर्सन नभएको हुनाले हाल स्वास्थ्य कार्यालयमा बिभिन्न विधा का स्वास्थ्यकर्मीहरु काम गरिरहनु भएकोले उहाँहरुलाई तालिम दिएर क्षमता अभिवृद्धि गर्ने कुरा आयोजकले बताउनु भएको छ र यस्तो तालिमले क्षयरोग नियन्त्रणका लागि सरकारले लिएको लक्ष्य हासिल हुने कुरा समेत बताउनु भएको छ ।

कुनै पनि क्षयरोग बाट प्रभावित बिरामीले कम्तिमा ६ महिना औषधि खानु पर्ने र औषधि खाइरहेकै बेला दुइ महिना , पाच महिना र अन्त्यमा छ महिना गरि कम्तिमा तिन पटक खकार जाँच गर्नु पर्ने हुन्छ । यसरी नियमित रुपमा खकार जाँच गर्न छुटाउने बिरामीहरुलाई समेत यस तालीमको माध्यम बाट Tracking समेत गर्न सकिने छ । हाल क्षयरोग नियन्त्रण कार्यक्रमले सन् २०१५ को तुलना मा सन् २०२० सम्ममा २० प्रतिशत ले बिरामी दर घटाउने र थप लुकेर बसेका २० हजार बिरामी पत्ता लगाउने समेत लक्ष्य लिएको छ ।
कार्यक्रमको उदघाटन सत्रमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचनले Virtual बिधि प्रयोग गरि सहभागीहरुलाई हाल विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीमा पनि सुदूरपश्चिम प्रदेशले क्षयरोगका बिरामीहरुलाई दिनु पर्ने सेवामा कुनै कमि आउन नदिएको सोका लागि सिंगो सुदूरपश्चिम प्रदेश धन्यबाद को पात्र रहेको र आउदा दिनहरुमा समेत सो कार्यलाई निरन्तरता दिने कुरामा बिश्वस्त रहेको कुरा बताउनु भएको छ
कार्यक्रमको उदघाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीले तालिमको सफलताको शुभकामना दिनु हुदै तालिममा सहभागी हुन् आउनु भएका सबै सहभागीहरुलाई सुदूरपश्चिम प्रदेशबाट क्षयरोग अन्त्यको लागि काम गर्नु पर्ने र सो काम का लागि नमुनाको रुपमा हिमाल ,पहाड र तराई को प्रतिनिधित्व हुने गरि कम्तिमा तिन वटा पालिका मा यहि आ.ब. २०७७ ।०७८ बाट नै क्षयरोग बिहिन पालिकाका लागि काम गर्नु पर्ने बताए।